• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश ४ को संसद्‌मा बजेटमाथि छलफल, उखान–टुक्काको वर्षा

64x64
नेपाल लाइभ बुधबार, असार ६, २०७५  ११:०७
1140x725

पोखरा– सत्तापक्ष नेकपाका सांसद विनोद केसीलाई बुधबारको विनियोजन बैठकमा कुरा राख्न अगाडि बोलाइयो। उनलाई कार्यवाहक सभामुख सिर्जना शर्माले ५ मिनेटको समय छुट्याएकी थिइन्। 

सांसद केसीले बोल्ने क्रममा बजेट विनियोजनप्रति व्यंग्य गरे, ‘कोहीलाई भने दहीमा चिनी, कोहीलाई भने पानी’नि नदिने!’ उनको कुरो आधा मिनेटमै सकियो।

त्यस्तै, सत्तापक्षकै सांसद इन्द्रधारा विष्टले सत्तापक्षीय भएकाले बाध्यतावश बजेटको समर्थन गरेको बताए। बजेट अध्ययन गर्दा उज्याला प्रकाशमा पनि अग्लाअग्ला हिमाल र पहाडको छायाले आफ्नो गाउँ छेकिएको उनले दुखेसो पोखे। 

‘सयौं खानेपानी योजनामा आफ्नो नदेख्दा, सयौं पुल योजनामा आफ्नो गाउँको पुल नदेख्दा यसरी आफ्ना क्षेत्रका योजना छुट्दा समेत हुन्छ भन्नु र ढ्याप–ढ्याप पार्नु कम्ती दुःखको कुरो होइन’, उनले भने, ‘छातीमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ।’

प्रदेश ४ को बजेट विनियोजन विधेयकमाथि भएको बुधबारको छलफलमा सत्ता पक्षकै सांसदहरुले उखान–टुक्का जोड्दै असन्तुष्टि पोखेका हुन्। आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार प्रदेशसभामा पेश गरेको प्रदेश विनियोजन विधेयकमाथि बुधबार छलफल भएको हो। जसमा सत्तापक्षकै सांसदले समेत विरोध जनाए।

छलफलमा सत्तापक्षकै धनञ्जय दवाडी पनि बजेट विनियोजनप्रति असन्तुष्टि पोखे। एउटै निर्वाचन क्षेत्रलाई बढी बजेट छरेको आरोप लगाए। उनले भने, ‘सिंगो सागर दिँदा पनि मान्छे अघाउँदैन, यो प्रदेश सरकारको इज्जत धान्नैलाई बजेट छरिएको हो?’

कांग्रेस सांसद दोबोटे विश्वकर्माले बजेटमा आफूहरुको माग सम्बोधन नभएको बताए। उनले बजेटमा दलित लगायत अल्पसंख्यकको पक्षमा आफूले कुरा राख्दै आए पनि सुनुवाइ नभएको बताए। 
‘हामीले बोलेको त काग कराउँदै जाने पिना सुक्दै जाने जस्तो भयो’, उनले भने। 

यस्तै, सांसद मीना गुरुङले नयाँ बजेट विनियोजनले ‘कभी खुसी कभी गम’ दिएको बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सांसद ओमकला गुरुङले जनताकै कर बाँड्न पनि पैत्रिक सम्पत्ति बाँडे जस्तो गरेको आरोप लगाइन्। उनले सबै भूगोल र क्षेत्रका आधारमा बजेट विनियोजन गरेको भए राम्रो हुने सुझाव राखिन्। उनले बजेट विनियोजन ‘जसको हात उसैको जगन्नाथ भएको भनाइ राखिन्। ‘बोलम त मुख मैलो नबोलम त डढ्यो थैलो’, उनले भनिन्। 

नयाँशक्तिका हरिशरण आचार्यले बजेटको रातो किताबमा धेरै कुरा सच्याउन बाँकी भए पनि ढिलो भइसकेको बताए। 

‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाको अनुहार’, उनले भने, ‘अब विरोध गरेर के गर्ने?’ 

उनले प्राथमिकताका योजनालाई कम बजेट र सामान्य योजनालाई बढी बजेट पारेको आरोप लगाए। 

Xtrem

Xtrem

जनमोर्चाका कृष्ण थापाले प्रदेश सरकारले सबैले थाहा पाउनेगरी पोका फुकाएर बजेट विनियोजन नगरेको आरोप लगाए। 

‘दुनियाँले थाहा नपाएर लुकाएको त कालो धन हुन्छ,’ उनले भने। आफूहरुको योजना सम्बोधन नभएकाले ‘हुलमा जिउ जोगाउने कि अनिकालमा बीउ जोगाउने’ अवस्थामा पुगेको उनले बताए। सांसद मनकुमारी गुरुङले समानुपातिक सांसदलाई हेपिएको गुनासो गरिन्। 

उनले आक्रोश पोखिन्, ‘दुवैको हैसियत एउटै होइन र? अबको चुनावमा समानुपातिक नै खारेज गरिदिए हुन्छ।’

सांसद आशा कोइरालाले महत्वका साथ किटान गरिएका योजना छुटेको तर सामान्य योजना भने परेको गुनासो गरिन्। उनले योजनाको वितरण आवश्यकताका आधारमा र समानरुपले हुनुपर्नेमा जोड दिइन्। सांसद दिलमाया रोकामगर गौतमले पनि योजनाहरु दोहोरिएको र छुटेकाले परिमार्जन गर्न माग गरिन्। सांसद विन्दुकुमार थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे ५ सय मिटर बढाउनुपर्ने भएकाले त्यसमा संघसँग समन्वय गरी पहलकदमी लिन आग्रह गरे। 

सांसद राजीव पहारीले ‘बजेट निकै उत्कृष्ट रहेकाले पूर्ण समर्थन गर्छु’ भन्दा बैठकमा हाँसोको फोहोरा छुटेको थियो। उनले उखान मार्फत नै बजेट निर्माणका अप्ठ्यारा राखे। 

‘टाउको छोपे खुट्टातिर देखिने, खुट्टा छोपे टाउको देखिने छोटो सिरक जस्तो अवस्थामा अर्थमन्त्रीले उत्कृष्ट काम गर्नुभो’, पहारीले भने। 

विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बुधबार भएको छलफलमा सांसद दीपक कोइराला, सांसद कृष्णबहादुर थापा, इन्द्रलाल सापकोटा, पियारी थापा, जुनादेवी नेपाली लगायतले बोलेका थिए। 

प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्