• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अब कर्मचारी सरुवाको मुद्दा प्रशासकीय अदालतले हेर्ने, राष्ट्रियसभामा विधेयक दर्ता

64x64
नेपाल लाइभ बुधबार, असार ६, २०७५  १३:५६
1140x725

काठमाडौं– अहिलेको कानुनले कर्मचारीको सरुवा र बढुवा गर्ने अधिकार सरकारलाई दिएको छ। तर, राजनीतिक नियुक्ति, प्रहरी नेतृत्वमा बढुवा लगायतको विषयमा सरकारले हात हाल्दा त्यस्ता मुद्दा सर्वोच्च पुग्ने गरेका छन्।

यसरी कर्मचारीहरुको सरुवा र बढुवा विवाद अदालत पुगेर समयमा फैसला नहुँदा सरकार र कर्मचारी दुवैलाई मर्का परेको भन्दै सरकारले अबदेखि यी सबै मुद्दा प्रशासकीय अदालतबाट निरुपण गर्नेगरी यस सम्बन्धी विधेयकमा प्रस्ताव गरेको छ।

बुधबार संसदको माथिल्लो सदन राष्ट्रियसभामा दर्ता भएको विधेयकमा शिक्षकदेखि सरकारको स्वामित्व रहेका संस्थान र कम्पनीहरूको कर्मचारी सम्बन्धी मुद्दा समेत प्रशासकीय अदालतले हेर्ने व्यवस्था प्रस्ताव गरिएको छ। 

हाल अदालतले निजामती कर्मचारीको मुद्दा मात्र हेर्दै आएको थियो। सरकारको ५० प्रतिशतभन्दा बढी सेयर भएका संस्थानका साथै निगमको मुद्दा समेत प्रशासकीय अदालतले हेर्ने प्रस्ताव विधेयकमा गरिएको छ। 

कानुन मन्त्रालयले तयार गरेको विधेयकको दफा ७ मा कर्मचारीलाई दिइएको विभागीय सजाय, कर्मचारी बढुवा र सरुवा उक्त अदालतको अधिकारक्षेत्र हुने प्रस्ताव गरिएको छ। यो व्यवस्थापछि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, आयल निगम, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी एवं सरकारी शिक्षकको सरुवा-बढुवा सम्बन्धी मुद्दा समेत प्रशासकीय अदालतमा जानेछ।

विधेयकले सरुवा-बढुवा विरुद्ध मुद्दा हालेर कार्यक्षेत्रमा नजाने कर्मचारीको प्रवृत्तिलाई समेत निरुत्साहित गर्ने प्रस्ताव गरेको छ। विधेयकको दफा १८ मा अदालतबाट फैसला भई नोकरीमा पुन:स्थापित भएको कर्मचारी  फैसला भएको जानकारी पाएको ३५ दिनभित्र आफ्नो कार्यालयमा हाजिर हुनुपर्ने र नभएमा कर्मचारीको नोकरी नथामिने उल्लेख छ। त्यस्तै, विधेयकमा मुद्दाको अन्तिम किनारा नभएसम्म खटाइएको स्थानमा कर्मचारी जानुपर्ने प्रावधान समेत प्रस्ताव गरिएको छ। प्रशासकीय अदालतको अन्तिम आदेश अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही हुने विधेयकमा उल्लेख छ। 

हाल निजामती ऐन अन्तर्गत गठन भएको अदालतलाई छुट्टै ऐन ल्याएर शक्तिशाली बनाउन यस्तो विधेयक ल्याएको कानुनमन्त्री शेरबहादुर तामाङले बताए। उनका अनुसार, प्रशासकीय अदालत सम्बन्धी ऐन कार्यान्वयनमा आएपछि सर्वोच्च अदालतको मुद्दा १७ देखि २३ प्रतिशतले कम हुनेछ। 

कानुन मन्त्री तामाङले सरुवा, बढुवा, अवकास र कर्मचारी प्रशासन सम्बन्धी मुद्दाको प्रशासकीय अदालतबाट किनारा लाग्ने दावी गरे। विधेयकले कर्मचारीको सरुवा, बढुवा सम्बन्धी मुद्दा उक्त अदालतबाट किराना लागेपछि मात्र सर्वोच्चमा पुनरावेदन दिन पाइने व्यवस्था प्रस्ताव गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेसम्म प्रहरी र कर्मचारीको सरुवा-बढुवा लगायतका मुद्दा सीधै सर्वोच्च अदालत पुग्ने गरेका छन्। जसका कारण अदालतले राजनीतिक हस्तक्षेप गरेको आरोप समेत लाग्ने गरेको छ। विधेयकमा सरुवा-बढुवा सम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन लाग्ने निर्णय सर्वोच्चका रजिष्ट्रारले गर्नसक्ने व्यवस्था गरिएको छ। जसका कारण प्रशासकीय अदालतबाट हुने फैसलाका धेरै मुद्दा अन्तिम हुनेछन्। 

विधेयकले प्रशासकीय अदालतको आदेश वा निर्णयमा गम्भीर संवैधानिक वा कानुनी त्रुटि भएमा मात्र सर्वोच्चमा पुनरावेदन अगाडि बढ्ने व्यवस्था गरेको छ। अथवा सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त र नजिर विरुद्ध भए मात्र मुद्दा पुनरावेदनबाट अगाडि बढ्नेछ। विधेयकले प्रशासकीय अदालतको दायरा समेत फराकिलो बनाएको छ। 

सरकारले संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा यो विधेयक दर्ता गराएको हो। माथिल्लो सदनमा दर्ता भई पारित भएमा समितिमा नपठाई सीधै ऐनको रुपमा जारी गर्न सकिने भएकाले सरकारले यो विधेयक माथिल्लो सदनमा दर्ता गरेको देखिन्छ। राष्ट्रियसभामा छलफल भई पारित भएपछि प्रतिनिधिसभामा पेश हुने कानुनमन्त्री तामाङले बताए। 

राष्ट्रियसभा मार्फत अगाडि बढेको विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ।

Xtrem

Xtrem

प्रकाशित मिति: बुधबार, असार ६, २०७५  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्