• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्मचारीको कमजोरीले एनआइसी बैंकको ६ करोड गुम्यो

64x64
नेपाल लाइभ मंगलबार, जेठ २९, २०७५  १४:५२
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय ह्याकरले ५ महिनाको प्रयासपछि एनआइसी एसिया बैंकबाट स्विफ्ट कोड ह्‍याक गरी पैसा चोरेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) तथा भारतको केपिएमजी समूहले गरेको अनुसन्धान अनुसार कोड ह्‍याक हुनुमा कर्मचारीको समेत कमजोरी देखिएको छ। 

स्विफ्ट कोड सम्बन्धी शाखाको कम्युटरमा केही दिनदेखि समस्या हुँदा पनि ध्यान नदिइनु र आइटी शाखामा बैंकले आवश्यकता अनुसार दक्ष कर्मचारी राख्न नसक्दा ह्‍याकिङ भएको छानबिनमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन्। 

उच्च अदालतमा दायर अभियोगपत्र अनुसार बैंकको स्विफ्ट तथा आइटी शाखामा कार्यरत कर्मचारीसँग सोधपुछ गरिएको थियो। कर्मचारीहरुले ह्‍याकिङ हुनुअघि स्विफ्ट शाखाका कम्प्युटरहरुमा समस्या देखिएको बताएका छन्। तर, त्यसलाई बैंकका माथिल्ला अधिकारीले गम्भीरतापूर्वक ध्यान दिएनन्।

अर्काेतर्फ, बैंकको स्विफ्ट शाखामा कार्यरत कर्मचारीहरुले आफूहरुले कुनै विशेष तालिम नलिएको र काम गर्दागर्दै सिकेको प्रहरीसँग बताएका छन्। यही कमजोरीको फाइदा उठाउँदै ह्‍याकरहरुले बैंकबाट ठूलो रकम चोर्न सफल भए। कर्मचारीको कमजोरी देखिए पनि मिलेमतो नदेखिएपछि उनीहरुलाई कारबाही गरिएको छैन। बैंकको कमजोरीमै खेलेर ह्‍याकरहरुले ५ महिनाको प्रयासपछि बैंकको स्विफ्ट सिस्टम ह्‍याक गरेर पैसा चोरेका थिए। 

गत कात्तिक २ गते एनआइसी एसिया बैंकको ४६ करोड ५६ लाख ५० हजार ५ सय ५ रुपैयाँ विभिन्न देशका ८ वटा बैंकमा अनधिकृत रुपमा ट्रान्सफर भएको थियो। जसमध्ये ६ करोड ८० लाख ७९ हजार ९ सय ८२ रुपैयाँ ह्‍याकरहरुले बैंकबाट निकाल्न सफल भएका थिए। बैंकको स्विफ्ट सिस्टम नै ह्‍याक गरी राति १२ बजेदेखि बिहान नौ बजेसम्म ३१ पटक गरेर पैसा चोरी भएको थियो। 

सो रकम एनआइसी एसियाले फिर्ता पाउन सकेको छैन। जर्मनी, जापान, अमेरिका, बेलायत र चीनका बैंकमा पुगेको पैसा फिर्ता नभएको हो।

प्रहरीले पैसा निकाल्ने व्यक्तिहरुको पहिचानका लागि इन्टरपोलमार्फत सहयोग मागे पनि सहयोग प्राप्त हुन नसकेको जनाएको छ। 

१३ जना विरुद्ध मुद्दा 

nimb
nimb
Ncell 2
Ncell 2

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत कात्तिकदेखि नै सो घटनाको अनुसन्धान गरेको हो। अनुसन्धान पूरा गरी गत बैसाख ४ गते विशेष सरकारी वकिल कार्यालयमार्फत उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। जसमा विभिन्न देशका व्यक्ति तथा कम्पनीहरुलाई प्रतिवादी बनाइएको छ। 

को-को विरुद्ध दायर भयो मुद्दा? 


ज–जसको खातामा ह्‍याकिङमार्फत जम्मा भएको पैसा जम्मा भएको छ, उनीहरुलाई नै प्रतिवादी बनाइएको छ। तर, उनीहरुबारे विस्तृत विवरण प्रहरीले प्राप्त गर्न सकेको छैन। बैंक खातामा रकम जम्मा भए पनि फिर्ता गर्नेहरुलाई भने प्रतिवादी बनाइएको छैन। 

मुद्दा दायर गरिएकाहरुमाथि हदम्याद जारी गरिएको उच्च अदालत पाटनका अधिकृत दीपक पोखरेलले बताए। 

ह्याकर अज्ञात

घटनाको विस्तृत अनुसन्धान गर्ने जिम्मेवारी एनआइसी एसिया बैंकले भारतको केपिएमजी नामक कम्पनीलाई दिएको थियो। सो कम्पनीका अधिकारीहरु नेपाल नै आएर छानबिन गरेका थिए। 

जसमा उनीहरुले ह्‍याकिङमा कर्मचारीको संलग्नता देखिएको रिपोर्ट दिएका छन्। सोही कम्पनीको रिपोर्टलाई आधार बनाएर सिआइबीले अभियोगपत्र अघि बढाएको हो। 

 केपिएमजीका अनुसन्धानकर्ताले  ह्याकिङमा कुख्यात उत्तर कोरियन समूह ‘लजारुस’को संलग्नता रहेको आशंका गरेका छन्। यद्यपि त्यस सम्बन्धी कुनै प्रमाण भने भेटिएको छैन।

२ वर्षअघि बंगलादेशको बंगलादेश बैंकबाट एक अर्ब अमेरिकी डलर स्विफ्ट ह्‍याकिङमार्फत चोरी भएको थियो। त्यसमा पनि सोही लजारुस समूहको आबद्धताको आशंका गरिएको थियो। सो समूहको उत्तर कोरियन सरकारसँगै सम्बन्ध रहँदै आएको आरोप अमेरिकी अधिकारी तथा साइबर सेक्युरिटी सम्बन्धी काम गर्ने कम्पनीले लगाउँदै आएका छन्। 

आइटीको सुरक्षामा बैंकहरु कमजोर

यो घटनाले नेपालका अन्य बैंकहरुमा पनि जोखिम बढाएको छ। बैंकहरुले आइटी सम्बन्धी सेवाहरु बढाउँदै लगे पनि त्यसको सुरक्षामा कति ध्यान दिन सकेका छन् भन्ने प्रश्न उठेको छ। नियमित आइटी अडिटिङ नहुनु तथा बैंकहरुले दक्ष कर्मचारीहरु राख्न नसक्दा जोखिम बढेको प्रहरी अधिकारीहरु बताउँछन्। 

ह्‍याकिङबारे केपिएमजीले दिएको प्रतिवेदनको सारांश:

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछाने सभापतिमा निर्विरोध
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्