• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको चाहना सर्वदलीय बैठक होइन, ओली–देउवा एकल संवाद

64x64
किशोर दहाल बिहीबार, असोज १४, २०७८  १७:१९
1140x725

काठमाडौं- बिहीबार दुई वटा 'महत्त्वपूर्ण' बैठक थिए। पहिलो, प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको सर्वदलीय बैठक। दोस्रो, प्रतिनिधि सभा बैठक। दुवै बैठकले आफ्नो प्रभावकारिता गुमाए। संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफलका लागि आयोजना गरिएको बैठकमा एमाले सहभागी भएन। अर्कोतिर, प्रतिनिधि सभामा एमालेको अवरोधले निरन्तरता पायो।

पछिल्लो गतिरोध अन्त्य गराउन आयोजना गरिएको सर्वदलीय बैठकलाई एमालेले बहिष्कार गरेको आज दोस्रो पटक हो। गत भदौ २८ गते सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो। संसद्कै सबैभन्दा ठूलो दल नै सहभागी नभएपछि यस्ता बैठकले आफ्नो औचित्य गुमाएका छन्।

एमाले सरकार र सभामुख दुवैसँग रुष्ट छ। सरकारले गत साउन ३२ गते मध्यरातमा संसद् अधिवेशन अन्त्य गरेर भोलिपल्ट बिहानै राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेर एमाले विभाजनको आधार तयार गरेकोमा उसको असन्तुष्टि छ। त्यस्तै, आफूले १४ जना सांसद्हरुलाई निष्कासन गरेर संसद् सचिवालयमा पत्र दर्ता गरिसक्दा पनि सभामुखले कैयौं दिनसम्म सूचना टाँस नगरिदिएका कारण दल विभाजन सम्भव भयो भन्दै सभामुखप्रति आक्रोश व्यक्त गरिरहेको छ। उसले निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुख एमाले विभाजन गर्ने षडयन्त्रको मतियार भएको आरोप लगाइरहेको छ। यी दुवै संस्थाप्रतिको आक्रोशले गर्दा उनीहरुले नै आयोजना गरेको बैठकमा सहभागी हुन एमालेलाई अप्ठ्यारो परिरहेको छ।

अर्कोतिर, आफूले निष्कासन गरेका १४ जना सांसद्हरु समेतको दल नेकपा एकीकृत समाजवादी समेत सहभागी हुने बैठकमा सहभागिताका लागि एमालेलाई नैतिक संकट छ। सो दलको वैधानिकतामै प्रश्न उठाउँदै दल दर्ताविरुद्ध समेत सर्वोच्चमा मुद्दा दायर गरेर एमालेले न्याय खोजिरहेको छ। अर्कोतिर, उसले ती १४ जनालाई 'गैरसांसद्' करार गर्दै प्रतिनिधि सभामा निरन्तर 'गैरसांसद्लाई प्रवेश निषेध गर' भनेर नारा लगाइरहेको छ। एमाले अध्यक्ष ओलीले त सार्वजनिक रुपमै सभामुखले ती सांसद्को लोगो खोस्नुपर्ने बताएका छन्।

'माधव नेपालको पार्टीलाई निर्वाचन आयोगले मान्यता दियो। त्यसलाई एमालेले मानेको छैन। त्यो असंवैधानिक र गैरकानुनी छ भनेर मुद्दै हालेको छ। स्वयं केपी कमरेडको नामबाट पनि मुद्दा गएको छ', सर्वदलीय बैठकमा सहभागिताको सन्दर्भमा एमालेका एक प्रभावशाली नेताले बिहीबार बिहान भनेका थिए, 'त्यसकारण एमालेले नमानेको पक्ष समेत उपस्थित हुने सर्वदलीय बैठकमा एमाले जाँदैन।'

एमाले सांसद् खगराज अधिकारी नेकपा एसबाहेकका दलहरुको छलफल आयोजना भयो भने त्यहाँ एमाले जाने बताउँछन्। 'उहाँहरु हुनुभएन भने बैठकमा जाने आधार हुनसक्छ', बिहीबार संसद् भवनबाट बाहिरिने क्रममा उनले भने।

