काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओली ६ दिने चीन भ्रमणका लागि मंगलबार बिहान प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीको भ्रमण अघि उनले सम्हालिरहेका तीन पदमा कार्यवाहक तोकिएको छ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्। पोखरेल मन्त्रिपरिषद्मा दोस्रो बरियतामा छन्।
पार्टीको कार्यवाहक अध्यक्ष भने बरिष्ठ नेता माधवकुमार नेपाल बनेका छन्। पार्टी बरियतामा तेस्रो नम्बरमा भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका सिलसिलामा सिंगापुरमा रहेका कारण नेपालले अवसर पाएका हुन्।
त्यस्तै, (ने क पा) संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी सुवास नेम्वाङलाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।