काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा बेल्जियमले सानदार जित हात पारेको छ। शनिबार भएको समूह 'जी' को खेलमा बेल्जियमले ट्युनिसियालाई ५–२ गोलले पराजित गरेको हो।
लगातार दोस्रो खेलमा जित हात पारेसँगै बेल्जियम अन्तिम १६ नजिक पुगेको छ। यसअघि बेल्जियमले पहिलो खेलमा पानामालाई ३–० गोलले पराजित गरेको थियो। यता लगातार दोस्रो खेलमा पराजित भएसँगै ट्युनिसिया यात्रा लगभग सकिएको छ।
बेल्जियमको जितमा रोमेलु लुकाकु र इडिन हजार्डले २–२ गोल गर्दा बाट्सुयायीले १ गोल थपे। खेलको छैटौं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाए। १६ मिनेटमा लुकाकुले बेल्जियमको अग्रता दोब्बर पारे।
१८ मिनेटमा ट्युनिसियाका ब्रोइनले गोल गर्दै बेल्जियमको अग्रता २–१ मा झारे। तर पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम पहिलो हाफमा ३–१ ले अघि रह्यो।
५१ मिनेटमा हजार्डले बेल्जियमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे। ९० मिनेटमा बाट्सुयायीले अर्को गोल गर्दा बेल्जियमको अग्रता ५–१ मा पुर्याए। इन्जुरी टाइममा ट्युनिसियाका खाजरीले गोल गर्दा खेल ५–२ को बराबरीमा सकियो। ७ गोल भएको यो खेल जारी विश्वकपमा सवैभन्दा बढी गोल भएको खेल हो।
खेल विवरण




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।