सर्वदलीय बैठकमा सहभागी हुन अनिच्छुक एमालेले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच प्रत्यक्ष संवाद चाहेको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेपाल लाइभसँग कुरा गर्दै भने, 'अहिलेको समस्याको मूल जरो भनेको सभामुख र सत्तापक्ष हो। प्रमुख प्रतिपक्षीले नै आपत्ति व्यक्त गरिरहेकाले सिधासिधी एमालेसँग संवाद गर्दा भइहाल्यो नि! बेकारमा किन उहाँहरुले गठबन्धनका पार्टी भेला पार्ने, अरु भेला गर्ने, संवाद गर्ने, त्यहाँबाट गिजोल्ने काम गर्ने? सिधै टक्कर एमालेसँग छ, एमालेसँगै संवाद गर्ने नि! एमालेको उच्च नेतृत्वसँग बस्ने, समाधान निकाल्ने।'

बिहीबारको प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अझ प्रष्टसँग भने- 'यदि सभामुखज्यूलाई संसद्का लागि एमालेलाई हामीले चित्त बुझाउनुपर्छ भन्ने लाग्छ भने उहाँले सिधासिधी एमालेको नेतृत्वसँग संवाद गर्दा भइहाल्यो। प्रधानमन्त्रीज्यूलाई संसद्‌ र बाहिर एमालेको सहयोग चाहिन्छ, प्रमुख प्रतिपक्षी दललाई समेट्नुपर्छ भन्ने लागेको भए उहाँले पनि सिधासिधी प्रमुख विपक्षी नेतासँग कुरा गर्नु भए भइहाल्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले आफ्ना अध्यक्षसँग प्रधानमन्त्री वा सभामुखले एकल रुपमा भेटुन् भन्ने चाहेको छ। तर, सम्भव भएको छैन। प्रधानमन्त्री देउवाले ओलीसँग संवादको लागि आफ्ना दूतका रुपमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीनिवास बालकोट पठाइरहेका छन्। पछिल्लो एक महिनामै कार्कीले ओलीलाई तीन पटक भेटिसकेका छन्।

'संवाद गरेर मात्रै निष्कर्ष निस्किन्छ भनेर संवाद अगाडि बढाउन कानुनमन्त्रीमार्फत् केही पहल भएको हो। त्यसक्रममा उहाँहरु केही लचक भएको पनि देख्छु। तर, उहाँहरु आज पनि सर्वदलीय बैठकमा आउनुभएन। सदन पनि अवरोध गर्नुभयो', देउवानिकट नेता मीनबहादुर विश्वकर्माले नेपाल लाइभसँग भने।

कार्कीसँगको संवादमा ओलीले सभामुखको भूमिका ठीक नभएको र दल विभाजनलाई सहज बनाउने अध्यादेश ल्याएर सरकारले पनि ठीक नगरेको बताउने गरेका छन्। देउवासँग संवादअघि ओलीले आफ्ना मागका सन्दर्भमा सत्तापक्षको प्रष्ट धारणा पनि खोजेका छन्। तर, सत्तापक्षले त्यस सन्दर्भमा ओलीलाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन। जसको परिणाम सदन र सर्वदलीय बैठकमा देखिइरहेको छ।

एमालेले त सर्वदलीय बैठकअघि नै व्यक्तिगत रुपमा दुई नेताबीच भेट होस् भन्ने चाहेको थियो। त्यस्तो भेटपछि मात्रै सर्वदलीय बैठक राख्न सन्देश पठाइएको एमाले नेता अधिकारीको भनाइ छ। 'व्यक्तिगत रुपमा भेट्नुस्, त्यसपछि मात्रै आवश्यक पर्छ भने सर्वदलीय बैठक राख्नुस्', उनले भने, 'प्रधानमन्त्रीले विपक्षी दलको नेतासँग वार्ता र संवाद गर्न सक्नुहुन्न?'

दूतमार्फत् संवाद अघि बढाइएको छलफलले परिणाम नल्याएको र एमालेले पनि देउवा र ओलीबीच संवाद होस् चाहेको पृष्ठभूमिमा दुई नेताबीच संवाद भने हुन सकेको छैन। विश्वकर्माका अनुसार दुई जनाबीच टेलिफोन संवाद पनि भएको छैन।

उनी भन्छन्, 'एक किसिमको सहमति नभई एकैपटक उच्च तहमा संवाद हुँदा झन् डेडलक हुनसक्छ। त्यसैले पहिले अन्य माध्यमबाट संवाद अगाडि बढाइएको हो।'

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्