काठमाडौं– तस्करीको सुन कारोबार गरेको आरोपमा गृह मन्त्रालयको विशेष छानबिन समितिले दरबारमार्ग र न्यूरोडस्थित सुन पसलमा छापा हानेको छ। प्रमाणहरु संकलनका लागि छापा हानिएको हो।
पक्राउ परेका व्यापारी राजेन्द्र शाक्यको आरके ज्वेलर्समा छापा हानिएको हो। शाक्य हाल सुनसरीको झुम्का कारागारमा छन्।
विगतमा पनि आरके ज्वेलर्सका कर्मचारीहरु सुन तस्करीमा पक्राउ परेका थिए। शाक्य पनि गत वर्षको साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त हुन्।
विमानस्थलबाट तस्करी भएर आउने सुनको केही मात्रा सुन पसलहरुमै बिक्री हुनेगरेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।