• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मुसुक्क मुस्कुराउँदै बिलाइन् योगमाया

64x64
नेपाल लाइभ शनिबार, असार ९, २०७५  ०६:४३
1140x725

चर्चा गर्न खोजिएको पुस्तककी लेखकसँग मेरो चिनजान भएको लामै समय भए पनि आँखैअगाडि देख्न, छोएरै महसुस गर्न भने २०७४ सालमा मात्र पाएकी हुँ। पश्चिम नेपालकी उनी अमेरिकामा बस्छिन्, तर लाग्दैन उनी लामो समयदेखि अमेरिका बस्दै आएकी हुन्! 

उनले सम्बोधनमा सुरुमै 'दिदी' भनेर बोलाइन् मलाई। अरुले जस्तो मेम, मेडम, आन्टी भनिनन्। नेपालीपन छ उनमा। र, साँच्चै नेपाली भाषा जोगाउने अभियन्ता हुन् उनी । आमालाई धेरै माया गर्छिन् उनी र त्यत्तिकै माया गर्छिन् देशलाई। 

— O —

मैले कतै गार्गीको नाम सुनेँ। कहाँ हो थाहा छैन। गार्गीको नाम सुनेपछि विचार गर्दा हाम्रो 8मा उनलाई चिन्ने मानिस एकदम कम पाएँ। अनि आफैभित्र एउटा प्रश्न जन्मियो, 'किन पछि परिन् गार्गी?'

सीता वा द्रौपदी भन्नासाथ बच्चादेखि बूढासम्मका मानिसका दिमागमा एउटा चित्र बन्दछ। पोखरामा भएको एउटा निकै ठूलो योगको कार्यक्रममा मैले सोधेकी थिएँ, 'गार्गीलाई कत्तिले चिन्नुहुन्छ?'  ना'को बराबर जवाफ पाएँ र मन दुखाएँ मैले।

तर्कशास्त्रमा अब्बल मानिएकी गार्गीको किन आज कतै चर्चा छैन? गार्गी कुन समयकी हुन्? उनले केके गरिन्? भन्ने विषयको चर्चा किन कतै भएन भन्ने प्रश्न  सधैं मभित्र थियो र अझै छ।

त्यस्तै, एकदमै कम चर्चामा आएकी अर्की पात्र हुन् योगमाया। जसले राणाहरुको शासनकालमै न्यायको पक्षमा बोलेर ठूलो काम गरिन्। अन्यायको विरोध मात्र गरिनन्, आफ्नो व्यवहारमा, समूहमा जातपात र छुवाछुतको अन्त्य गरिन्। त्यो बेलाको त्यस्तो काम चानचुने आन्दोलन पक्कै थिएन।

म आफू पनि भोजपुरमै जन्मेकी र मावल दिङ्ला भएको हुँदा योगमायाका बारेमा रमरम कुरा सुनेकीसम्म हुँ। यसरी कुरा सुन्दा सुनाउनेले उनी हाम्री प्रेरणा हुन् भन्ने हिसाबले कसैले सुनाएनन्। जसरी २००७ सालका नायकहरुको कुरा सुनाउँथे। अथवा भनौं सुनेका कुराले कौतुहलता जन्माएन मनमनमा।

nimb
nimb
Ncell 2
Ncell 2

योगमाया पढिसकेपछि मलाई लाग्यो मेरो सामुन्नेमा आएर योगमाया उभिएकी छन्। र, मलाई प्रश्न गर्दैछिन, 'मैले खनेर गएको बाटो पिच गर्दैछौ? कि ग्राभेल मात्र गर्यौ? कि उस्तै छ?'

