• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संक्रमणकालीन न्याय : ऐन संशोधनबारे पीडित पक्षलाई नै थाहा छैन, विदेशी बोलाएर सहमति खोजिँदै

64x64
नेपाल लाइभ बिहीबार, असार ७, २०७५  ०६:५८
1140x725

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधनका लागि सरकारले बनाएको विधेयक विदेशी दातृ निकाय र अन्तर्राष्ट्रिय समुदायलाई वितरण गर्दै सहमति लिइने भएको छ। सरोकारवाला र पीडितहरुलाई भन्दा पहिल्यै विधेयक यसरी वितरण गरिएको हो।

सर्वोच्च अदालतले गरेको फैसला अनुसार सरकारले संशोधन विधेयक तयार गरेको भए पनि उक्त मस्यौदा हालसम्म प्रत्यक्ष सरोकार जोडिएका पीडितहरुले हेर्न पाएका छैनन्। तर सरकारले पटकपटक विदेशीहरुसँग मस्यौदा वितरण गर्दै राय माग्दै आएको छ। 

बिहीबार सरकारले प्रारम्भिक मस्यौदा सार्वजनिक गर्ने तयारी गरेको छ। तर उक्त मस्यौदा सार्वजनिक हुनुअघि नै विदेशीहरुलाई वितरण गरिएको छ। बिहान महान्यायाधिवक्ता अग्नि खरेलले दातृ निकाय र अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्दै ऐन संशोधनका लागि सहयोग गर्न आग्रह गरे। भेटमा युरोपियन युनियनका अधिकारी, अमेरिका, अस्ट्रेलिया लगायतका देशका राजदूत, युएनडिपी लगायत अन्य दातृ निकायका अधिकारी पनि छलफलमा रहेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। 

महान्यायाधिवक्ता खरेलले ऐन संशोधन विधेयक जतिसक्दो छिटो केही महिनाभित्रै संसदमा दर्ता गर्ने तयारीमा रहेकाले अन्तर्राष्ट्रिय कानुनी प्रावधान अनुरुप भए/नभएको विषयमा राय लिन छलफल गरेको स्वीकार गरे। उनले उक्त मस्यौदा सार्वजनिक गर्दै सबैको राय लिइने भएकाले शंकाको रुपमा लिन जरुरी नभएको तर्क गरे। 

संशोधनका लागि तयार पारिएको मस्यौदा विधेयकमा गम्भीर अपराधलाई दुई भागमा विभाजन गरिएको छ। सामान्य र गम्भीर अपराधलाई पुरानो ऐनले एकै ठाउँमा राखेकाले त्यसलाई सहज बनाउन यस्तो गरिएको उनीहरुको दाबी छ। 

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपका लागि यसअघि राष्ट्रपति कार्यालयबाट जारी भएको अध्यादेशसँगै ऐन संशोधन विधेयक संसदमा पेश गर्ने तयारीमा सरकार रहेको छ। आजै मानव अधिकार आयोगमा विधेयकको मस्यौदा सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ। 

सर्वोच्चले २०७१ फागुनमा ऐनका केही व्यवस्था खारेज गर्ने र केहीमा तत्काल संशोधन गर्नू भनी फैसला सुनाएको थियो। तर, ४ वर्षसम्म सरकारले उक्त ऐन संशोधन गर्न सकेको छैन।

बम विस्फोट, सामूहिक हत्या र अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतका केही गम्भीर अपराधलाई अलग गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संशोधन प्रस्तावमा ऐनमा रहेको गम्भीर अपराध अन्तर्गतको ९ नम्बर बुँदा हटाउने तयारी भइरहेको छ। उक्त बुँदामा रहेको ‘अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानुनविपरीत गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवता विरुद्धको अपराध’ लाई हटाइएको छ।

संशोधन प्रस्तावमा गम्भीर अपराध अन्तर्गत हत्या, बलात्कार, जबर्जस्ती बेपत्ता र यातनालाई राखिएको छ। त्यस्तै, अन्य अपराध अन्तर्गत अपहरण तथा शरीर बन्धक, अंगभंग वा अपांग बनाउने, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजानी र घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापनलाई राखिएको छ। ऐनमा परिभाषा खण्डको ‘ञ’ मा राखिएको व्यवस्थालाई सरकारले दुई भागमा विभाजन गरी मुद्दाको गम्भीरतालाई हलुका पार्ने र कम सजाय गराउने प्रयास गरेको हो। 

संशोधनमा बलात्कार मुद्दामा हदम्यादको व्यवस्था पनि हटाउन प्रस्ताव गरिएको छ। बलात्कार, बेपत्ता जस्ता मुद्दामा लाग्ने ६ महिना हदम्याद हटाई जुनसुकै समयमा छानबिन गर्न सक्ने बनाउन प्रस्ताव गरिएको छ। द्वन्द्वकालीन मुद्दा भएकाले तत्कालीन सन्दर्भका मुद्दा अनुसन्धानमा ल्याउन यस्तो संशोधन गर्न लागिएको उनले बताए। सर्वोच्च अदालतले पनि बलात्कार र बेपत्तामा हदम्याद हटाउन आदेश दिएको थियो।

यसअघि पनि विभिन्न सरकारले ऐन संशोधनको प्रयास गरेका थिए। तर, राजनीतिक दलहरु तथा अन्तर्राष्ट्रिय समुदायबीच सहमति नहुँदा असफल हुँदै आएको थियो। 

Xtrem

Xtrem

तत्कालीन समयमै कानुन मन्त्रालयले ‘सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिन सम्बन्धी ऐन २०७२’ संशोधन विधेयक मस्यौदा गरी गृह मन्त्रालय पठाएको थियो। उक्त विधेयकलाई राय, सुझाव र परामर्शका लागि संयुक्त राष्ट्र संघ, युरोपेली संघ, अमेरिकी दूतावास, इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) लगायत निकायमा गोप्य रुपमा पठाइएको थियो। उनीहरूले सर्वोच्चले दुई पटक गरेको फैसला र बालकृष्ण ढुंगेलको मुद्दाको नजिर पालना गरे मात्र आफूहरू ऐन संशोधनमा सहमत हुने बताएपछि आफू अनुकूल ऐन संशोधन प्रयासमा धक्का लागेको थियो। 

राष्ट्रसंघले यसअघि नै आफूले ऐनबारे दिएको मार्गनिर्देशिका अनुसार मस्यौदा हुनुपर्ने जवाफ दिएको थियो। 

२०५२ सालदेखि २०६२ सम्म चलेको द्वन्द्वकालीन मानव अधिकार हननको घटनाका दोषीलाई सजाय गर्न र 8मा मेलमिलाप कायम गर्न आयोग गठन भएका हुन्। मेलमिलाप आयोगमा ५० हजार उजुरी दर्ता भएका छन् भने बेपत्ता आयोगमा २८ सय २३ उजुरी दर्ता छन्। दुवै आयोगहरु विस्तृत अनुसन्धानमा रहेको तर्क गर्दै आएका छन भने पीडितहरु आयोगले काम गर्न नसक्ने भन्दै आयोगप्रति शंका गरिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  ०६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्