काठमाडौं– संयुक्त नियमावली पारित गर्न आज संघीय संसदको दुबै सदनको संयुक्त वैठक बस्दै छ।
सरकारको सिफारिसमा बुधबार नै राष्ट्रपति विद्यादेवि भण्डारीले संयुक्त बैठक आह्वान गरेकी थिइन्। यसअघि बोलाइएको बैठकको सूचना नपाएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेपछि पुनः आइतबारका लागि बैठक बोलाइएको हो।
संघीय संसदको संयुक्त सदन सञ्चालन सम्बन्धी नियमावली पारित गर्न आज ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दैछ। बैठकमा संयुक्त सदनको नियमावली पेश हुनेछ।
सत्तारुढ दल र प्रतिपक्षले सहमति गरी प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली बहुमतले छुट्टाछुट्टै पारित भइसकेको छ। फौजदारी अभियोग लागेका सांसद थुनामा रहेपनि निलम्बन नहुने व्यवस्थासहित पारित भएकोमा भने विरोध भइरहेको छ।
संयुक्त सदनवाट विधेयक पारित भएपछि साझा समिति गठनको लागि बाटो खुल्नेछ। संसदीय सुनुवाइ र अनुगमन तथा मूल्यांकन विशेष समिति साझा समितिमा छन्। त्यस्तै महाअभियोग समिति दुवै सदनमा हुने समिति हो।
संघीय संसदमा कुल १६ वटा समिति छन्। संसदीय समिति नहुँदा संवैधानिक निकायमा सिफारिस हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।