समूह डी
आइसल्यान्ड भर्सेस नाइजेरिया
समय : असार ८ गते, राति ८:४५ बजे
काठमाडौं– पहिलो खेलमा बलियो मानिएको टिम अर्जेन्टिनालाई बराबरीमा रोकेपछि २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको नवप्रवेशी टिम आइसल्यान्डको महत्वाकांक्षा बढेको छ। आइसल्यान्डको लक्ष्य अन्तिम १६ बनिसकेको छ। यहि लक्ष्यका साथ आइसल्यान्ड आज राति नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ।
नाइजेरियासँग ३ अंक जोड्न सकेन आइसल्यान्डको दोस्रो चरणको सम्भावना बलियो हुनेछ। यस्तो नतिजाले यहि समूहमा रहेको अर्जेन्टिनालाई गाह्रो पार्नेछ।
अर्जेन्टिनालाई अन्तिम १६ मा पुग्न आइसल्यान्डले अंक गुमाउने पर्ने समिकरण छ। नाइजेरिया र आइसल्यान्डबीको खेल बराबरी भएपनि अर्जेन्टिनालाई फाइदा पुग्नेछ। आइसल्यान्डले जित हात पारे अर्जेन्टिनालाई अन्तिम १६ मा पुग्न कठिन हुनेछ। त्यसका लागि अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियालाई फराकिलो अन्तरले पराजित गरेर मात्र पुग्दैन आइसल्यान्डलाई क्रोएसियाले पराजित गर्नु पर्नेछ।
लिओनल मेसीको पेनाल्टीलाई रोकेका आइसल्यान्डका गोलकिपर उत्कृष्ट छन्। यस्तै पहिलो खेलमा बलियो टिमबिरुद्ध अंक खोस्न सफल हुँदा टिममा आत्मविश्वास बढेको छ।
यता नाइजेरियाका लागि भने मनोबैज्ञानिक दबाव छ। पहिलो खेलमा बेहोरेको हारका कारण उसलाई दोस्रो चरणको आसा कायम राख्न जित हात पर्ने अवस्था छ। हारले नाइजेरिया प्रतियोगिताबाट बाहिरिनेछ। त्यसैले आइसल्यान्ड विरुद्ध नाइजेरिया आक्रमक रुपमा उत्तनेछ।

नाइजेरियाले हारको कल्पना पनि गर्न सक्दैन। कम्तिमा एक अंकका लागि खेल्ने नाइजेरियाले अग्रपंक्तिमा सुधार गर्नु पर्ने देखिको छ। तर आइसल्यान्डको अब्बल रक्षापंक्ति भत्काउन सहज छैन।
आइसल्यान्डको सवै पक्ष राम्रो देखिएपनि कप्तान जोहान गुडमुन्डसन फिट नहुनु समस्या देखिएको छ। नाइजेरियाले विश्वकपमा अहिलेसम्म १३ खेल खेलिसकेको छ। जसमा नाइजेरियाले १ खेलमा मात्र जित हात पारेको छ। बाँकी ९ खेलमा हार र ३ खेलमा बराबरी खेलेको छ। सन् २०१४ मा बोस्निया एन्८ हर्जगोभिभानलाई १–० गोलले हराउनु नाइजेरियाको विश्वकपमा पहिलो र अन्तिम जित हो।
सम्भावित टिम
नाइजेरिया
फ्रान्सिस उजोहो, ब्रिएन इडोउ, शेहु अब्दुलाही, केनेथ ओमेरुओ, विलियम ट्रोन्स इकोङ्, विलफ्रेड एनडिडी, ओघेनेकारो इटेबो, भिक्टर मोइसेस, एलेक्स इओवी, जोन ओबी मिकेल, ओडिओन इग्हाल्गो
आइसल्यान्ड
हनेस हालडोर्सन, होर्डुर माग्नुसन, रागनार सिगुडसन, कारी अनार्सन, बिर्किर साइभार्सन, इमिल हालफ्रेडसन, अरोन गुनारसन, बिर्किर बजारसन, ग्लिफि सिगुर्डसन, जोहान गुडमुरडसन, जोन बोडभार्सन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।