• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको चाहना सर्वदलीय बैठक होइन, ओली–देउवा एकल संवाद

64x64
किशोर दहाल बिहीबार, असोज १४, २०७८  १७:१९
1140x725

काठमाडौं- बिहीबार दुई वटा 'महत्त्वपूर्ण' बैठक थिए। पहिलो, प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको सर्वदलीय बैठक। दोस्रो, प्रतिनिधि सभा बैठक। दुवै बैठकले आफ्नो प्रभावकारिता गुमाए। संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफलका लागि आयोजना गरिएको बैठकमा एमाले सहभागी भएन। अर्कोतिर, प्रतिनिधि सभामा एमालेको अवरोधले निरन्तरता पायो।

पछिल्लो गतिरोध अन्त्य गराउन आयोजना गरिएको सर्वदलीय बैठकलाई एमालेले बहिष्कार गरेको आज दोस्रो पटक हो। गत भदौ २८ गते सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो। संसद्कै सबैभन्दा ठूलो दल नै सहभागी नभएपछि यस्ता बैठकले आफ्नो औचित्य गुमाएका छन्।

एमाले सरकार र सभामुख दुवैसँग रुष्ट छ। सरकारले गत साउन ३२ गते मध्यरातमा संसद् अधिवेशन अन्त्य गरेर भोलिपल्ट बिहानै राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेर एमाले विभाजनको आधार तयार गरेकोमा उसको असन्तुष्टि छ। त्यस्तै, आफूले १४ जना सांसद्हरुलाई निष्कासन गरेर संसद् सचिवालयमा पत्र दर्ता गरिसक्दा पनि सभामुखले कैयौं दिनसम्म सूचना टाँस नगरिदिएका कारण दल विभाजन सम्भव भयो भन्दै सभामुखप्रति आक्रोश व्यक्त गरिरहेको छ। उसले निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुख एमाले विभाजन गर्ने षडयन्त्रको मतियार भएको आरोप लगाइरहेको छ। यी दुवै संस्थाप्रतिको आक्रोशले गर्दा उनीहरुले नै आयोजना गरेको बैठकमा सहभागी हुन एमालेलाई अप्ठ्यारो परिरहेको छ।

अर्कोतिर, आफूले निष्कासन गरेका १४ जना सांसद्हरु समेतको दल नेकपा एकीकृत समाजवादी समेत सहभागी हुने बैठकमा सहभागिताका लागि एमालेलाई नैतिक संकट छ। सो दलको वैधानिकतामै प्रश्न उठाउँदै दल दर्ताविरुद्ध समेत सर्वोच्चमा मुद्दा दायर गरेर एमालेले न्याय खोजिरहेको छ। अर्कोतिर, उसले ती १४ जनालाई 'गैरसांसद्' करार गर्दै प्रतिनिधि सभामा निरन्तर 'गैरसांसद्लाई प्रवेश निषेध गर' भनेर नारा लगाइरहेको छ। एमाले अध्यक्ष ओलीले त सार्वजनिक रुपमै सभामुखले ती सांसद्को लोगो खोस्नुपर्ने बताएका छन्।

'माधव नेपालको पार्टीलाई निर्वाचन आयोगले मान्यता दियो। त्यसलाई एमालेले मानेको छैन। त्यो असंवैधानिक र गैरकानुनी छ भनेर मुद्दै हालेको छ। स्वयं केपी कमरेडको नामबाट पनि मुद्दा गएको छ', सर्वदलीय बैठकमा सहभागिताको सन्दर्भमा एमालेका एक प्रभावशाली नेताले बिहीबार बिहान भनेका थिए, 'त्यसकारण एमालेले नमानेको पक्ष समेत उपस्थित हुने सर्वदलीय बैठकमा एमाले जाँदैन।'

एमाले सांसद् खगराज अधिकारी नेकपा एसबाहेकका दलहरुको छलफल आयोजना भयो भने त्यहाँ एमाले जाने बताउँछन्। 'उहाँहरु हुनुभएन भने बैठकमा जाने आधार हुनसक्छ', बिहीबार संसद् भवनबाट बाहिरिने क्रममा उनले भने।

