• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

यसकारण नवजात शिशुलाई मुटुरोगको जोखिम धेरै, सम्भव छ उपचार

डा. पुनम शर्मा बुधबार, मंसिर ८, २०७८  ०७:०३
1140x725

नवजात शिशुहरुमा जन्मजात नै विभिन्न रोग देखिन सक्छन्। तीमध्ये बाल मुटुरोग अहिले आमसमस्या भएको छ।

एक सय जना शिशु जन्मँदा एकदेखि दुई जनालाई मुटुसम्बन्धी रोग हुन सक्छ। धेरैजसो मुटुरोग बच्चा ठूलो हुँदै जाँदा आफैँ ठीक हुन्छ। तर, हजार शिशुमध्ये एक जनामा जटिल खालको समस्या देखिन्छ। यस्तो समस्या भएका शिशुलाई जन्मने बित्तिकै उपचार वा शल्यक्रियाको खाँचो पर्छ।

नवजात शिशुहरुमा मुटुरोग हुनुको विभिन्न कारण छन्। यो समस्या वंशाणुगत पनि हुन सक्छ। गर्भवती भएको समयमा विभिन्न रोगको औषधि प्रयोग गरेका, मधुमेह वा उच्च रक्तचाप भएका आमाहरुले जन्माउने शिशुमा मुटुरोगको समस्या देखिने संभावना धेरै हुन्छ।

महिला गर्भवती भएको सुरुको चार हप्ताभित्र बच्चाको मुटु बनिसकेको हुन्छ। गर्भवती भएको थाहा नपाउँदै मुटु बनिसकेको हुने हुँदा महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिएको हुँदैनन्। त्यसैले आमाको स्वास्थ्य र उनले गर्ने व्यवहारले कतिपय शिशुको मुटुमा असर गरिसकेको हुनसक्छ।

मुटुरोग भएका बच्चा जन्मने क्रममा सामान्य हुँदैनन्। उनीहरु कालो रङको देखिन्छन्। शरीरमा अक्सिजनको अभाव हुन्छ। उनीहरुलाई तत्काल उपचार आवश्यक पर्छ। त्यसो नभए मृत्यु पनि हुनसक्छ।

यसको उपचार दुई किसिमबाट हुन्छ। पहिलो, बेलुनको मद्दतले नचिरिकन गरिने शल्यक्रिया। दोस्रो, चिरेर गरिने शल्यक्रिया। कुनै बच्चामा भने यी दुई वटै उपचारको आवश्यकता पर्न सक्छ। यद्यपि, यो संभावना शून्य दशमलव एक प्रतिशत मात्र हुन्छ।

केही बच्चामा भने मुटुसम्बन्धी समस्या भए पनि हेर्दा सामान्य देखिन्छ। जन्मिने बित्तिकै समस्या देखिँदैन। एक वा डेढ महिनापछि भने समस्या देखिन थाल्छ। त्यसको पहिचान गर्न गाह्रो छैन।

आमाको दूध राम्रोसँग चुस्न नसक्ने, दूध खाने क्रममा छिटो–छिटो श्वास फेर्ने, दूध छोड्दै तान्ने, दूध खाने बेला एकदम पसिना आउने समस्या हुन्छ। योसँगै ती बच्चालाई निमोनिया हुने, परीक्षणका क्रममा मुटुमा फरक किसिमको आवाज आउने र तौल आवश्यकता अनुसार नबढ्ने हुन्छ। यी लक्षण देखिए अभिभावकले आफ्नो बच्चामा मुटुसम्बन्धी रोग छ कि भनेर शंका गर्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

बच्चाहरुमा देखिने मुटु रोगहरुमा पनि मुटुमा प्वाल पर्ने एक आम समस्या हो। यो समस्या पनि धेरै किसिमको हुने गर्छ। मुटुमा हुने प्वाल सानोदेखि ठूलोसम्म हुन्छन्।

कुनै बच्चाहरुको मुटुमा एकदमै सानो प्वाल हुन्छ। यसले मुटुलाई खासै असर गरेको हुँदैन। कतिपय बच्चाहरु ठूलो हुँदै जाँदा ती प्वाल आफैँ बन्द पनि हुन्छन्। ती बच्चालाई हामी फलोअपमा मात्र राख्छौँ। तर, कुनै बच्चाको मुटुमा ठूलो प्वाल हुन्छ। 

