• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अख्तियारका आयुक्तहरुको योग्यता विवाद : अवकाश पाउँदासम्म सर्वोच्च अदालतमा दोस्रो सुनुवाइको पालो आएन

64x64
नेपाल लाइभ सोमबार, असार ४, २०७५  ११:१५
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तहरुको योग्यतालाई चुनौती दिँदै दायर भएको मुद्दाले आज पनि पालो पाएन। सर्वोच्च अदालतमा डेढ वर्षदेखि पेशी चढ्दै थन्कँदै गरेको मुद्दाको आज पनि सुनुवाइ भएन।

लिखित जवाफ मागेको एक वर्ष बितिसक्दा समेत संयुक्त इजलासमा पेशी चढेर सुनुवाइ हुने पालो उक्त मुद्दाले पाएको छैन। मुद्दा दायर भएका एक आयुक्तले उमेर हदका कारण पदबाट अवकाश पाउँदासमेत मुद्दाको दोस्रो सुनुवाइ हुन सकेको छैन। 

सोमबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र प्रकाशमानसिंह राउतको इजलासमा पेशी तोकिएको थियो। सुनुवाइको दोस्रो नम्बरमा उक्त मुद्दा भए पनि न्यायाधीशले हेर्न नमिल्ने भएपछि अर्को मितिका लागि पेशी सरेको हो। अर्को पेशी करिब २ महिना पछिलाई तोकिनेछ। 

२०७३ मंसिर ५ गते पहिलो सुनुवाइ भएको उक्त मुद्दामा एक वर्ष ६ महिना नाघे पनि दोस्रो सुनुवाइ हुन नसकेको हो। आयुक्त हुनका लागि संविधानले तोकेको आवश्यक योग्यता नपुगेको भनी विपक्षी बनाइएका मध्ये एक आयुक्त दीपकुमार बस्नेतले गत माघ २९ गते पदवाट अवकाश पाइसकेका छन्। प्रमुख आयुक्तको जिम्मेवारीसमेत सम्हालेका उनले मुद्दाको दोस्रो सुनुवाइ नहुँदै पदबाट अवकाश पाएका हुन्। 

अन्य आयुक्तहरु पनि अवकाश पाउने मिति नजिकिँदै गर्दासम्म उक्त मुद्दा हेर्न नमिल्ने र पक्षका कानुन व्यवसायीले निवेदन दिएर सार्दै आएका छन्। 

संविधानले तोकेको योग्यता नपुगेकाले अख्तियारका आयुक्तहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै अधिवक्ता दक्षबहादुर क्षेत्रीले २०७३ मंसिर १ गते रिट दायर गरेका थिए। उक्त रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मंसिर ५ गते कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा झिकाएकी थिइन्। तर १७ महिनासम्म उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा बहस नै हुन पाएको छैन। 

मुद्दाका विपक्षीहरुले हालसम्म ५ पटक पेशी स्थगित गराएका छन्। निवेदकले एक पटक र अदालतको तर्फबाट ३ पटक पेशी सारिएको छ। उक्त मुद्दा ८ पटक संयुक्त इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेन। १६ न्यायाधीशको इजलाशमा पेशी परे पनि दीपकराज जोशी र शारदाप्रसाद घिमिरेको इजलासमा पेशी परेको थियो। तर घिमिरेले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि उक्त सुनुवाइ फेरि अर्को मितिसम्मका लागि सरेको हो। 

सर्वोच्च अदालत नियमावलीमा पक्षका कानुन व्यवसायीहरुले २ पटकमात्र मुद्दा सार्न निवेदन दिने पाउने व्यवस्था छ। तर ५ पटकसम्म उनीहरुको निवेदनलाई स्वीकार गर्दै सुनुवाइको सूचीमा रहेको मुद्दाको पेशी हटाउँदै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

योग्यताको प्रश्न उठेका मध्ये ३ आयुक्तहरु मात्र हाल अख्तियारमा कार्यरत छन्। कार्यवाहक प्रमुख आयुक्त रहेका नवीन घिमिरे करिब साढे २ वर्ष तथा गणेशराज जोशी र सावित्री थापा गुरुङको ३ वर्ष पदावधि कायम छ। २०७१ चैत १९ गते सरकारले उनीहरुलाई अख्तियारको आयुक्त पदमा नियुक्त गरेको थियो। उनीहरुले उक्त पदमा ३ वर्ष बिताइसकेका छन्।  

अदालतले पूर्वप्रधानन्यायाधीश संलग्न संवैधानिक परिषद् लगायतका निकायलाई आयोगमा ४ जना आयुक्त नियुक्तिका विषयमा सिफारिस सहितको कारण पेस गर्न आदेश दिएको थियो। 

राष्ट्रपति कार्यालय, परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अख्तियारमा नियुक्त आयुक्तसँग कारणसहितको जवाफ मागिएको थियो। सबै निकायबाट जवाफ आई मुद्दा फैसलाको लागि अंग पुगे पनि सुनुवाइ हुन सकेको छैन। 

उनीहरुको नियुक्ति हुँदा संवैधानिक परिषद्मा तत्कालीन प्रधानमन्त्री एवं परिषद् अध्यक्ष सुशील कोइराला, सदस्यहरू तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, सभामुख सुवासचन्द्र नेम्वाङ, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह सदस्य थिए। परिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति डा रामवरण यादवबाट नियुक्ति भई उनीहरूले प्रमुख आयुक्त लोकमानसिंह कार्कीबाट पद तथा गोपनीयताको सपथ लिएका थिए। कार्की यसअघि नै सर्वोच्च अदालतको फैसलामा अयोग्य ठहर हुँदै अख्तियारबाट बाहिरिएका थिए। 

Xtrem

Xtrem

४ जना आयुक्त नियुक्ति हुँदा कायम रहेको अन्तरिम संविधान २०६३ को धारा ११९ (५) (ग) ले तोकेको योग्यता नपुग्ने दाबी निवेदकको थियो। उक्त धारामा उल्लेख भए अनुरूप प्रमुख आयुक्त र आयुक्त हुनका लागि अन्य सर्तसँगै लेखा, राजस्व, इन्जिनियरिङ, कानुन विकास वा अनुसन्धानका क्षेत्रमा कम्तीमा २० वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको व्यक्ति योग्य हुने उल्लेख छ।

राष्ट्रपतिले चारै जना आयुक्त परिषद्को सिफारिसमा चैत १९ मा अख्तियारमा नियुक्त गरेका थिए। यसअघि अख्तियार प्रमुख कार्कीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुनरावलोकन निवेदनमा फैसला हुँदा लोकमानसिंह कार्की अयोग्य ठहर भएका थिए।

प्रकाशित मिति: सोमबार, असार ४, २०७५  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्