सर्वदलीय बैठकमा सहभागी हुन अनिच्छुक एमालेले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच प्रत्यक्ष संवाद चाहेको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेपाल लाइभसँग कुरा गर्दै भने, 'अहिलेको समस्याको मूल जरो भनेको सभामुख र सत्तापक्ष हो। प्रमुख प्रतिपक्षीले नै आपत्ति व्यक्त गरिरहेकाले सिधासिधी एमालेसँग संवाद गर्दा भइहाल्यो नि! बेकारमा किन उहाँहरुले गठबन्धनका पार्टी भेला पार्ने, अरु भेला गर्ने, संवाद गर्ने, त्यहाँबाट गिजोल्ने काम गर्ने? सिधै टक्कर एमालेसँग छ, एमालेसँगै संवाद गर्ने नि! एमालेको उच्च नेतृत्वसँग बस्ने, समाधान निकाल्ने।'

बिहीबारको प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अझ प्रष्टसँग भने- 'यदि सभामुखज्यूलाई संसद्का लागि एमालेलाई हामीले चित्त बुझाउनुपर्छ भन्ने लाग्छ भने उहाँले सिधासिधी एमालेको नेतृत्वसँग संवाद गर्दा भइहाल्यो। प्रधानमन्त्रीज्यूलाई संसद्‌ र बाहिर एमालेको सहयोग चाहिन्छ, प्रमुख प्रतिपक्षी दललाई समेट्नुपर्छ भन्ने लागेको भए उहाँले पनि सिधासिधी प्रमुख विपक्षी नेतासँग कुरा गर्नु भए भइहाल्छ।'

Ncell 2
Ncell 2

एमालेले आफ्ना अध्यक्षसँग प्रधानमन्त्री वा सभामुखले एकल रुपमा भेटुन् भन्ने चाहेको छ। तर, सम्भव भएको छैन। प्रधानमन्त्री देउवाले ओलीसँग संवादको लागि आफ्ना दूतका रुपमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीनिवास बालकोट पठाइरहेका छन्। पछिल्लो एक महिनामै कार्कीले ओलीलाई तीन पटक भेटिसकेका छन्।

'संवाद गरेर मात्रै निष्कर्ष निस्किन्छ भनेर संवाद अगाडि बढाउन कानुनमन्त्रीमार्फत् केही पहल भएको हो। त्यसक्रममा उहाँहरु केही लचक भएको पनि देख्छु। तर, उहाँहरु आज पनि सर्वदलीय बैठकमा आउनुभएन। सदन पनि अवरोध गर्नुभयो', देउवानिकट नेता मीनबहादुर विश्वकर्माले नेपाल लाइभसँग भने।

कार्कीसँगको संवादमा ओलीले सभामुखको भूमिका ठीक नभएको र दल विभाजनलाई सहज बनाउने अध्यादेश ल्याएर सरकारले पनि ठीक नगरेको बताउने गरेका छन्। देउवासँग संवादअघि ओलीले आफ्ना मागका सन्दर्भमा सत्तापक्षको प्रष्ट धारणा पनि खोजेका छन्। तर, सत्तापक्षले त्यस सन्दर्भमा ओलीलाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन। जसको परिणाम सदन र सर्वदलीय बैठकमा देखिइरहेको छ।

एमालेले त सर्वदलीय बैठकअघि नै व्यक्तिगत रुपमा दुई नेताबीच भेट होस् भन्ने चाहेको थियो। त्यस्तो भेटपछि मात्रै सर्वदलीय बैठक राख्न सन्देश पठाइएको एमाले नेता अधिकारीको भनाइ छ। 'व्यक्तिगत रुपमा भेट्नुस्, त्यसपछि मात्रै आवश्यक पर्छ भने सर्वदलीय बैठक राख्नुस्', उनले भने, 'प्रधानमन्त्रीले विपक्षी दलको नेतासँग वार्ता र संवाद गर्न सक्नुहुन्न?'

दूतमार्फत् संवाद अघि बढाइएको छलफलले परिणाम नल्याएको र एमालेले पनि देउवा र ओलीबीच संवाद होस् चाहेको पृष्ठभूमिमा दुई नेताबीच संवाद भने हुन सकेको छैन। विश्वकर्माका अनुसार दुई जनाबीच टेलिफोन संवाद पनि भएको छैन।

उनी भन्छन्, 'एक किसिमको सहमति नभई एकैपटक उच्च तहमा संवाद हुँदा झन् डेडलक हुनसक्छ। त्यसैले पहिले अन्य माध्यमबाट संवाद अगाडि बढाइएको हो।'

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तय... सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी पनि त्यतिकै गम्भीर अवस्थामा छ । पार्ट... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन आव्हान सोमबार, पुस २८, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्