• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
यसकारण नवजात शिशुलाई मुटुरोगको जोखिम धेरै, सम्भव छ उपचार
डा. पुनम शर्मा बुधबार, मंसिर ८, २०७८  ०७:०३
1140x725

नवजात शिशुहरुमा जन्मजात नै विभिन्न रोग देखिन सक्छन्। तीमध्ये बाल मुटुरोग अहिले आमसमस्या भएको छ।

एक सय जना शिशु जन्मँदा एकदेखि दुई जनालाई मुटुसम्बन्धी रोग हुन सक्छ। धेरैजसो मुटुरोग बच्चा ठूलो हुँदै जाँदा आफैँ ठीक हुन्छ। तर, हजार शिशुमध्ये एक जनामा जटिल खालको समस्या देखिन्छ। यस्तो समस्या भएका शिशुलाई जन्मने बित्तिकै उपचार वा शल्यक्रियाको खाँचो पर्छ।

नवजात शिशुहरुमा मुटुरोग हुनुको विभिन्न कारण छन्। यो समस्या वंशाणुगत पनि हुन सक्छ। गर्भवती भएको समयमा विभिन्न रोगको औषधि प्रयोग गरेका, मधुमेह वा उच्च रक्तचाप भएका आमाहरुले जन्माउने शिशुमा मुटुरोगको समस्या देखिने संभावना धेरै हुन्छ।

महिला गर्भवती भएको सुरुको चार हप्ताभित्र बच्चाको मुटु बनिसकेको हुन्छ। गर्भवती भएको थाहा नपाउँदै मुटु बनिसकेको हुने हुँदा महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिएको हुँदैनन्। त्यसैले आमाको स्वास्थ्य र उनले गर्ने व्यवहारले कतिपय शिशुको मुटुमा असर गरिसकेको हुनसक्छ।

मुटुरोग भएका बच्चा जन्मने क्रममा सामान्य हुँदैनन्। उनीहरु कालो रङको देखिन्छन्। शरीरमा अक्सिजनको अभाव हुन्छ। उनीहरुलाई तत्काल उपचार आवश्यक पर्छ। त्यसो नभए मृत्यु पनि हुनसक्छ।

यसको उपचार दुई किसिमबाट हुन्छ। पहिलो, बेलुनको मद्दतले नचिरिकन गरिने शल्यक्रिया। दोस्रो, चिरेर गरिने शल्यक्रिया। कुनै बच्चामा भने यी दुई वटै उपचारको आवश्यकता पर्न सक्छ। यद्यपि, यो संभावना शून्य दशमलव एक प्रतिशत मात्र हुन्छ।

केही बच्चामा भने मुटुसम्बन्धी समस्या भए पनि हेर्दा सामान्य देखिन्छ। जन्मिने बित्तिकै समस्या देखिँदैन। एक वा डेढ महिनापछि भने समस्या देखिन थाल्छ। त्यसको पहिचान गर्न गाह्रो छैन।

आमाको दूध राम्रोसँग चुस्न नसक्ने, दूध खाने क्रममा छिटो–छिटो श्वास फेर्ने, दूध छोड्दै तान्ने, दूध खाने बेला एकदम पसिना आउने समस्या हुन्छ। योसँगै ती बच्चालाई निमोनिया हुने, परीक्षणका क्रममा मुटुमा फरक किसिमको आवाज आउने र तौल आवश्यकता अनुसार नबढ्ने हुन्छ। यी लक्षण देखिए अभिभावकले आफ्नो बच्चामा मुटुसम्बन्धी रोग छ कि भनेर शंका गर्नुपर्छ।

बच्चाहरुमा देखिने मुटु रोगहरुमा पनि मुटुमा प्वाल पर्ने एक आम समस्या हो। यो समस्या पनि धेरै किसिमको हुने गर्छ। मुटुमा हुने प्वाल सानोदेखि ठूलोसम्म हुन्छन्।

कुनै बच्चाहरुको मुटुमा एकदमै सानो प्वाल हुन्छ। यसले मुटुलाई खासै असर गरेको हुँदैन। कतिपय बच्चाहरु ठूलो हुँदै जाँदा ती प्वाल आफैँ बन्द पनि हुन्छन्। ती बच्चालाई हामी फलोअपमा मात्र राख्छौँ। तर, कुनै बच्चाको मुटुमा ठूलो प्वाल हुन्छ। 

