काठमाडौं- नायिका केकी अधिकारी १० दिने ‘आर्यमौन विपश्यना ध्यान शिविर’बाट फर्किएकी छन्। पहिलोपल्ट विपश्यनाका लागि गएको भन्दै अनौठो अनुभूति सँगालेको उनले बताएकी छन् ।
यो १० दिनको अवधिमा धेरै मानिस आफ्नो मनमस्तिष्कमा आएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
अझै धेरै कुरा गर्ने मन भएको भन्दै उनले आरामै त हुनुहुन्छ नि भन्ने प्रश्न गरेकी छन् ।
विपश्यनामा जाँदा ध्यानी, पूर्ण रुपमा बाहिरी जनजीवनबाट बेखबर बन्छ । सञ्चारको माध्यम मात्रै हैन, पूर्ण रुपमा आर्यमौनको पालना गर्नुपर्ने भएकाले एक अर्कासँग बोलचालसमेत गर्न पाइँदैन ।
केकीले पात्र सुहाउँदो भूमिकाका लागि भन्दै केही समय अघि मात्रै कपाल खौरिएकी थिइन् । अहिले विपश्यना गएर फर्कँदा धेरैले सामाजिक सञ्जालमा केकी अधिकारीको ब्रेकअप भएको अनुमान लगाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।