• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानन्यायाधीशको कोटामा मन्त्री बन्ने चर्चामा रहेका हमाल को हुन्? 

64x64
नेपाल लाइभ सोमबार, असोज १८, २०७८  १६:००
1140x725

काठमाडौं- असार २९ गते प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले करिब तीन महिनासम्म पनि मन्त्रिपरिषद्‌लाई पूर्णता दिन सकेका छैनन्। गठबन्धनभित्र रहेका दलहरूबीच सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको चर्चा भइरहेका बेला अर्को विषय पनि सार्वजनिक भएको छ। त्यो हो- मन्त्रिमण्डलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कोटा मागेको विषय। 

प्रधानन्यायाधीश राणा र सर्वाेच्च अदालतले यसको खण्डन गरेपनि चर्चा भने सेलाएको छैन। प्रधानन्यायाधीशको कोटामा मन्त्री हुने भनेर चर्चा गरिएका दुई जनामध्ये एक हुन्, गजेन्द्र हमाल। 

हमाल पुराना कांग्रेस नेता हुन्। तर, अहिले उनी कांग्रेससँग सम्बन्धविच्छेद गर्दै हिन्दु राज्य र राजसंस्थाको आन्दोलनमा सक्रिय रहेका छन्। हमालसँग राणाको नजिकको नाता सम्बन्ध  रहेको छ। राणाका भाई प्रभु शमशेरसँग उनी व्यापारिक सहकर्मी भएको पनि आरोप लाग्दै आएको छ।

कांग्रेस बाँकेको पूर्वसभापति समेत रहेका हमाल तत्कालीन पार्टी सभापति शुशील कोइरालालाई निर्वाचनमा हराउन लागि परेका थिए। तर, उनी असफल भएपछि कांग्रेसबाट टाढा रहँदै आएका थिए। उनका एक भाई अहिले कांग्रेसको प्रदेश सांसद रहेका छन्। सुरेन्द्र हमाल लुम्बिनी प्रदेश सभाको  सांसद रहेका छन्।

हमाल २०५३ सालदेखि ५६ सालसम्म बाँकेको कांग्रेस सभापति थिए। उनी हाल श्रीमती बिरामी भएर उपचारका लागि काठमाडौं आएका छन्। उनी निकटलाई अवसर आएमा मन्त्री पद नछोड्ने  बताएका छन्।

Ncell 2
Ncell 2

नियुक्ति पाएमा हमाल सांसद  नभएकाले संविधानअनुसार ६ महिना मात्र मन्त्री बन्न मिल्ने छन्। उनी प्रधानन्यायाधीश राणाका जेठान हुन्। उनी राणाकी पहिलो पत्नीका दाइ हुन्। पहिलो पत्नीको मृत्युपछि राणाले दोस्रो बिहे गरेका थिए। तर, हमालसँगको सम्बन्ध भने कायमै रहेको थियो। 

सर्वोच्च आउन गरेको सहयोगको गुण तिर्ने सोंच
राणा लामो समयदेखि उच्च अदालतमा रोकिएका थिए। उनी मुख्य न्यायाधीशको रुपमा आफूभन्दा जुनियर न्यायाधीशहरू बढुवा हुँदा पनि रोकिँदै आएका थिए। तत्कालीन प्रधानन्यायाधीशहरुले राणाको विवादास्पद छविको र न्यायाधीश सुशीला कार्कीले जेपी गुप्ताको मुद्दामा विशेष अदालतबाट गरेको फैसलाको विषयमा  न्यायाधीशको नाम नै तोकेर लेखेपछि राणा रोकिँदै आएका थिए। 

तर, प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा ल्याउनमा गजेन्द्रले पनि सहयोग गरेका थिए। कोइराला परिवारसँग टाढा हुँदै गएपछि उनी देउवासँग नजिक भएका थिए। हमालले राणालाई सर्वोच्च ल्याउन कांग्रेसभित्र लविइङ गरेका थिए।

२०७१ सालमा राणालाई न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालत ल्याउँदा उनले शेरबहादुर देउवासँग लविइङ गरेका थिए। कांग्रेसको कोटामा राणा र गोपाल पराजुलीसहितको नाममा व्यापक विरोध हुँदा पनि सिफारिस भएका थिए। तत्कालीन समयमा प्रधानन्यायाधीश दामोदर शर्माले आठ जना उच्च अदालतका न्यायाधीश सर्वोच्च भित्र्याएका थिए।

राणा, पराजुली र दीपकराज जोशी नेपाली कांग्रेसको कोटामा परेका थिए। त्यसबेला जगदीश शर्मा पौडेल, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, केदार चालिसे र गोविन्दप्रसाद उपाध्याय पनि न्यायाधीश भएका थिए। तीमध्ये पराजुली, राणा र मिश्र प्रधानन्यायाधीश भए। तत्कालीन समयमा पराजुलीलाई प्रधानन्यायाधीश बनाउन प्रकाश वस्तीलाई स्थायी नगरी अवकाश दिइएको थियो।

यही मेसोमा सर्वोच्चमा अस्थायी न्यायाधीशहरु भरतबहादुर कार्की र ज्ञानेन्द्र कार्कीले पनि अवकाश पाएका थिए। वस्ती तत्कालीन समयमा सर्वोच्चमा उत्कृष्ठ कार्यसम्पादन गर्ने न्यायाधीशको रुपमा रहेका थिए। पछि उनी मानव अधिकार आयोगको सदस्य नियुक्त भए।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निकोलस भुसाललाई अस्पताल लगियो
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी
सम्बन्धित सामग्री
निकोलस भुसाललाई अस्पताल लगियो भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले माइतिघरमा स्वास्थ्य अवस्थाको जाँच गरेको थियो । जाँचका क्रममा थप उपचार आवश्यक देखि... बुधबार, पुस १६, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी प्रहरीको भर्ना प्रक्रियामा सङ्घीय सरकारले अधिकार क्षेत्र मिचिएको भन्दै दायर गरेको रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्याय... बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
ताजा समाचारसबै
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्