• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २९, २०८२ Thu, Feb 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चीन भ्रमणका लागि प्रधानमन्त्रीलाई विज्ञको सुझाव- सुनको थालमा सुका नमागौं !

64x64
नेपाल लाइभ सोमबार, जेठ २८, २०७५  १४:१४
1140x725

काठमाडौं– प्रधानमन्त्रीको चीन भ्रमणका बेला राष्ट्रिय स्वार्थलाई प्राथमिकता राख्न विज्ञहरुले सुझाव दिएका छन्। 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले सुझाव दिएका हुन्। प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा प्राथमिकता दिनुपर्ने विषयमा छलफल गर्न २५ प्लस समूहले आयोजना गरेको छलफल कार्यक्रममा पूर्व गभर्नर, लेखक, सीमाविद्, जलस्रोतविज्ञ, पूर्व प्रशासक लगायतको उपस्थिति थियो।

परराष्ट्रविद् जयराज आचार्यले चीनसँग परियोजनामा सम्झौता गर्दा अनुदानमा बनाइदिन पहल गर्नुपर्ने बताए। 

'चीनलाई तिमीहरु आर्थिक रुपमा सम्पन्न नहुँदा त सडक निर्माणमा सहयोग गर्यौा। अहिले सम्पन्न भएका छौ, अनुदानमा बनाइदेऊ भनेर पहल गर्नुपर्छ', आचार्यले भने, 'हुँदै भएन भने मात्रै सहुलियत ऋणको कुरा गर्नुपर्छ।'

आचार्यले नेपाल चीन र भारतको बीचमा पुल बन्ने कुरा धेरै उठेकाले पुलकै विषयमा पनि स्पष्ट हुनुपर्ने बताए। 

'हामी पुल बन्ने अवधारणा हो भने त्यसमा पनि स्पष्ट हुनुपर्छ', उनले भने, 'स्पष्ट नभई अगाडि बढियो भने हामी चीनको सामान भारत र भारतको सामान चीन पार गराउने पुल मात्रै हुन्छौं। त्यसले हाम्रो कुनै हित गर्दैन।'

पूर्व प्रशासक द्वारिकानाथ ढुंगेलले चीनसँगको सम्बन्ध रणनीतिक रुपमा अगाडि बढाउनुपर्ने बताए। 

'पुल र बाटोमा अल्झिनुभन्दा ठोस रणनीतिका साथ अगाडि बढ्नु उचित हुन्छ', उनले भने।

Ncell 2
Ncell 2

ढुंगेलले चीनसँग परियोजना सम्झौता गर्दा ऋणको चक्रमा नफस्ने गरी सचेत भएर सम्झौता गरिनुपर्ने बताए। 

'हामीले माल्दिभ्सको अनुभवबाट सिक्नुपर्छ', उनले भने।

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपाल-चीन सम्बन्ध र सम्झौतामा भू-राजनीतिक परिवेशलाई ध्यान दिनसके नकारात्मक प्रभावबाट बच्न सकिने बताए। उनले माग्ने मात्रै मानसिकताबाट माथि उठ्न पनि आग्रह गरे। 

'परियोजनाहरुमा आफ्नो पनि लगानी भयो भने अपनत्व कायम हुन्छ', उनले भने।

लेखक तथा विश्लेषक गेजा शर्मा वाग्लेले बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) अन्तर्गतको परियोजनामा नेपालले हस्ताक्षर गर्नु पेचिलो मुद्दा भएको बताए।

'नेपालको आवश्यकता के हो र त्यस्ता परियोजनाले नेपालको हित गर्छन् कि गर्दैनन् भन्नेमा सचेत हुनुपर्छ', उनले भने, 'नेपालको प्राथमिकता होइन भने सित्तैमा बनाइदिए पनि परियोजना लिनुहुँदैन।'

वाग्लेले थपे, 'चीनले अन्य देशमा सामरिक दृष्टिले महत्त्वपूर्ण ठाउँमा संरचनाहरु बनाएको छ। त्यो देशको विकासभन्दा पनि आफ्नो रणनीतिक महत्त्वलाई ध्यान दिएको छ। हामीले यस्ता कुराबाट सिक्नुपर्छ। गम्भीर गृहकार्य गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ।'

सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको विकास र समृद्धिको लागि कनेक्टिभिटी महत्त्वपूर्ण भएकाले त्यसलाई प्राथमिकता दिनुपर्ने बताए। उनले बिआरआईको विषयमा स्पष्ट हुनुपर्ने समेत बताए। 
'बिआरआईको नेटवर्कले नेपालको कुन बिन्दुलाई छुन्छ', श्रेष्ठले प्रश्न गर्दै थपे, 'मैले धेरै नक्सामा खोजेँ, तर भेटिनँ।'

