• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपाले महन्थपक्षलाई तत्काल पार्टीबाट निष्काशन नगर्ने

64x64
नेपाल लाइभ शनिबार, साउन १६, २०७८  २२:०१
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादवपक्षले महन्थ ठाकुरपक्षलाई तत्काल कारबाही नगर्ने भएको छ। निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएलगतै महन्थपक्षलाई पार्टीबाट निष्काशन गर्ने भनिए पनि तत्काल कारबाही नगरिने भएको हो।

महन्थपक्षलाई तत्काल कारबाही गर्दा 'फाइदा नहुने' आकलन गर्दै उपेन्द्रपक्षले नयाँ रणनीति लिएको छ। महन्थपक्षमाथिको कारबाही तत्काललाई रोकेर उनीपक्षका कार्यकारिणी सदस्य र सांसद आफ्नो पक्षमा तान्ने रणनीति उपेन्द्रपक्षले अख्तियार गरेको छ।

जसपाको उपेन्द्रपक्षमा कार्यकारिणी सदस्य ३५ जना छन् भने महन्थपक्षमा १७ जना मात्रै खुलेका छन्। यस्तै ३२ जना सांसदमध्ये उपेन्द्रपक्षमा २१ र महन्थपक्षपक्षमा ११ जना सांसद खुलेका छन्। हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेकाले जसपासँग कूल ३२ जना संघीय सांसद रहेका छन्।

उपेन्द्रपक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थपक्ष सर्वोच्च अदालतमा पुगेको छ। महन्थपक्षले हिजो (शुक्रबार) सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो। आयोगले उपेन्द्रपक्षलाई आधिकारिकता दिएको र महन्थलाई नयाँ दल खोलेर चलाउनसक्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता गरिएको हो। उक्त रिटमाथि सुनुवाइ हुन बाँकी छ।

जसपा र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) उपेन्द्रपक्षले 'होल्ड' गरेपछि महन्थ पक्षसामु नयाँ पार्टी खोलेर जानेबाहेक विल्कप छैन। तर, निर्वाचन आयोगको फैसला उल्ट्याउने ध्याउन्नमा महन्थपक्ष लागिपरेको छ। उपेन्द्रपक्ष भने पार्टीको आधिकारिकता पाएपछि महन्थपक्षका कार्यकारिणी सदस्य र सांसदलाई आफ्नो पक्षमा ल्याउन लागिपरेका छन्। यसका लागि अध्यक्ष यादवसहितका नेताहरु लागेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

पार्टीविहीन भएका महन्थलाई थप कमजोर बनाउन उनीनिकट कार्यकारिणी सदस्य र सांसदमा उपेन्द्रपक्षले आँखा लगाएको छ। सांसद चन्द्रकान्त चौधरी र कल्लुदेवी विकलाई आफ्नोपक्षमा पार्न छलफल चलिरहेको जसपाका एक नेताले बताए। कल्लुदेवी दानबहादुर विककी श्रीमती भएकीले दानबहादुरकै कारण उनी उपेन्द्रतिर खुल्न आनाकानी गरेको ती नेताले बताए। अन्तिम अवस्थामा उनीहरु दुवैजनालाई उपेन्द्रतिरै तान्नेगरी नेताहरु लागिपरेका छन्।

यस्तै कार्यकारिणी सदस्य राजकुमार लेखीलाई पनि आफ्नो पक्षमा तान्न उपेन्द्रपक्ष लागिपरेको छ। उनी सांसद नभए पनि कार्यकारिणी सदस्य भएकाले पार्टीमा तान्न लागिएको हो। 

जसपा नेता महेन्द्र राय यादवले यसअघि नै महन्थसहित चार नेतालाई कारबाही गरिसकेकाले अन्य नेताका विषयमा सर्वोच्च अदालतको फैसलापछि निर्णय हुने बताए। महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निकाष्शन गरेकाले अन्य नेताका विषयमा केही समय पर्खिने उनको भनाइ छ। अन्य नेताका विषयमा महन्थपक्षले अदालतमा हालेको रिटको सुनुवाइपछि मात्रै निर्णय गरेर जाने तयारी गरिएको छ।

जसपाका अर्का नेता मोहम्मद इस्तियाक राईले आफ्नै पार्टीका सांसदलाई पार्टीबाट विनाकारण निष्काशन नगरिने बताए। ‘हाम्रो पार्टीमा अरुको पार्टीजस्तो मनलाग्दी निकाल्ने/हटाउने भन्ने कुरा हुँदैन। पार्टीले ह्विप लगाउँदा वा अन्य कुनै निर्णय गर्दा उल्लंघन भएमा त्यस्तो अवस्थामा कारबाही हुनसक्छ,’ राईले भने, ‘अन्यथा महन्थपक्षलाई तत्काल पार्टीबाट हटाउने वा कारबाही गर्ने प्रक्रिया अघि बढ्दैन।’

जसपामा उपेन्द्रपक्षले महन्थपक्षलाई आत्मालोचना गरे पार्टीमा भित्र्याउने बताइसकेको छ। उता महन्थपक्ष भने आत्मालोचना गरेर उपेन्द्रसँग बस्ने पक्षमा देखिँदैन। ४० प्रतिशत सांसद र कार्यकारिणी सदस्य पुर्‍याउन नसक्ने अवस्था देखिँदा महन्थपक्षसँग छुट्टै पार्टी दर्ता गरेर जानुको विकल्प छैन। अन्यथा उनीपक्षमा रहेका कार्यकारिणी सदस्य र सांसदहरु घट्दै जाने सम्भावना देखिन्छ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  २२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल
पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो
सम्बन्धित सामग्री
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयारीका सम्बन्धमा छलफल भएको हो । सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) आज बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाएको हो । सोमबार, वैशाख ७, २०८३
शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्री शाहको कडा निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्... सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्री शाहको कडा निर्देशन सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्