काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा पूर्व विश्वविजेता फ्रान्स अन्तिम १६ मा पुगेको प्रवेश गरेको छ। बिहीबार भएको समूह 'सी' को खेलमा पेरुलाई १-० गोलले पराजित गर्दै फ्रान्स दोस्रो चरणमा प्रवेश गरेको हो। यता लगातार २ खेलमा पराजित भएसँगै पेरु भने बाहिरिएको छ।
फ्रान्स २ खेलबाट ६ अंक जोड्दै अन्तिम १६ मा पुगेको हो। लगातार २ खेलमा पराजित भएपछि पेरु भने बाहिरिएको हो। समूहको दोस्रो स्थानको डेनमार्कको ४ र तेस्रो स्थानको अस्ट्रेलियाको १ अंक छ।
अब समूह चरणको अन्तिम खेलमा अस्ट्रेलिया र पेरु तथा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ। अस्ट्रेलियालाई अन्तिम १६ मा पुग्न जितको आवश्यकता छ। डेनमार्कका लागि भने अन्तिम १६ मा पुग्न बराबरी काफी छ।
फ्रान्सको जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे। उनले खेलको ३४ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। योसँगै १९ वर्षीय एमबाप्पे फ्रान्सको लागि विश्वकपमा गोल गर्ने कम उमेरका खेलाडी बनेका छन्।
जारी विश्वकपमा अहिलेसम्म ३ टिम अन्तिम १६ मा पुगेका छन्। जसमा समूह एबाट रसिया र उरुग्वे अन्तिम १६ मा पुगेका थिए। यस्तै समूह सीबाट फ्रान्स अन्तिम १६ मा पुग्न सफल भयो।
यता विश्वकपबाट अहिलेसम्म ४ टिम बाहिरिएका छन्। जसमा समूह एबाट साउदी अरेबिया र इजिप्ट छन्। यस्तै समूह बीबाट मोरक्को तथा समूह सीबाट पेरु बाहिरिएका छन्।
खेल विवरण





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।