श्रेष्ठले नेपाली र नेपाल सरकारको चाहना प्रस्ट हुनुपर्ने र दस्तावेजका साथ प्रस्तुत हुनुपर्ने बताए। 

'प्रधानमन्त्रीको चीन भ्रमणको बेला भारत र चीनबीच भएको सम्झौताको लिपुलेक सम्बन्धी धारा सच्याउन सकेसम्म प्रयास गर्नुपर्छ', श्रेष्ठले भने।

पूर्वसचिव शीतलबाबु रेग्मी चीनसँगको नाका खुलाउन प्राथमिकता दिनुपर्ने बताए। 

'दुई वटा नाका खोल्न नसक्नेले चुच्चे रेल ल्याउन तत्काल सम्भव छैन', रेग्मीले भने, 'चीनको विश्वासिलो छिमेकी हामी होइनौं भन्ने तातोपानी नाका नखोल्नुले संकेत गर्छ। त्यसैले प्रधानमन्त्रीले विश्वसनीय छिमेकी हौं भन्ने विश्वास दिलाउनुपर्छ।'

उनले अगाडि थपे, 'भइरहेको दुई वटा नाका खोलौं, अहिलेको लागि बेल्ट, रोड त्यही हो।'

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले अहिलेलाई हामीलाई चाहिएको कुरामा मात्रै ध्यानुपर्ने बताए। 

'हामीलाई चाहिएको कुरा गरौं', उनले भने, 'भारतले के भन्छ, अर्कोलाई के असर गर्छ भन्ने कुरा बेकारको हो।'

परराष्ट्रविद् सुरेशराज चालिसेले हाम्रो प्राथमिकता छुट्याउन सक्नुपर्ने बताए। 

'चीनले चारपाँच वर्षको नभई बीस/तीस वर्षको समयसीमामा काम गरिरहेको छ', उनले भने, 'हामीले दलहरुबीच सहमति बनाएर त्यही खालको एजेन्डा तय गर्नुपर्छ।'

लेखक श्रीकृष्ण अनिरुद्र गौतमले चीनसँगको यातायात पारवहन सम्झौतालाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरे। 

'त्यो गरेनौं भने आउने ५ वर्षभित्रमा नाकाबन्दी खेप्नुपर्छ', गौतमले भने, 'त्यसपछि रेल र बिआरआईको कुरा गरौंला।'

पूर्व प्रहरी अधिकारी ठाकुरमोहन श्रेष्ठले पनि कनेक्टिभिटीलाई प्राथमिकता दिनुपर्ने बताए। उनले नेगोसिएसनमा साना र ठूला राष्ट्र भन्ने नहुने भएकाले आफ्ना हितका एजेन्डालाई प्राथमिकताका साथ राख्नुपर्ने बताए। 

'सुन र हिराको थालमा सुका पैसा माग्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ', उनले भने, 'ऋण लिएर कहाँ प्रयोग गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ।'

आयोजक २५ प्लस समूहले सबैको सुझावलाई एकीकृत गरी प्रधानमन्त्रीलाई बुझाउने जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०७५  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आगामी चुनाव मार्फत राप्रपालाई संसद्मा निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङदेन
इटालीविरुद्ध नेपालको खराब सुरुवात, ब्याक टु ब्याक विकेट पतन
इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल, शेर मल्लको स्थानमा ललितलाई भित्र्याइयो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
टी–२० विश्वकप: इटालीसँग नेपाल १० विकेटले पराजित बिहीबार, माघ २९, २०८२
इटालियन स्पिनरसामु नेपाली ब्याटिङ स्तब्ध, १२४ रनको झिनो लक्ष्य दियो बिहीबार, माघ २९, २०८२
आगामी चुनाव मार्फत राप्रपालाई संसद्मा निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङदेन बिहीबार, माघ २९, २०८२
इटालीविरुद्ध नेपालको खराब सुरुवात, ब्याक टु ब्याक विकेट पतन बिहीबार, माघ २९, २०८२
इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल, शेर मल्लको स्थानमा ललितलाई भित्र्याइयो बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
इटालीविरुद्ध नेपालको खराब सुरुवात, ब्याक टु ब्याक विकेट पतन बिहीबार, माघ २९, २०८२
इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल, शेर मल्लको स्थानमा ललितलाई भित्र्याइयो बिहीबार, माघ २९, २०८२
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बिहीबार, माघ २९, २०८२
टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने हुदैँ बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्