• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अनुदानमा आश्रित कर्णालीको बजेट

64x64
नेपाल लाइभ शनिबार, असार २, २०७५  ०९:४१
1140x725

सुर्खेत– कर्णाली प्रदेश आर्थिक र सामाजिक परिसूचकमा राष्ट्रिय रुपमा औसतभन्दा न्यून मात्र होइन, कूल ग्रार्हस्थ उत्पादनको योगदानमा समेत निकै पछाडि छ। कूल ग्रार्हस्थ उत्पादनमा कर्णालीको योगदान ३.९ प्रतिशत मात्र छ।

आन्तरिक राजस्व संकलनमा निकै कमजोर रहेको कर्णालीले अनुदानमा आश्रित बजेट ल्याएको छ। आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट संसदमा प्रस्तुत गरेको छ। जुन पूर्णतया अनुदानमा निर्भर छ। 

बजेट विवरण-
कूल बजेट : २८ अर्ब २८ करोड २८ लाख २८ हजार 
चालूतर्फ : ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार 
पुँजीगततर्फ : २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार 
स्थानीय तहलाई अनुदान : ४० करोड

दाताको आस, नपुगे ऋण

दक्षिणी छिमेकी मुलुक भारतसँग कर्णालीको सीमा जोडिँदैन। उत्तरी छिमेकी चीनसँगका नाका सञ्चालनमा छैनन्। कर्णालीमा पर्याप्त औद्योगिक विकास पनि छैन। प्रदेशमा न भन्सार नाका छ, न त ठूला उद्योग र कलकारखाना। आम्दानीको स्रोत निकै कमजोर हुँदाहुँदै पनि कर्णाली प्रदेश सरकारले ठूलो आकारको बजेट ल्याएको छ।

संघीय सरकारले दिने अनुदान, दाताहरुबाट प्राप्त हुनसक्ने विशेष अनुदान र आन्तरिक ऋण नै कर्णालीको स्रोत व्यवस्थापनका आधार हुन्। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटले पनि यही संकेत गर्छ।

आगामी वर्षको बजेटको स्रोत–

आन्तरिक राजस्वबाट : ५० करोड
चालू वर्षमा खर्च हुन नसकेर बाँकी रहेको : ५० करोड
राजस्व बाडफाँटबाट प्राप्त अनुदान : ५ अर्ब ५१ करोड ६६ लाख
वित्तीय समानीकरण अनुदानबाट प्राप्त : ९ अर्ब १३ करोड १४ लाख 
सशर्त अनुदानबाट प्राप्त : ६ अर्ब ६३ करोड ४१ लाख ५० हजार
विशेष अनुदान : ५ अर्ब (अनुमानित)
आन्तरिक ऋण : एक अर्ब

Ncell 2
Ncell 2
nimb
nimb

एकातर्फ राजस्व संकलनको अवस्था निकै न्यून छ भने अर्कोतर्फ विकासको दृष्टिले सबैभन्दा पछाडि परेको यस प्रदेशका नागरिकमा विकासको तीव्र आकांक्षालाई सम्बोधन गर्नुपर्ने चुनौती सरकारसामु छ। यही चुनौतीका कारण सरकारले ‘घाटा बजेट’ ल्याउनुपरेको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए। 

बजेटमा ५ अर्ब विशेष अनुदान स्वरुप प्राप्त हुने अनुमान सरकारले गरेको छ। जुन दाताहरुमा आश्रित छ। वास्तविक बजेटभन्दा ६ अर्बभन्दा बढीको बजेट बनाउनुको आधार पनि विदेशी विकास साझेदारहरुबाट विशेष अनुदान प्राप्त गर्ने आशा भएको मन्त्री ज्वाला बताउँछन्। यसका लागि सरकारले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने, कर्णाली विकास साझेदार मञ्च गठन गर्ने लगायतका रणनीति बनाएको छ। 

‘कर्णालीको राजस्व संकलनको अवस्था निकै कमजोर छ’, मन्त्री ज्वालाले भने, ‘अनुदानकै भरमा बजेट निर्माण गर्नुपर्ने बाध्यता छ।’ 

मन्त्री ज्वालाले कर्णालीमा विदेशी विकास साझेदारहरू लगानी गर्न इच्छुक रहेको बताए। 

Xtrem

Xtrem

‘कर्णालीमा लगानी गर्न विदेशी विकास साझेदारहरु पनि इच्छुक देखिएका छन्, त्यसैले उनीहरूबाट पनि प्राप्त हुन सक्ने अनुदान सहयोगलाई समेत आकलन गरेर बजेट निर्माण गरेका छौं’ ज्वालाले भने। 

अहिले ल्याइएको बजेटको स्रोत व्यवस्थापनका लागि ५ अर्ब रुपैयाँ दाताहरुबाट आउने आस गरिएको छ भने नपुगेमा प्रदेश सरकारले आन्तरिक ऋण लिने जनाइएको छ।

सरकारले आन्तरिक स्रोत वृद्धिलाई पनि प्राथमिकतामा राखेको छ। आन्तरिक आम्दानीको स्रोत वृद्धिका लागि ‘करदाता मैत्री कर प्रशासन’ भन्ने नाराका साथ स्वेच्छिक कर प्रणालीलाई प्रोत्साहन गरिने सरकारले जनाएको छ। सरकारलाई बढी कर तिर्ने संस्था र व्यक्तिलाई सम्मानस्वरुप कदरपत्र प्रदान गर्ने रणनीति पनि सरकारले अघि सारेको छ। 

यस्तो छ, कर कर्णाली व्यवस्थित गर्ने योजना:

क) सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई राजस्वको आधार फराकिलो बनाउने,
(ख) आर्थिक क्रियाकलापको विस्तारमा सहयोग पुग्नेगरी कर प्रणालीलाई लगानीमैत्री बनाई उत्पादनमूलक उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्ने,
(ग) करको संरचना र करका दरहरूमा समयसापेक्ष सुधार गरी कर प्रणालीलाई थप प्रगतिशील र समन्यायिक बनाउने,
(घ) कर कानुनको पालनामा जोड दिँदै करछली तथा चुहावट नियन्त्रण गर्ने,
(ङ) गैरकर राजस्वको क्षेत्र विस्तार एवं करका दरहरूलाई समायोजन गरी राजस्व वृद्धि गर्ने।
(च) प्रदेशमा करका क्षेत्र पहिचान गरी प्रादेशिक कर कानुनको उपयुक्त व्यवस्था गर्ने र छरितो कर प्रशासनिक संरचना मार्फत कर तथा गैर कर असुली तथा संकलन कार्य प्रभावकारी बनाउने। 
(छ) कर प्रशासनलाई चुस्त, छरितो र लागत प्रभावी बनाउने। प्रदेशको आफ्नै संरचना स्थापना नभएसम्म संघीय सरकार तथा स्थानीय तहका संरचना मार्फत समन्वयात्मक रुपले कर असुली गर्ने।

प्रकाशित मिति: शनिबार, असार २, २०७५  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्