काठमाडौं– फिफा विश्वकप फुटबल प्रतियोगिता संसारकै सवैभन्दा लोकप्रिय प्रतियोगिता हो।
आगामी महिना रसिया हुने प्रतियोगिताको भाग लिन संसारबाट २ सय भन्दा बढी राष्ट्रले छनोटमा भाग लिएका थिए। अन्तिम छनोटमार्फत ३२ टिमले विश्वकपमा स्थान पक्का गरेका छन्। विभिन्न छनोट पार गर्दै विश्वकपमा छनोट भएका सवै राष्ट्रले पुरस्कार पाउने व्यवस्था छ। जसको कूल पुरस्कार कम ४३ अर्ब रुपैयाँ (४० करोड अमेरिकी डलर) रहेको छ।
समूह चरणबाटै बाहिरिने १६ टिमको कुल पुरस्कार राशी १२ करोड ८० लाख डलर (१३ अर्ब रुपैंयाँ ) रहेको छ। जहाँ प्रत्येक टिमले ८० लाख डलर (८६ करोड ३२ लाख रुपैयाँ) पाउँनेछन्।
यस्तै अन्तिम १६ बाट बाहिरिने ८ टिमको कुल पुरस्कार राशी ९ करोड ६० लाख डलर (१० अर्ब ३५ करोड रुपैयाँ) रहेको छ। जहाँ प्रत्येक टिमले १ करोड २० लाख अमेरिकी डलर ( १ अर्ब २९ करोड रुपैयाँ) प्राप्त गर्नेछन्।

क्वार्टरफाइनलबाट बाहिरिने ४ टिमको कुल पुरस्कार राशी ६ करोड ४० लाख (६ अर्ब ९० करोड रुपैयाँ) छ। क्वार्टफाइनलबाट बाहिरिने एक टिमले १ करोड ६० लाख डलर (१ अर्ब ७२ करोड रुपैयाँ) पाउँनेछन्।
चौथो हुने टिमलाई २ करोड २० लाख डलर (२ अर्ब ३७ करोड रुपैयाँ) प्रदान गरिनेछ।
तेस्रो हुने टिमले २ करोड ४० लाख डलर ( २ अर्ब ९८ करोड रुपैयाँ) हात पार्नेछ। दोस्रो हुने टिमले २ करोड ८० लाख डलर ( ३ अर्ब २ करोड रुपैयाँ) प्राप्त गर्नेछ।

विश्वकप विजेता टिमले ३ करोड ८० लाख डलर (४ अर्ब १० करोड रुपैयाँ) जित्नेछ।
पुरस्कार राशी :-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।