• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुध्रिएन खर्च प्रणाली : बजेट सक्न दैनिक १४ अर्ब खर्च गर्नुपर्ने

64x64
नेपाल लाइभ आइतबार, असार ३, २०७५  ०९:२८
1140x725

काठमाडौं– आर्थिक वर्षको अन्तिम महिनामा बजेट सक्नुपर्ने चटारो साविकझैं यस वर्ष पनि दोहोरिएको छ। सरकारी खर्चको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७४/७५ मा विनियोजित बजेट सक्न अब दैनिक करिब १४ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ।

कार्यालयका अनुसार चालू आवको ११ महिना (२ असारसम्म) मा ८ खर्ब ६३ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ। यो चालू आवमा कुल विनियोजित बजेटको ६७ दशमलब ४८ प्रतिशत हो। चालू आवमा सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

चालू आवको ११ महिनामा भएको यो तथ्यांक हेर्दा अबको ३० दिनमा ४ खर्ब १५ अर्ब ८८ लाख रुपैयाँ खर्च गर्नुपर्छ। आर्थिक वर्षको यो अन्तिम महिनामा खर्च गर्नुपर्ने बजेट हिसाब गर्दा अब सरकारले प्रत्येक दिन १३ अर्ब ८६ करोड २७ लाख रुपैयाँ खर्च गर्नुपर्छ।

११ महिनामा विकास खर्च आधा मात्रै

समग्र बजेट खर्च निरासाजनक त छँदैछ, सरकारले ३ शीर्षकमा विनियोजन गर्ने वार्षिक बजेटमध्ये विकास खर्चको अवस्था थप नाजुक छ। कार्यालयका अनुसार असार २ सम्ममा ४८ दशमलब ५७ प्रतिशतमात्र पुँजीगत बजेट खर्च भएको छ। चालू आवमा पुँजीगततर्फ विनियोजित कुल ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँमध्ये १ खर्ब ६२ अर्ब ८९ करोड रुपैयाँ मात्र खर्च भएको छ। विकास खर्चका रुपमा लिइने यो शीर्षकको बजेट सबैभन्दा कम खर्च भएको छ।

त्यस्तै, चालूतर्फ हालसम्म ६ खर्ब २२ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ। यो खर्च चालू आवको बजेटको शीर्षकमा विनियोजित ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँको ७७ दशमलब ५२ प्रतिशत हो।

यसैगरी, चालू आवमा विनियोजित वित्तीय व्यवस्थापनतर्फको बजेट ५५ दशमलब १९ प्रतिशतमात्र खर्च भएको छ। चालू आवमा यो शीर्षकमा १ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएकामा ७७ अर्ब ४२ करोड रुपैयाँमात्र खर्च भएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २ सम्म बजेट घाटा २ खर्ब ३२ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

राजस्वको लक्ष्य पनि भेट्न मुस्किल

यसैगरी, चालू आवमा हालसम्म भएको राजश्व असुलीको हिसाब गर्दा सरकारले लिएको राजस्व लक्ष्य भेट्न मुस्किल हुने देखिन्छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २ सम्म ६ खर्ब ३१ अर्ब ९ करोड रुपैयाँ राजस्व असुल भएको छ। राजस्व लक्ष्य भेट्न अबको ३० दिनमा सरकारले ९९ अर्ब ४ करोड रुपैयाँ असुली गर्नुपर्ने देखिन्छ। यो चालू आवमा सरकारले लिएको कुल राजस्व असुलीको ८६ दशमलब ४३ प्रतिशत हो। सरकारले चालू आवमा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको थियो।

लक्ष्य भेट्न अबको ३० दिनमा सरकारले दैनिक ३ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने देखिन्छ। जुन दैनिक औसत असुलीभन्दा धेरै माथि हो।

सुधार प्रयासले पनि गरेन काम

Xtrem

Xtrem

बजेट खर्च नहुने प्रवृत्ति सुधार्न सरकारले जेठ १५ मा नै बजेट ल्याउन थालेको २ वर्ष भएको छ। यो व्यवस्थाले नयाँ आवको बजेट अघिल्लो आवमै पारित हुँदै आएको छ।

डेढ महिनाअघि नै बजेट कार्यान्वयनसम्बन्धी मार्गनिर्देशन पठाएर आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट कार्यान्वयनको बाटो सरकारले खोलिदिएको छ। 

सरकारले खर्च गर्नका लागि छुट्टै अख्तियारी पठाइरहन नपर्ने, आर्थिक वर्ष सुरु भएको पहिलो दिनदेखि नै अधिकारप्राप्त अधिकारीलाई बजेट खर्च गर्ने अख्तियारी हुने र त्यसअनुसार मातहतका निकायलाई विनियोजित रकम निकासा दिन सक्ने कानुनी व्यवस्था छ। यसका बाबजुद बजेट खर्च सन्तोषजनक देखिन सकेको छैन।

सार्वजनिक खरिदमा देखिएको विकृति न्यूनीकरणका लागि सरकारले साउनभित्रै नयाँ आयोजना तथा कार्यक्रमको त्रैमासिक विभाजन सहितको वार्षिक खरिद योजना तयार गरी स्वीकृत गरिसक्नुपर्ने र नयाँका हकमा पनि सोही अवधिभित्र आयोजना कार्यालय स्थापना गरिसक्नुपर्ने सरकारले व्यवस्था गरेको छ।

आर्थिक वर्षको फागुनसम्म स्वीकृत नभएका कार्यक्रमको बजेट ‘सरेन्डर’ गरी ढुकुटीमा ल्याउने अभ्यास पनि अवलम्बन गरिएको छ। 

बजेट कार्यान्वयनका लागि समयतालिका सार्वजनिक गर्दै सरकारले गत साउनमा बजेटमा स्वीकृत कार्यक्रमहरू असोज मसान्तसम्म ठेक्का सम्झौता गरिसक्नुपर्ने व्यवस्था छ। नीति–नियममा कडाइ हुँदा पनि आर्थिक वर्षको अन्तिम महिनामा खर्च गर्ने परिपाटीको अन्त्य भएको छैन। 

कानुन विपरीत

एक अध्ययन अनुसार विनियोजित बजेट असारमा मात्रै औसतमा ३५ देखि ५० प्रतिशतसम्म खर्च हुनेगरेको छ। यो परिपाटी कानुनी व्यवस्था विपरीत हो। आर्थिक कार्यविधि निर्देशिकामा आर्थिक वर्षको अन्तिम महिनामा कुल बजेटको २० प्रतिशतभन्दा बढी रकम खर्च गर्न नपाइने व्यवस्था छ। 

विगतदेखिकै खर्च शृंखला हेर्ने हो भने बजेट सक्ने मामिलामा यो व्यवस्थाको उल्लंघन हुँदै आएको छ।

प्रकाशित मिति: आइतबार, असार ३, २०७५  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्