काठमाडौं- २०१८ फिफा विश्वकपको समूह 'डी' को खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएसँगै दुई पटकको विश्वकविजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरामा परेको छ। यता क्रोएसिया भने अन्तिम १६ मा पुगेकाो छ।
समूह 'डी' मा नाइजेरिया र आइसल्यान्डबीच शुक्रबार खेल हुँदैछ। यो खेलमा आइसल्यान्डबीच विजयी भए साविक उपविजेता अर्जेन्टिना बाहिरिने खतरा हुन्छ। नाइजेरियाले जित हात पारेमात्र अर्जेन्टिनाको सम्भावना बढी हुनेछ।
विश्वकपमा अहिलेसम्म समूह चरणमा ८ टिमको भाग्यको फैसला भएको छ।
विश्वकपको अन्तिम १६ मा पुग्ने पछिल्लो टिम क्रोएसिया बन्यो। यसअघि समूह सीको खेलमा पेरुलाई १-० लाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा पुगेको थियो। यता लगातार दोस्रो खेलमा हारसँगै पेरु भने बाहिरियो। पेरु बाहिरिने चौथो टिम बन्यो।
यसअघि समूह एबाट रसिया र उरुग्वे अन्तिम १६ मा पुगेका थिए। समूह ए कै साउदी अरेबिया र इजिप्ट बाहिरिएका थिए। यस्तै समूह बीबाट मोरक्को तथा समूह सीबाट पेरु बाहिरिएका छन्।
अन्तिम १६ मा पुगेका टिम
रसिया
उरुग्वे
फ्रान्स
क्रोएसिया
बाहिरिएका टिम
साउदी अरेबिया
इजिप्ट
मोरक्को
पेरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।