काठमाडौं– बाल यौन दुराचारको आरोपमा प्रहरीले एक डच नागरिकलाई पक्राउ गरेको छ। ६६ वर्षिय पियाट हेन भान तेरविस्गालाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको हो।
विपन्न बालकहरुलाई सहयोगको आवश्वासनमा उनी बाल यौन दुराचारमा संलग्न रहेको सिआइबीले जनाएको छ।
सिआइबीका एसपी बुद्धिराज गुरुङका अनुसार सातघुम्तीस्थित एक होटलबाट उनलाई बिहिबार पक्राउ गरिएको हो। उनी बसेको होटलको कोठाबाट प्रहरीले एक बालकलाई समेत उद्धार गरेको छ।
उनीविरुद्ध जवरजस्ती करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाइको सिआइबीले जनाएको छ।
यौन सन्तुष्टिका लागि उनले होटलमा बच्चा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।