अनायास मैले जवाफ दिएँ, 'केही गरेका छैनौं बरु तपाईंले बनाइदिएको बाटो कतै विलीन भयो र त्यहाँ अन्धविश्वासको जंगल उम्रियो। राणाहरु त सत्ताविहीन भए तर जातपात उन्मूलन र नारी उत्थानका कुरा अन्धकारमा बिलाए। आज तपाईंले जल समाधि लिएको ७७ वर्षपछि मधुरो उज्यालो देखिँदैछ।' मुसुक्क मुस्कुराउँदै बिलाइन् योगमाया।

योगमाया उपन्यास पढिसकेपछि यो पनि भन्न मन लाग्यो– चर्चा गर्न योग्य काम गरेका तर चर्चामा नआएका व्यक्तिहरुलाई चर्चामा ल्याउनु पुण्यको काम हो। यो काम नीलम कार्की निहारिकाले गरेकी छन्। 

योगमाया लेखेर नारी जातमाथि नै लेखकले न्याय गरेकी छन्। गार्गीलाई त्यसै जोडेकी होइन मैले। मेरो अन्तरमनले भन्छ- गार्गी वा योगमायाको ठाउँमा पुरुषहरु भएका भए आज चर्चाको उच्च शिखरमा हुन्थे होला। अनुयायीका झुन्डझुन्ड हुन्थे होला। थुप्रै कथा र कविता बन्थे होला। त्यो हुन नसकेको अवस्थामा योगमायाको जीवनमा आधारित यो पुस्तक लेखेर नेपाली 8लाई ठूलो गुण लगाएकी छन् लेखक नीलमले।

यो पुस्तक लेख्नुअघि नीलम खोजमा निस्केको कुरा पढ्न पाएकी थिएँ। उनले अन्तरवार्ता लिएका, मझुवाबेँसी पुगेका खबर पनि मसम्म आएका थिए। यो सब सुनिरहेकी मभित्र एउटा कौतुहलता जन्मेको थियो कि कसरी व्यवस्थापन गरिन् होला ती सामग्रीहरुलाई। पढ्दा थाहा पाएँ, बडो सुन्दर शैलीमा, व्यवस्थित ढंगले मिठो पारेर प्रस्तुत भएछन् सबै सामग्री।

लेखकको मेहनत साँच्चिकै देखिन्छ पुस्तकमा। सिंगो पुस्तक पढिसकेपछि लाग्यो योगमाया क्रान्तिकारी नेपाली नारी हुन्। धर्मको पर्दा ओढेर गरिएको राणा शासन विरुद्धको एउटा आन्दोलन थियो त्यो। योगवाणी अरुलाई लेखाएर आएको भए पनि नारीद्वारा रचित प्रथम पुस्तक हो। त्यसैले सामाजिक आन्दोलन र नारी लेखनमा कोशेढुंगा हुन् योगमाया।

यो पुस्तक पढ्दा आँखाका डिलबाट गालातिर झर्ने मेरा आँसुले धेरैपल्ट सलल बगेर घाँटीसम्म भिजाएका छन् तर दु:खमा होइन खुसीमा बगेका हुन् ती आँसु। त्रुटि हुन सक्छन् तर मैले कतै भेटिनँ। हुन सक्छ मेरो मन पर्ने लेखक र मैरै गाउँठाउँको पात्र भएर पर्गेल्न सकिनँ कि। 

'प्रसंगवश' पढिसक्दा मेरा आँखा आँसुमा चुर्लुम्म डुबेका थिए र छाती गह्रुँगो भएको थियो। म यति भावुक भएँ कि पढिसकेको ५०३ पेजको किताबलाई म्वाइँ खाए र धेरैबेरसम्म छातीमा राखिइरहेँ। यो कस्तो भावुकता हो म भन्न सक्दिनँ। 

प्रसंगवशमा लेखकले लेख्नुअघि योगमायाका नजिक रहेका र उनको विषयमा जानेका पात्रहरुकै प्रसंग छ तर त्यसैमा मिसिएर आएको छ अर्की आईमाई, चीरहरण र योगमायाकी लेखक नीलम कार्की निहारिकाको आफ्नो कथा पनि। सायद मेरो अन्तरलाई छोयो यसै विषयले।

अन्तमा, लेख्नलाई बाधा अवरोध नआऊन्, आए त्यसलाई जित्ने आत्मविश्वास सँगै आओस्। निरन्तर-निरन्तर सफलताको शुभकामना नीलम।

प्रकाशित मिति: शनिबार, असार ९, २०७५  ०६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्