• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

हामीले एमाले स्वीकार गर्‍यौं, एमाले नेता-कार्यकर्ताले हामीलाई अनुमोदन गरे : लेखराज भट्ट [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १६, २०७८  १५:५६
1140x725

तत्कालीन नेकपाले वैधता नपाएर साविकका एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेकपा माओवादी केन्द्रमा लामो समय राजनीति गरेका नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतले माओवादीको साटो एमाले रोजे। उनीहरूलाई माओवादी केन्द्रमै फर्काउन अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले अथक मिहिनेत र प्रयास समेत गरे। तर, उनीहरू माओवादीमा नफर्केर एमालेमै सक्रिय भए।

उनीहरूमध्ये तीन नेता एमालेको दशौं महाधिवेशनबाट पदाधिकारी र १९ जना केन्द्रीय कमिटीमा अटाउन सफल भए। जसमा रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष, टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिवमा निर्वाचित भए। सचिव पदमा निर्वाचित भट्टसँग माओवादी हुँदाका अनुभव र एमालेमा निर्वाचित भइसकेपछिको अनुभूतिका विषयमा नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको संक्षिप्त कुराकानी :

तपाईं लामो समय माओवादीमा हुनुहुन्थ्यो। अहिले एमालेबाट सचिव निर्वाचित हुँदा कस्तो महसुस भइरहेको छ?
यसलाई सकारात्मक रूपमा लिएको छु। हामी संसदीय अभ्यासमा आउँदा निर्वाचन जित्दा अनौठो लाग्थ्यो। हामी नौलो परिपाटीमा छिरेका थियौं। त्यतिबेला पनि अनौठो नै भयो। अहिले नेता, कार्यकर्ता सबैबाट मत पाएर जित्दा फरक अनुभूति भइरहेको छ। एउटा नयाँ खालको जनवादी अभ्यास हो भन्ने लागेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंले सचिव पदमा उम्मेदवारी दिँदा हारिएला कि भन्ने चिन्ता लागेन?
त्यतिबेला मलाई चिन्ता थिएन। अध्यक्षले हलमै नामावली प्रस्तुत गर्नु भएको थियो। हलले ताली पिटेर अनुमोदन गरेको थियो। निर्वाचन पद्धतिमा जानुपर्ने भएकाले उम्मेदवारी दिएको थिएँ। तर, जुन प्रकारले हलले नामावलीमा समर्थन गरेको थियो। त्यतिबेलादेखि नै ढुक्क थिएँ। सचिव पदमा सजिलै निर्वाचित हुन्छु भन्ने लागिसकेको थियो।

सचिवमा निर्वाचित भएपछि एमाले नेता कार्यकर्ताले तपाईंहरूलाई स्वीकार गरिसके भन्ने पुष्टि भयो हैन त?
हामीले एमालेलाई स्वीकारेरै एकतालाई निरन्तरता दिएर आयौं। त्यसलाई एमाले नेता कार्यकर्ताले अनुमोदन गर्नुभयो। त्यसमा दुवैपक्ष सकारात्मक भए भन्ने पुष्टि भयो।

Xtrem
Xtrem

महाधिवेशनमा पूर्वमाओवादी पक्ष बोल्दा पनि समस्या, नबोल्दा पनि समस्या भएकाले चुपचाप थिए भन्ने आरोप थियो नि?
हामी महाधिवेशनमा चुपचाप थिएनौं। विधान महाधिवेशनदेखि लिएर राष्ट्रिय महाधिवेशनसम्म आउँदा आफ्ना विचार राख्दै आएका थियौं। बाहिर बुझ्नेले कसरी बुझे, भन्नेले कसरी भने, आ–आफ्नो कोणबाट भन्ने कुरा भयो। हामी चुपचाप लागेका थियौं भन्ने कुरा गलत हो।

माओवादी र एमालेमा तात्विक रूपमा के फरक पाउनुभयो?
हिजो हाम्रा महाधिवेशन, अधिवेशन, भेलाहरूबाट नेतृत्वले नामावली प्रस्तुत गर्थ्यो। त्यसलाई हात उठाएर अनुमोदन गरिन्थ्यो। अनि हिँडिन्थ्यो। त्यो पनि एक प्रकारको जनवाद थियो। अहिले मतपेटिकामै मत हालेर जसरी निर्वाचन भयो, त्यो नयाँ भयो। अझ अहिले इलेक्ट्रोनिक मेसिन नै प्रयोग गरेर मतदान गर्दा झन् नयाँ अनुभव भयो।

माओवादीमा हुँदा पनि प्रचण्डसँग निकट हुनुभयो। एमालेमा हुँदा केपी ओलीसँग निकट हुनुहुन्छ। यी दुई नेताको कार्यशैलीमा के भिन्नता पाउनुभयो?
हरेक मान्छेका आ–आफ्नै स्वभाव हुन्छन्। अध्यक्ष केपी कमरेडको लामो कुरा राख्ने र अझ छलफल गर्न रूचाउने स्वभाव रहेछ। पार्टीका तलसम्मका कार्यकर्तासँग घुलमिल हुने स्वभाव छ। प्रचण्ड कमरेड विशेषगरी तलबाट रिर्पोटिङ लिने, तलसम्म भेटघाट गर्ने गर्नुहुन्नथ्यो। प्रचण्ड छोटो कुरा राख्नु हुन्थ्यो। धेरै नेता कार्यकर्तासँग छलफल बहस गर्न रूचाउनु हुन्नथ्यो।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्