समूह जी
बेल्जियम भर्सेस ट्युनिसिया
सयम– असार ९ गते, साँझ ५:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज साँझ बेल्जियम र ट्युनिसियाबीच प्रतिस्पर्धा हुँदैछ।
पहिलो खेलमा पानामामाथि ३–० को सानदार जित हात पारेको बेल्जियम दोस्रो खेलमा विजयी भए नकआउट चरणमा पुग्नेछ।
बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले पानामा विरुद्ध २ गोल गरेका थिए। उनीबाट बेल्जियमले यो विश्वकपमा ठूलो आसा गरेको छ। ट्युनिसिया विरुद्ध पनि लुकाकु चलेको अवस्थामा बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गर्न सक्छ।
ट्युनिसिया पहिलो खेलमा इंग्ल्यान्डसँग २–१ गोलले पराजित भएको थियो। अन्तिम मिनेटमा गोल खदा खेल गुमाएको ट्युनिसियाले बेल्जियमविरुद्धको खेलमा पुनरागमन गर्ने लक्ष्य बनाएको छ। बेल्जियमलाई दबाव दिन ट्युनिसियाले अंग्रपंक्तिमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। दोस्रो चरणमा पुग्ने आसा बाँकी राख्न ट्युनिसिलाई जितको आवश्यकता छ।
दुई टिमबीच विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् २००२ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुँदा खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
बेल्जियमले ट्युनिसिया विरुद्धको खेलमा रक्षापंक्तिमा विशेष ध्यान दिँदै काउन्टर आक्रमणमा जोड दिनेछ। प्रशिक्षक रोबर्टो मार्जिनेजले खेलाडीलाई फिनिसिङमा केन्द्रीत हुन भनिरहेका छन्। किनकी बेल्जियमले पानामा विरुद्ध धेरै अवसर सृजना गरेपनि फिनिसिङ गर्न चुकेको थियो।
इंग्ल्यान्ड विरुद्धको खेलमा अन्तिम समय पराजित हुनु ट्युनिसियाका लागि दुर्भाग्य साबित भयो। त्यसलै ट्युनिसियाले धैर्यतापूर्वक खेल्नेछ। पहिलो रोजाइका गोलकिपर मोउज हासेनको स्थानमा बेन मुस्ताफाले खेलन्छन्। यस्तै हाडिडी पनि फिट हुनेछन्।
विश्वकपसहित दुई टिमबीच अहिलेसम्म ३ पटक प्रतिस्पर्धा हुँदैछ। १९९२ मा भएको मैत्रीपूर्ण खेलमा ट्युनिसियाले २–१ गोलले जितेको थियो। सन् २००१ मा १–१ को बराबरीमा खेल सकिदा बेल्जियमले सन् २०१४ मा १–१ को जित हात पारेको थियो।
सम्भावित टिम:
बेल्जियम
थिबाउट कोर्टोइस, जान भेर्टोघेन, डेर्याधक बोयाटा, टोबी एल्डेरविरेल्ट, एक्सेल विस्टेल, केभिन डे ब्रुइन, यानिक कारास्को, थोमस मेउनियर, ड्रिइन मार्टिन्स, इडिन हजार्ड, रोमेलु लुकाकु।
ट्युनिसिया
बेन मुस्ताफा, यासिन मेरिएह, स्याम बेन युसेफ, ड्यालन ब्रोन, हाडिडी, इलएज स्काखिरी, एनिस बद्री, फर्जानी सासी, फख्नेडिन बेन युसेफ, वहवी खार्जी, नइम स्लिटी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।