काठमाडौं– वित्तिय अपराधमा संलग्न भइ चीनमा फरार रहेकी एक युवतीलाई पक्राउ गरी अध्यागमन विभागले निष्काशन गरेको छ। झोङ छु नायक युवतीलाई शुक्रबार चीनमा निष्काशन गरिएको हो।
इ २८७७६४४५ नम्बरको पासपोर्टमा उनी उनी गत पुस १९ गते नेपाल आएकी थिइन्। अपराधमा संलग्न भइ फरार रहेकाले उनको पासपोर्ट चीन सरकारले रद्द गरेको थियो। नेपालमा आएको थाहा पाएपछि पक्राउ गर्न इन्टरपोलमार्फत पत्राचार भएको थियो।
सोही अनुसार उनलाई नेपाल प्रहरीको इन्टरपोल शाखाले पक्राउ गरी अध्यागमन विभागमा पठाएको हो। उनलाई विभागले ओभर स्टे बापत ३ हजार रुपैयाँ जरिवाना गरी चीन निष्काशन गरेको हो।
चीनमा उनले करोडौं हिनामिना गरेको लुक्न नेपाल आएको स्रोत बताउँछ। २ महिनाअघि पनि एक चिनियाँलाई पक्राउ गरी निष्काशन गरिएको थियो।
नेपालमा पर्यटकहरुमाथि नियमनको प्रणाली नहुँदा कतिपय विदेशीहरु पर्यटकको आवरणमा अपराध गरेर लुक्न नेपाल आउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।