काठमाडौं– भारतको पञ्जाब राज्यकी हरनाज सन्धुले ‘मिस युनिभर्स २०२१’को उपाधि जितेकी छिन्। मोडलिङ क्षेत्र र पञ्जाबी फिल्ममा चर्चित रहेकी हरनाजले आइतबार भएको मिस युनिभर्सको फाइनलमा प्रथम स्थान हात पारेकी हुन्।
दक्षिणी इजरायलमा भएको फाइनल कार्यक्रममा विश्वभरबाट ८० जना सुन्दरीहरुले भाग लिएका थिए। प्रतियोगिताको अन्तिम दिन आइतबार हरनाजलाई यो वर्षको मिस युनिभर्स छानिएको छ। त्यस्तै, पाराग्वेकी नादिया फेर्रेइरा र दक्षिण अफ्रिकाकी ललेला मस्वाने क्रमशः दोस्रो र तेस्रो भएका छन्।
मिस युनिभर्सको उपाधि पाएकी हरनाज २०१८ मा मिस इण्डिया पञ्जाब भएकी थिइन्। त्यसयता उनले थुप्रै पञ्जाबी म्युजिक भिडियो र फिल्ममा काम गरेकी छिन्। ‘यारा दिया पौ बारा’ र ‘बाई जी कुट्टान्गे’ जस्ता पञ्जाबी फिल्म हरनाजले काम गरेका चर्चित फिल्म हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।