• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

स्थानीय सरकारहरु निर्णय गर्दै, सर्वोच्च अदालत उल्टाउँदै

64x64
नेपाल लाइभ सोमबार, असार ४, २०७५  ००:४०
1140x725

काठमाडौं– 
• बाग्लुङको बुर्तिवाङस्थित उत्तरगंगा माविका तत्कालीन प्रधानाध्यापक धनबहादुर कुँवरले उमेरहदका कारण अनिवार्य अवकास पाएपछि गत मंसिर ११ गतेदेखि शिक्षक निमबहादुर जिसी (नविन) ले निमित्त प्रअको जिम्मेवारी सम्हाल्दै आएका थिए। यसै क्रममा कानुन बनाएर शिक्षामा काम गर्न पाउने संविधानको नयाँ व्यवस्था भन्दै ढोरपाटन नगरपालिकाले विद्यालय व्यवस्थापन समितिमा हस्तक्षेप गर्‍यो। 

विद्यालय र विद्यालय व्यवस्थापन समितिको विवादका बीच नगर कार्यपालिकाको बहुमतले चैत २ गते विद्यालयका निमित्त प्रधानाध्यापकमा शिक्षक ईश्वरीप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय गर्‍यो।

सो नियुक्ति विरुद्ध व्यवस्थापन समितिका अध्यक्ष चुडाबहादुर कुँवरले सर्वोच्च अदालतमा मुद्दा दायर गरे। उक्त मुद्दामा पहिलो सुनुवाइमै सर्वोच्चले अन्तरिम आदेश जारी गर्‍यो। बैसाख २१ गते सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नेपाल सरकारले मात्र नियम बनाउन सक्ने व्यवस्था रहेकाले नगरपालिकाले बनाएको नियमावली मान्य नहुने आदेश गर्‍यो। 

संविधानमा शिक्षा सम्बन्धी कानुन बनाएर माध्यमिक तहसम्मको व्यवस्थापन लगायत कार्य पाउने अधिकार स्थानीय सरकारलाई दिएको भए पनि नियम बनाएर गर्ने अधिकार नभएकाले उक्त कार्य कानुन विपरीत भएको सर्वोच्चको आदेशमा उल्लेख छ।

• स्याङ्जाको चापाकोट नगरपालिकाले गत चैतमा जनप्रतिनिधि, शिक्षक र कर्मचारीका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने कार्यविधि जारी गर्‍यो।  

उक्त कार्यविधि निर्माण भएपछि सोही नगरपालिकाको वडा नम्बर ९ मा कार्यरत शान्ति आचार्यका श्रीमान् डिल्ली आचार्यले नगरपालिकाको उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा मुद्दा दायर गरे। विभिन्न स्थानीय तहले जनप्रतिनिधि र शिक्षक कर्मचारीहरुले सामुदायिक विद्यालयमा नै आफ्ना छोराछोरी भर्ना गर्नुपर्ने भनी निर्णय गरिरहेका बेला दायर भएको उक्त निवेदनमा सर्वोच्चले पहिलो सुनुवाइमै उक्त निर्णयमा रोक लगाउने आदेश जारी गर्‍यो। 

अदालतले जनप्रतिनिधि भएकै भरमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गैरकानुनी भएको बतायो। कामु प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासले उक्त निर्णयमा रोक लगाउने आदेश गरेसँगै अन्य नगरपालिकाले पनि यस्तो निर्णय गर्न रोक लाग्यो। 

• सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकाले शिक्षा सम्बन्धी ऐन नै निर्माण नगरी शिक्षक सरुवा गर्ने निर्णय गर्‍यो। एक विद्यालयबाट अर्को विद्यालयमा खटाउने भनी गाउँपालिकाको निर्णय विरुद्ध हरिदेवप्रसाद सुवेदी जेठ ७ गते सर्वोच्च पुगे। सर्वोच्चले ८ गते गाउँ शिक्षा समितिको निर्णय गैरकानुनी भएको भन्दै कार्यान्वयनमा रोक लगाउने आदेश गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले कानुन बनाएर गर्नुपर्ने काम समितिकै निर्णयको आधारमा गर्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी गर्‍यो। 

स्थानीय निकायहरु सरकार भएर गरेका निर्णय सर्वोच्च आएर रोक लागेका यी केही प्रतिनिधि घटना हुन्। स्थानीय कर लिने, शिक्षक सरुवा गर्ने र आफूखुसी केन्द्र निर्धारण गर्ने सम्बन्धी केही मुद्दा सर्वोच्च आएर रोक लागेका छन्। स्थानीय निकायहरु सरकार भएसँगै संविधानले कानुन बनाएर लागू गर्ने अधिकार पाए पनि कानुन नबनाई कार्यविधि र नियमको आधारमा निर्णय गर्दा सर्वोच्चले रोक लगाएको देखिन्छ। 

संवैधानिक कानुनका ज्ञाता अधिवक्ता चन्द्रकान्त ज्ञवाली ऐन, नियम र कार्यविधि बनाउनुपर्नेमा स्थानीय सरकारले नमूना कानुनका आधारमा अघि बढेकाले निर्णय उल्टिएको बताउँछन्।  

‘यो स्थानीय सरकारको ढंग नपुगेर भएको देखिन्छ, यो स्थानीय सरकारलाई सिक्ने मौका हो’, ज्ञवालीले भने।

Xtrem

Xtrem

राजस्व संकलन गर्ने लगायत कुरामा स्थानीय सरकारले कानुन बनाएर उठाउन सक्ने र कानुन बनाएमा संघीय सरकार र अर्थमन्त्रालयले खोस्न नसक्ने ज्ञवालीले सुझाव दिए। 

स्थानीय शासनविद् कृष्णप्रसाद सापकोटाले स्थानीय तह सिक्दै गरेको अवस्थामा भएकाले सर्वोच्च अलि उदार हुनुपर्ने बताए। 

‘स्थानीय सरकारहरु भर्खर गठन भएका छन्, उनीहरुसँग विज्ञ जनशक्ति छैन', सापकोटाले भने, ‘यो कुरा अदालतले बुझेर सुधार गर्ने मौका दिनुपर्छ।’ 

स्थानीय तह पुन:संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले कानुन बनाएर काम गर्नुपर्नेमा कार्यविधि वा नमूना कानुनको आधारमा अघि बढ्दा सर्वोच्चले रोक लगाउनुपरेको बताए। 

‘यो स्थानीय सरकारका लागि सिक्ने मौका हो’, पौडेलले भने, ‘कानुन बनाएर मात्र शिक्षा सम्बन्धी अधिकार र अन्य अधिकार प्रयोग गर्न पाइने कुरा सिक्ने मौका अदालतको आदेशले दिएको छ।’ 

हाल अन्तरिम आदेश मात्र जारी गरेकाले सर्वोच्चले समयमै सचेत हुने मौका स्थानीय सरकारलाई दिएको मान्नुपर्ने पौडेलले बताए।

प्रकाशित मिति: सोमबार, असार ४, २०७५  ००:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्