काठमाडाैं- सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप खरिद गर्न चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग सम्झाैता गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पाैडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। उनले पछिल्लो सम्झाैताअनुसार यही असार २४ गतेबाट खोपको आपूर्ति सुरु हुने जानकारी दिएका छन्।
'पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको लागि भएको सम्झौताअनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रुपमा विभिन्न चरणमार्फत् खोप आपूर्ति गर्ने तयारी भएको छ,' विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा खोपको मूल्य र कति मात्राको सम्झाैता भएको भन्नेबारे खुलाइएको छैन। स्वास्थ्य मन्त्रायका एक अधिकारीका अनुसार ४० लाख डोज खोप खरिदका लागि 'नन डिस्क्लोजर' सम्झाैता भएको छ।
उक्त खोप लिनका लागि असार २४ गते नेपाल वायुसेवा निगमको जाहज त्यसतर्फ जाने तयारी गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।