मुटुमा ठूलो प्वाल भएका बच्चालाई निमोनिया भइरहने हुँदा भेन्टिलेटरमा राख्नुपर्छ। उनीहरुलाई विशेष उपचारको आवश्यकता पर्छ। एकदेखि डेढ वर्षभित्रमा शल्यक्रिया गरेर ती ठूला प्वाल बन्द गर्नुपर्छ। धेरै ढिलो भए प्वाल बन्द गर्न नसकिने हुन्छ। यो समस्या भएका बच्चाहरु चिकित्सकसँग निरन्तर सम्पर्कमा रहनै पर्छ।

एक्सरे, इसिजी गरेर पनि मुटुको अवस्था हेर्न सकिन्छ। तर, रोगको निदान गरी उपचार चाहिने वा नचाहिने पत्ता लगाउन भने बच्चाको ‘इको कार्डियोग्राफी’ नै गर्नुपर्छ। इको कार्डियोग्राफी गरेपछि मात्र समस्याको अवस्था र उपचारको किसिमबारे चिकित्सकले सल्लाह दिन्छन्। 

यस्तो समस्या भएका बालबालिकाका अभिभावकले उनीहरुको खानपान र पोषणमा विशेष ध्यान दिनुपर्छ। सामान्य बच्चालाई भन्दा पोषणको बढी खाँचो पर्छ। 

मुटुरोग भएका बालबालिकाहरु जीवनभर अस्पताल धाइरहनुपर्छ भन्ने हुँदैन। मुटुमा भएका प्वाललाई समयमै बन्द गर्न सक्यौँ र फोक्सोको दबाब सामान्य भयो भने औषधि खाइरहनु पर्दैन। सुरुको दुई/चार वर्ष फलोअपका लागि आउनु परे पनि पछि नपर्ने हुन्छ। 

यी समस्या सुरुमै पहिचान भए धेरैजसो निको पार्न सकिन्छ। उनीहरु विभिन्न खेलमा भाग लिन सक्ने र एक स्वस्थ मानिस सरह जीवन जीउन सक्ने हुन्छन्। तर, ढिलो भयो भने मात्र समस्या जटिल बन्दै जान्छ।

जोखिममा रहेका गर्भवतीहरुले शिशुको मुटुमा समस्या भएको वा नभएको जाँच गर्न सकिन्छ। ती महिलाले ‘फिटल इको’ गरेर पेटभित्रको शिशुमा मुटुरोग छ कि छैन भनेर हेर्न सकिन्छ। सबै गर्भवतीका लागि यो आवश्यक छैन। तर, जोखिम समूहमा रहेका गर्भवतीले भने फिटल इको गराउनुपर्छ। १८ देखि २२ हप्तासम्ममा फिटल इको गर्न सकिन्छ। नेपालमा यो सुविधा भित्रिएको धेरै वर्ष भइसकेको छ।

यदि कुनै महिलाले सन्तानको योजना बनाउँदै छिन् भने विभिन्न विषयमा ध्यान दिनुपर्छ। मधुमेहको समस्या भएका महिलाको चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ। छारेरोग, रगत पातलो बनाउने औषधि, मुटुदेखि विभिन्न रोगको उपचार गरिरहेका महिलाले बच्चाको विकासलाई असर नगर्ने किसिमको औषधि खानुपर्छ।

जन्मजात मुटुरोगको यकिन कारण अहिलेसम्म पत्ता लागेको छैन। ८० देखि ८५ प्रतिशतमा हुने जन्मजात मुटुरोगको कारण थाहा हुँदैन। त्यसैले पनि यसको रोकथाम चुनौतीको विषय हो। यद्यपि, जोखिम समूहमा पर्ने महिलाले विशेष ध्यान दिनैपर्छ।

हुन त मानिसहरु अहिले यो रोगप्रति सचेत हुँदै गइरहेका छन्। धेरै ठाउँमा यसको परीक्षण तथा उपचार हुने भएकाले पनि यो रोग प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकिन्छ। यसको निदान हुने क्रम पनि केही बढ्दै गइरहेको छ।

निजी अस्पतालहरुमा पनि यो रोगको उपचार सुविधा छ। सहिद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रियासहितको उपचार हुन्छ। गंगालाल अस्पतालमा १५ वर्षमुनिका बालबालिकाको भर्ना गर्नु परे उपचार निःशुल्क हुन्छ। 

(बाल मुटुरोग विशेषज्ञ डा. शर्मा सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत छिन्।)

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै
भूकम्प प्रभावित बसेको टहरोमा ढुङ्गा खस्दा २ जनाको मृत्यु
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै शुक्रबार, असार २०, २०८२
भूकम्प प्रभावित बसेको टहरोमा ढुङ्गा खस्दा २ जनाको मृत्यु शुक्रबार, असार २०, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्