काठमाडौं- कर्णाली प्रदेशले आगामी वर्षमा एकीकृत कर्णाली विकास विज्ञ समूह (थिङ्क ट्याङ्क) गठन गर्ने भएको छ।
प्रदेशको दिगो र व्यवस्थित विकासका लागि विभिन्न क्षेत्रका विज्ञहरू सम्मिलित थिङ्क ट्याङ्क बनाइने आज सार्वजनिक आव २०७५/७६ को बजेटमा उल्लेख छ।
सुर्खेतको साटाखानीमा विशेष आर्थिक क्षेत्र स्थापना र विभिन्न जिल्लाहरूमा साना तथा मझौला उद्योगग्राम स्थापना तथा उद्योग विकासका सहयोगी पूर्वाधार कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ। यसको लागि २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
कर्णाली प्रदेशमा नेपाल सरकारको विशेष अनुदान, समपूरक अनुदान, आन्तरिक ऋण, विकास साझेदारहरूको सहयोग तथा अन्य निजी क्षेत्रको लगानीमा सञ्चालन गरिने उपरोक्त ठूला बहुउद्देश्यीय आयोजनाहरूको लागि कर्णाली पूर्वाधार विकास लगानी कोष स्थापना गरिने जनाइएको छ। उक्त कोषमा बीउ पुँजीको रुपमा १ अर्ब रुपैयाँ विनियोजन भएको छ।
साथै गुराँस संरक्षण क्षेत्र घोषणा गरी संरक्षण, प्रवर्द्धन मार्फत पर्यटकीय विकास गर्न बजेट विनियोजन भएको छ।
कर्णाली प्रदेश सरकारले ल्यायो २८ अर्बको बजेट (पूर्णपाठसहित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।