• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारका विभिन्न कोषमा १ खर्ब, भएन प्रभावकारी उपयोग (कुन कोषमा कति?)

64x64
नेपाल लाइभ मंगलबार, असार ५, २०७५  ००:२३
1140x725

काठमाडौं– उपयोगमा नल्याइँदा सरकारी कोषमा लामो समयदेखि झन्डै १ खर्ब रुपैयाँ बजेट थन्किएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार हाल विभिन्न सरकारी निकाय अन्तर्गत ५९ वटा कोष छन्। ती कोषमा कुल ९२ अर्ब ८२ करोड रुपैयाँ मौज्दात छ।

विभिन्न कोषमा लामो समयदेखि अर्बौं रुपैयाँ निस्क्रिय रहँदा सरकारले ती कोष परिचालनमा ध्यान दिन सकेको छैन।

सरकारी  कार्यालयतर्फ २३  निकायअन्तर्गत झन्डै पाँच दर्जन कोषमा आर्थिक वर्ष (आव) २०७३/७४ मा मात्रै १ अर्ब ८९ करोड ६४ लाख ८० हजार रुपैयाँ आम्दानी भएको थियो।

बर्सेनि ठूलो मात्रामा रकम थपिने यस्ता कोषमा आम्दानी भए बमोजिम खर्च नगरिँदा झन्डै १ खर्ब रकम निस्क्रिय बसेको हो। 

कुन कोषमा कति?

महालेखा परीक्षकको कार्यालयका अनुसार अहिले सबैभन्दा धेरै रकम सैनिक कल्याणकारी कोषमा छ। आव ०७३/७४ सम्ममा उक्त कोषमा ३९ अर्ब ६१ करोड रुपैयाँ मौज्दात छ। त्यस्तै, पुनर्निर्माण प्राधिकरण कोषमा २८ अर्ब २८ करोड रुपैयाँ मौज्दात छ। सैनिक कल्याणकारी कोष रक्षा मन्त्रालय अन्तर्गत पर्छ भने पुनर्निर्माण प्राधिकरण कोष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत छ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रियस्तरको कल्याणकारी कोषमा १३ अर्ब २२ करोड रुपैयाँ मौज्दात छ। सोही मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार प्रवर्धन बोर्ड कोषमा ४ अर्ब ३ करोड र प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा २ अर्ब १७ करोड रुपैयाँ जगेडा छ।

मन्त्रालयगत कोषको अवस्था

Ncell 2
Ncell 2
nimb
nimb

स्थापना गरियो, बनाइएन कार्यविधि

सरकारले कुनै पनि कोष स्थापना गर्दा निश्चित उद्देश्य राखेको हुन्छ। जस्तो १२ वैशाख ०७२ मा भूकम्प गएलगत्तै क्षतिको पुनस्र्थापनाका लागि भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ मा पुनर्निर्माण कोषको व्यवस्था गरियो। कोषमा रकम जम्मा गर्ने र त्यसैमार्फत खर्च गर्ने योजनासहित सरकारले यो कोष स्थापना गरेको थियो।

सुरुको वर्ष उक्त कोषमा २८ अर्ब रुपैयाँ रकम जम्मा भयो, तर त्यसयता कोषमा रकम जम्मा गर्नै छाडियो। पछिल्लो समय नियमित बजेटबाटै पुनर्निर्माणका गतिविधिमा रकम विनियोजन र खर्च गरिँदै आएको छ, उक्त कोषको रकम चलाइएको छैन। कोष सञ्चालनको कार्यविधि निर्माणमा अनेकौं किचलो भएपछि दुई वर्षदेखि कोष निस्क्रिय छ।

Xtrem

Xtrem

यस्तै, सरकारले पेट्रोलियम पदार्थको प्रयोगबाट निम्तिने वातावरण प्रदुषण न्यूनीकरणका लागि उपभोक्ताबाट प्रदूषण कर असुल गर्छ, पेट्रोल र डिजेलमा प्रतिलिटर ५० पैसाका दरले। यो व्यवस्था अहिले पनि छ। उक्त शीर्षकमा मासिक साढे ६ करोड रुपैयाँभन्दा बढी संकलन हुन्छ। २० वर्षदेखि यो शीर्षकमा कर संकलन भइरहेको छ। हालसम्म यो शीर्षकमा करिब १० अर्ब रुपैयाँभन्दा बढी कर संकलन भइसकेको छ।

वातावरण संरक्षण ऐन, २०५३ मा त्यसका लागि कोष खडा गरेर उक्त कोषमा कर दाखिला गर्ने व्यवस्था छ। उक्त कोषमा सरकार र गैरसरकारी संस्थाले रकम राख्न सक्ने व्यवस्था छ। कोषमा जम्मा भएको रकम परिचालन गर्न छुट्टै कार्यविधि आवश्यक छ, तर त्यस्तो कार्यविधि बनाइएको छैन।

