• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकपमा मेसी किन भए असफल?

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०७५  ०५:५५
1140x725

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा बिहीबार मध्यरात अर्जेन्टिनाको महत्वपूर्ण खेल थियो। क्रोएसिया विरुद्धको खेललाई अर्जेन्टिनाका ४ करोड ४० लाख जनताले मात्र होइन विश्वभरका अर्जेन्टाइन फ्यानले कुरिरहेका थिए। खेलमा सबैको आशा र विश्वासका केन्द्रबिन्दु थिए कप्तान लिओनल मेसी। 

तर खेलमा अर्जेन्टिनाले ३–० गोलको लज्जास्पद पराजय बेहोर्नुपर्यो। जसले गर्दा समूह 'डी' बाट अन्तिम १६ मा पुग्ने अर्जेन्टिनाको सम्भावना आफ्नो हातबाट गुमेको छ। अन्तिम १६ मा पुग्ने झिनो आशा अन्य टिमको नतिजामा भर पर्नुपर्ने भएको छ। जसले मेसी तथा अर्जेन्टिनाका फ्यानलाई दुखित बनाएको छ। 

आखिर मेसी किन असफल भए? खेलमा किन मिल्न सकेन तालमेल? 

मिडियामा आएका रिपोर्टका अनुसार आइसल्यान्ड विरुद्धको खेलपछि मेसी सन्तुष्ट थिएनन्। उनले टिमका लागि आयोजना गरेको 'बार्बिक्यू' मा रमाउन अस्विकार गरेका थिए। उनी एक्लै होटलमा बसेका थिए। 

मेसीले क्रोएसिया विरुद्धको प्रिम्याच पत्रकार सम्मेलनमा प्रत्येक खेलाडीलाई राम्रो खेल्नुपर्ने बताएका थिए। तर अर्जेन्टिनाले क्रोएसियाबिरुद्ध पहिलो गोल आफ्नै गल्तीले खाएको थियो। गोलकिपर काबालेरोको असावधानीका कारण पहिलो गोल खाएको अर्जेन्टिनाले अन्तत: विश्वकपमा सन् १९५८ पछिकै ठूलो हार बेहोर्यो। 

मेसीका बार्सिलोनाका पूर्व सहकार्मी सेस फाब्रिगासले बिबिसीलाई दिएको अन्तर्वार्तामा अर्जेन्टाइन टिम छिन्नभिन्न भएको जस्तो देखिएको बताएका छन्। उनले अर्जेन्टाइन टिमको टिम स्पिरिटबारे पनि प्रश्न उठाएका छन्। उनले भनेका छन्, 'अर्जेन्टिना आफैविरुद्ध खेलेको जस्तो देखिन्थ्यो। प्रतिद्वन्द्वीविरुद्ध प्रतिस्पर्धा गरेको जस्तो देखिएनन्?' 

उनले खेलमा मेसीको कुनै गल्ती नभएको पनि बताए। 'मेसीलाई साँच्चै गाह्रो थियो। उनलाई पछाडिबाट सहयोग गर्ने कोही देखिएनन्, ' उनले भने, 'मेसी कोही त्यस्ता खेलाडी चाहन्थे जसले उनलाई खेल्न सहज बनाइदिओस्। उत्कृष्ट खेलाडीलाई बल उपलब्ध गराउन सधैं चतुर र प्रतिशाभाली खेलाडी चाहिन्छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

यता अर्जेन्टिनाका पूर्वरक्षक पाब्लो जाबलेटाले अर्जेन्टिनाले तीव्र गतिमा खेल्न नसकेको बताए। 'फाइनल थर्ड' मा समेत मेसी एक्लिएको उनको भनाइ छ। 

'मैले अर्जेन्टिनाले यस्तो खेल्छ भनेर कल्पना गरेको थिइनँ। टिम निकै कमजोर देखियो, ' जाबलेटाले भने। 

यस्तै इंग्ल्यान्डका पूर्व कप्तान एलन सेरर अर्जेन्टिनाले कुनै पनि खेल योजना बनाउन नसकेको बताए। 

क्रोएसिया विरुद्धको खेल अवधिभर मेसीले ४९ पटक बल छोएका थिए। जसमा उनले २ पटक मात्र विपक्षीको डिबक्समा बल खेलाउने मौका पाए। मेसीले पहिलो प्रहार ६४औं मिनेटमा गरेका थिए।

Xtrem

Xtrem

पहिलो दुई खेलमा असफल भएपछि अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओलीको रणनीतिलाई लिएर प्रश्न उठेको छ। दुवै खेलमा उनले युवा फरवार्ड पाब्लो डिबालालाई पहिलो रोजाइमा मौका दिएनन्। डिबालाले गत सिजन इटालियन क्लब युभेन्ट्सका लागि २२ गोल गरेका थिए। 

इंग्ल्यान्डका पूर्व विंगर क्रिस वाड्ले पाब्लो डिबाला र मेसीको जोडीले अर्जेन्टिनाका लागि राम्रो खेल्न सक्ने बताउँछन्। मेसीले सबै कौशल प्रयोग गर्न खोजेको तर तालमेल नमिल्दा मेसी निराश देखिएको उनले बताए। 

अर्जेन्टिनाका लागि १ सय २६ अन्तर्राष्ट्रिय खेलमा मेसीले ६४ अन्तर्राष्ट्रिय गोल गरेका छन्। स्पेनिस क्लब बार्सिलोनाका लागि दर्जनौं उपाधि दिलाइसकेका मेसीले देशका लागि भने कुनै पनि उपाधि जित्न सकेका छैनन्। 

सन् २०१४ को विश्वकपमा उपविजेतामा सीमित बनेको अर्जेन्टिना सन् २०१५ मा दक्षिण अमेरिकाको ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा पनि पराजित भयो। 

सन् २०१६ मा 'स्पेशल कोपा अमेरिका फुटबल प्रतियोगिता' मा फाइनलमा पनि चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको थियो। अर्जेन्टिनाको तर्फबाट सुरुवातमा पेनाल्टी प्रहार गर्न आएका मेसीले गोल गर्न सकेनन्। त्यसपछि अन्तर्राष्ट्रिय फुटबलबाट उनले संन्यास लिने घोषणा गरे। 

सबै फ्यानको आग्रहपछि मेसीले २ महिनामा संन्यास फिर्ता लिएर अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन उत्कृष्ट प्रदर्शन गरेका थिए। 

रसियामा समेत मेसी असफल हुँदा उनले पुन: संन्यास घोषणा गर्न सक्ने जाबलेटाले बताए। उनले भने, 'देशका लागि उपाधि जित्ने मेसीलाई अन्तिम अवसर थियो। तर त्यो पूरा नहुने देखिएको छ। उनले यो विश्वकपपछि संन्यास घोषणा गरे कुनै नौलो हुनेछैन।' विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै शुक्रबार, असोज ९, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्