मुटुमा ठूलो प्वाल भएका बच्चालाई निमोनिया भइरहने हुँदा भेन्टिलेटरमा राख्नुपर्छ। उनीहरुलाई विशेष उपचारको आवश्यकता पर्छ। एकदेखि डेढ वर्षभित्रमा शल्यक्रिया गरेर ती ठूला प्वाल बन्द गर्नुपर्छ। धेरै ढिलो भए प्वाल बन्द गर्न नसकिने हुन्छ। यो समस्या भएका बच्चाहरु चिकित्सकसँग निरन्तर सम्पर्कमा रहनै पर्छ।

एक्सरे, इसिजी गरेर पनि मुटुको अवस्था हेर्न सकिन्छ। तर, रोगको निदान गरी उपचार चाहिने वा नचाहिने पत्ता लगाउन भने बच्चाको ‘इको कार्डियोग्राफी’ नै गर्नुपर्छ। इको कार्डियोग्राफी गरेपछि मात्र समस्याको अवस्था र उपचारको किसिमबारे चिकित्सकले सल्लाह दिन्छन्। 

यस्तो समस्या भएका बालबालिकाका अभिभावकले उनीहरुको खानपान र पोषणमा विशेष ध्यान दिनुपर्छ। सामान्य बच्चालाई भन्दा पोषणको बढी खाँचो पर्छ। 

मुटुरोग भएका बालबालिकाहरु जीवनभर अस्पताल धाइरहनुपर्छ भन्ने हुँदैन। मुटुमा भएका प्वाललाई समयमै बन्द गर्न सक्यौँ र फोक्सोको दबाब सामान्य भयो भने औषधि खाइरहनु पर्दैन। सुरुको दुई/चार वर्ष फलोअपका लागि आउनु परे पनि पछि नपर्ने हुन्छ। 

यी समस्या सुरुमै पहिचान भए धेरैजसो निको पार्न सकिन्छ। उनीहरु विभिन्न खेलमा भाग लिन सक्ने र एक स्वस्थ मानिस सरह जीवन जीउन सक्ने हुन्छन्। तर, ढिलो भयो भने मात्र समस्या जटिल बन्दै जान्छ।

जोखिममा रहेका गर्भवतीहरुले शिशुको मुटुमा समस्या भएको वा नभएको जाँच गर्न सकिन्छ। ती महिलाले ‘फिटल इको’ गरेर पेटभित्रको शिशुमा मुटुरोग छ कि छैन भनेर हेर्न सकिन्छ। सबै गर्भवतीका लागि यो आवश्यक छैन। तर, जोखिम समूहमा रहेका गर्भवतीले भने फिटल इको गराउनुपर्छ। १८ देखि २२ हप्तासम्ममा फिटल इको गर्न सकिन्छ। नेपालमा यो सुविधा भित्रिएको धेरै वर्ष भइसकेको छ।

यदि कुनै महिलाले सन्तानको योजना बनाउँदै छिन् भने विभिन्न विषयमा ध्यान दिनुपर्छ। मधुमेहको समस्या भएका महिलाको चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ। छारेरोग, रगत पातलो बनाउने औषधि, मुटुदेखि विभिन्न रोगको उपचार गरिरहेका महिलाले बच्चाको विकासलाई असर नगर्ने किसिमको औषधि खानुपर्छ।

जन्मजात मुटुरोगको यकिन कारण अहिलेसम्म पत्ता लागेको छैन। ८० देखि ८५ प्रतिशतमा हुने जन्मजात मुटुरोगको कारण थाहा हुँदैन। त्यसैले पनि यसको रोकथाम चुनौतीको विषय हो। यद्यपि, जोखिम समूहमा पर्ने महिलाले विशेष ध्यान दिनैपर्छ।

हुन त मानिसहरु अहिले यो रोगप्रति सचेत हुँदै गइरहेका छन्। धेरै ठाउँमा यसको परीक्षण तथा उपचार हुने भएकाले पनि यो रोग प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकिन्छ। यसको निदान हुने क्रम पनि केही बढ्दै गइरहेको छ।

निजी अस्पतालहरुमा पनि यो रोगको उपचार सुविधा छ। सहिद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रियासहितको उपचार हुन्छ। गंगालाल अस्पतालमा १५ वर्षमुनिका बालबालिकाको भर्ना गर्नु परे उपचार निःशुल्क हुन्छ। 

(बाल मुटुरोग विशेषज्ञ डा. शर्मा सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत छिन्।)

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्