काठमाडौं– बलिउड अभिनेत्री अनुष्का शेट्टीलाई जन्मदिनको अवसरमा फिल्म 'गिफ्ट' प्राप्त भएको छ। आइतबार परेको उनको जन्मदिनको अवसरमा शेट्टीलाई फिल्म निर्माण कम्पनी ‘राधे श्याम के मेकर्स’ले उनलाई नयाँ फिल्म गिफ्टस्वरुप दिएको हो। शेट्टी आइतबार ४० वर्ष पुगेकी छिन्।
कम्पनीले अनुष्कालाई अभिनेत्रीको रुपमा राखेर फिल्म निर्माण गर्न लागेको छ। युवी क्रिएसनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा शेट्टीले काम गर्न लागेकी हुन्। महेश बाबु पीको निर्देशनमा बन्न लागेको फिल्मको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। फिल्मलाई भारतमा बोलिने थुप्रै भाषामा निर्माण गरिने बताइएको छ।
अभिनेत्री शेट्टीले आफ्नो इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै नयाँ फिल्ममा आफूले अभिनय गर्न लागेको पक्का गरेकी छिन्। फिल्मको छायांकन छिट्टै सुरु हुने बताइएको छ।
सन २००५ देखि तमिल र तेलेगु फिल्ममा अभिनय सुरु गरेकी शेट्टी ‘बाहुबली’मार्फत् चर्चामा आएकी थिइन्। पछिल्लो पटक उनी ‘निशाबधाम’ र ‘शाहो’जस्ता फिल्ममा देखिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।