प्रदुषण शुल्कको उक्त रकमलाई पछिल्ला वर्ष राजस्वको प्रमुख स्रोतका रुपमा हेरियो, रकम राजस्व शीर्षकबाट सिधै सञ्चित कोषमा जम्मा गर्न थालियो।

निश्चित  उद्देश्य  राखी  कोष  स्थापना  गरी  रकम  जम्मा गरे पनि कार्यविधि  नबनाइँदा सांसद विकास कोष,  शान्ति  कोष, प्रविधि विकास कोष,  नयाँ  निर्माण कोष,  छात्रा  शिक्षा  कोष, सूचना विभाग कार्य सञ्चालन कोष लगायत निस्क्रिय छन्। तीनमा ५३ करोड २८ लाख रुपैयाँ जगेडा बसेको छ।

अर्थ मन्त्रालयले ३० साउन ०६५ मा कुनै  पनि  निकाय अन्र्तगत  कार्य  सञ्चालन  कोष  रहेको खण्डमा त्यस्तो कोष बन्द  गरी विनियोजन ऐनबमोजिम खर्च गर्नुपर्ने निर्णय गरेको थियो। तर, यस्ता कोष अझै पनि विभिन्न मन्त्रालय र निकाय अन्तर्गत सञ्चालनमै छन्।

ठूला रकम रहेका यी कोषबाहेक अन्यमा पनि यस्तो रकम जोहो गरिएको छ, जसको एकीकृत लेखा सरकारी कोषमा छैन।

न सञ्चालन, न खारेजी

सरकारी खाताको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालय नै अहिले सरकारका विभिन्न कोषमा कति रकम छ भन्ने अन्योलमा छ। ‘विभिन्न ऐन, नियम, विनियमबाट कोष सञ्चालन भएका हुन्छन्, सामान्य ४–५ लाख रुपैयाँसम्मका पनि यस्ता कोष हुन्छन्,’ उपमहालेखा नियन्त्रक यदुनाथ भट्टराई भन्छन्, ‘विभिन्न मन्त्रालयसँग माग्दा पनि हामीलाई यसको विवरण प्राप्त भएको छैन।’

कार्यालयका अनुसार जुन कानुनी व्यवस्था अन्तर्गत कोष सञ्चालन भएका छन्, सोहीमार्फत नै खारेजी गर्नुपर्छ। तर, त्यसका लागि लामो प्रक्रिया हुने भएकाले खारेज गरिएका छैनन्। उद्देश्य बेगरका काममा खर्च गर्न नपाइने र फ्रिज पनि नहुने हुँदा कोषका रकम त्यत्तिकै थन्किएका हुन्।

पछिल्लो समय अर्थ मन्त्रालयले पुनर्निर्माण कोष खारेज गर्ने प्रक्रिया भने अघि बढाएको छ।

सरकारले सञ्चित कोषबाहेक तत्कालीन ऐन, कानुन, कार्यविधिमा भएको व्यवस्था अनुसार स्थापना गरिएका कोषहरू खारेज गर्ने नीति लिएको छ। सोही बमोजिम केही समयअघि अर्थ मन्त्रालयले संविधान जारी हुनुभन्दा पहिले खडा गरिएका कोष र त्यहाँ जम्मा भएको रकमको विवरण महालेखा नियन्त्रकसँग माग गरेको थियो।

सरकारी ढुकुटीमा खर्च गर्ने रकमको कमी भएपछि चालू बजेटमा रहेको घाटा पूर्ति गर्न अर्थ मन्त्रालयले कोषमा रहेको रकम परिचालन गर्ने भन्दै त्यसको तयारी अघि बढाएको थियो। अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो पद बहालीका क्रममा विभिन्न कोषमा रहेको रकम परिचालन गर्नुपर्ने भन्दै ठूलो रकम रहेको पुनर्निर्माण कोष चलाउने बताएका थिए।

महालेखा परीक्षक कार्यालयका सचिव रामु डोटेल न्यून उपयोग हुने तथा उपयोग नै नहुने कोषको प्रकृति अनुसार कानुनी व्यवस्था संशोधन गरेर खारेज गर्नु उचित हुने बताउँछन्। ‘कतिपय कोषमा आम्दानी हुने रकम राजस्व खातामा जम्मा गर्ने र हिसाब देखाउने पनि गरिएका छन्। यसमार्फत् पनि कोषको रकमलाई परिचालन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘तर, सबै कोषका हकमा यो लागू नहुन सक्छ।’

प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ००:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्