काठमाडौं- सरकारले चीनबाट खरिद गरेको कोरोनाविरुद्धको खोप एक सातापछि नेपाल आइपुग्ने भएको छ।
सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि 'नन डिस्क्लोजर एग्रिमेन्ट' गरेको छ। सोहीअनुसार पहिलो चरणमा १० लाख डोज खोप अर्को साता नेपाल आइपुग्ने भएको हो।
खोप लिनका लागि जुलाई ८ तारिख (असार २४ गते) बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निश्चित भएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए। 'कोभिड खोप लिनका लागि जहाज जाने निश्चित भएको हो,' उनले भने, '१० लाख डोज खोप ल्याउने कुरा छ।'
सरकारले चीनको भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको हो। यसअघि चीन सरकारले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।