काठमाडौं- २०१८ फिफा विश्वकपमा अहिलेसम्म समूह चरणमा ७ टिमको भाग्यको फैसाला भएको छ। समूह 'सी' सम्मका दोस्रो चरणको खेल सकिदा अहिलेसम्म ७ टिमको भाग्यको फैसला हुँदा ५ टिमको भाग्यको फैसला भने समूह चरणको अन्तिम खेलपछि हुनेछ।
विश्वकपको अन्तिम १६ मा पुग्ने पछिल्लो टिम फ्रान्स बन्यो। समूह सीको खेलमा फ्रान्सले पेरुलाई १-० लाई पराजित गर्दै अन्तिम १६ मा पुगेको हो। यता लगातार दोस्रो खेलमा हारसँगै पेरु भने बाहिरियो। पेरु बाहिरिने चौथो टिम बन्यो।
यसअघि समूह एबाट रसिया र उरुग्वे अन्तिम १६ मा पुगेका थिए। समूह ए कै साउदी अरेबिया र इजिप्ट बाहिरिएका थिए। यस्तै समूह बीबाट मोरक्को तथा समूह सीबाट पेरु बाहिरिएका छन्।

अन्तिम १६ मा पुगेका टिम
रसिया
उरुग्वे
फ्रान्स
बाहिरिएका टिम
साउदी अरेबिया
इजिप्ट
मोरक्को
पेरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।