• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : मुआब्जाको पैसा अड्काउँदा निर्माण रोकियो

64x64
नेपाल लाइभ मंगलबार, असार ५, २०७५  ०८:४८
1140x725

भैरहवा- पटकपटक अवरुद्ध हुँदै आएको राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य हिजोदेखि पुन: रोकिएको छ। विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम नपाएको भन्दै स्थानीयले गरेको आन्दोलनका कारण निर्माण रोकिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम प्राधिकरणमै अड्काएर राख्दा स्थानीय आन्दोलित भएका हुन्। केही हप्ताअघि नै मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँ रकम निकासा भइसके पनि प्राधिकरणका महानिर्देशक गौतमले उक्त रकम वितरणको लागि विमानस्थल आयोजनालाई पठाउनुको साटो आफै अड्काएर राखेका छन्।

मुआब्जा नपाएको झोँकमा स्थानीयले निर्माणाधीन विमानस्थलको धावनमार्ग (रनवे) मा जम्मा भएर आनदोलन गरेका छन्। उनीहरुले धावनमार्गको काम पूर्ण रुपमा ठप्प पारेका छन् भने आयोजनाको सुरक्षामा विगतदेखि नै निर्माण भइरहेको टर्मिनल भवन, कन्ट्रोल टावर लगायतका निर्माण कार्य सुस्त गतिमा जारी रहेका छन्।

५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोष पाण्डेको नेतृत्वमा धावनमार्गमा जम्मा गरिएको नदीजन्य पदार्थ राखिएको स्थलमा स्थानीयहरु टेन्ट टाँगेर बसेका छन्।

सिद्धार्थनगर नगरपालिका १० का रुदलप्रसाद थारुले आफ्नै जग्गाको मुआब्जाको लागि पटकपटक आयोजनाको कार्यालयमा धाउँदा मुआब्जा नपाएको गुनासो पोखे। आफ्नी श्रीमतीको मिर्गौलाको उपचारका लागि रकम आवश्यक रहे पनि मुआब्जा नपाएको दुखेसो पोख्दै उनले १२ लाख रुपैयाँ ५ प्रतिशतको दरले ब्याजमा लिएर श्रीमतीको उपचार गराइरहेको सुनाए।

'नचाहँदा नचाहँदै पनि पुर्खाले आर्जेको खेत विमानस्थलले लियो तर दिनुपर्ने मुआब्जा दिएको छैन,' उनले भने, 'श्रीमतीको उपचारमा लाखौँ रुपैयाँ खर्च भइरहेको छ। आफ्नै सम्पतिको मुआब्जा माग गर्दा समेत ६ महिनासम्म पाएको छैन।'

आयोजना प्रमुख ओम शर्माले मुआब्जा प्राप्तिको प्रक्रियापत्रमा ३ पटक तोक लगाए पनि प्रमुखको निर्देशन नमान्ने अटेर कर्मचारीका कारण आफूले निकै दु:ख पाएको थारुले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सहमति कार्यान्वयन भएन
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमानस्थललाई आवश्यक रहेको भन्दा बढी जग्गा अधिग्रहण गर्न खोज्दा स्थानीयले विरोध गरेपछि आयोजनाले जग्गाको मूल्यांकन भएको २ महिनाभित्र नै मुआब्जा वितरण गर्ने सहमति गरेको थियो। हालसम्म पनि मुआब्जा वितरण नहुँदा बाध्य भएर निर्माणकार्य रोक्नुपरेको ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोष पाण्डेले बताए। मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भइसके पनि रोकेर राखिएकाले तत्काल वितरण गरिनुपर्ने उनले माग गरे। दुई महिनामा मुआब्जा वितरण गर्ने भएको सहमति एक वर्ष भइसक्दा समेत करिब १२ प्रतिशतले मात्र मुआब्जा पाएको उनको भनाइ छ।

'विमानस्थलका कारण १ हजार ७ सय ४० जना घरपरिवार यस क्षेत्रबाट विस्थापित भइरहेका छन्,' पाण्डेले भने, 'मुआब्जासमेत वितरण नगरेर घाउमा नुन छर्किने काम भइरहेको छ।' आयोजनाले अधिग्रहण नगरेको करिब ५ सय बिघा जग्गासमेत रोक्का गरेको कारण जग्गाधनीहरुको सम्पत्तिको अधिकार खोसिएको उनले बताए।

सिद्धार्थनगर नगरपालिका १० का वडाध्यक्ष विजयनाथ धवलले पटकपटक आन्दोलन गर्दा समेत सहज रुपमा मुआब्जा वितरण नभएको कारण कडा संघर्षमा उत्रिएको बताए। 'हामी यही बस्छौँ र मुआब्जा वितरण सुरु नगरेसम्म विमानस्थलको काम हुन दिँदैनौं,' उनले भने।

विगतमा ३० लाख रुपैयाँबाट लाभकर तिर्नुपर्ने व्यवस्था रहे पनि आगामी महिनादेखि १० लाख रुपैयाँबाट नै लाभकर तिर्नुपर्ने व्यवस्थाको विरोध गर्दै स्थानीले मुआब्जाको लाभकार खारेज गर्नुपर्ने माग गरेका छन्। कुनै लाभको लागि जग्गा बिक्री नगरिएको र सरकारले अधिग्रहण गरेको कारण लाभकर लिनु जायज नरहेको उनीहरुको तर्क छ।

Xtrem

Xtrem

निर्माणाधीन विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले भने यस विषयमा माथिल्लो निकायमा जानकारी भइसकेको बताए। मन्त्रालयबाट रकम निकासा भइसकेका कारण अब मुआब्जा वितरणमा ढिलाइ नहुने उनले आश्वासन दिए। 'मन्त्रालयले पठाए पनि प्राधिकरणले रोकिदिँदा मुआब्जा वितरण हुन सकिरहेको छैन। एकदुई दिनमै मुआब्जा वितरण हुने हुँदा समस्या लम्बिँदैन,' उनले भने, 'बजेट नआए पनि ४ सय २५ जनालाई मुआब्जा वितरण गर्नका लागि गर्नुपर्ने सबै तयारी हामीले पूरा गरेका छौं। बजेट आएलग्त्तै वितरण हुनेछ।'

करिब २३ अर्ब मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म ६ अर्ब रुपैयाँ मुआब्जा मात्र वितरण भएको छ। आयोजनाको अनुसार जग्गा अधिग्रहणमा परेको करिब २ हजार २ सय परिवारमध्ये हालसम्म करिब ८ सय जनालाई मुआब्जा वितरण गरिएको छ।

रकमको अभावमा गत फागुन महिनायता मुआब्जा वितरण कार्य रोकिएको छ।  आयोजना प्रमुख शर्माका अनुसार विमानस्थलको काम भने करिब ५० प्रतिशत सकिएको छ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्