काठमाडौं- २०१८ फिफा विश्वकपमा नाइजेरियाले आइसल्यान्डलाई २-० गोलले पराजित गरेको छ। शुक्रबार भएको खेलमा आइल्यान्डलाई पराजित गरेसँगै नाइजेरियाको अन्तिम १६ मा पुग्ने सम्भावना बढेको छ।
नाइजेरियाको जितमा दुवै गोल अहमेद मुसाले गरे। उनले ४९ र ७५ मिनेटमा गोल गरे।
समूह 'डी'को शीर्ष स्थानको क्रोएसियाको ६ अंक छ। दोस्रो स्थानको नाइजेरियाको ३ अंक छ। आइसल्यान्ड र अर्जेन्टिनाको १-१ छ। क्रोएसिया अन्तिम १६ पुगिसकेको छ। अब अर्जेन्टिना, आइसल्यान्ड र नाइजेरिया मध्ये १ टिम अन्तिम १६ मा पुग्नेछ।
अब अन्तिम चरणमा अर्जेन्टिना र नाइजेरिया तथा आइसल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना र आइसल्यान्डलाई अन्तिम १६ मा पुग्न जितको खाँचो हुनेछ। नाइजेरियालाई भने बराबरी काफी छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।