काठमाडौं– २०१८ फिफा विश्वकपमा शुक्रबार भएको समूह 'ई' को खेलमा ब्राजिलले कोस्टारिकालाई २–० गोलले पराजित गर्यो।
ब्राजिलले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गर्यो। ९१ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। ९७ मिनेटमा नेइमारले दोस्रो गोल गरे।
जितसँगै ब्राजिलले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। ब्राजिलले २ खेलबाट ४ अंक जोडेको छ।
खेलको भिडियो हाइलाइट्स हेर्नुहोस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।