काठमाडाैं- नेपालमा आज कोरोना संक्रमणको दर हालसम्मकै उच्च कायम भएको छ।
गत २४ घण्टाभित्र पीसीआर परीक्षण गरिएकामध्ये ४७.८६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। यो एकै दिन संक्रमण पुष्टि हुनेमा अहिलसम्मकै सबैभन्दा बढी हो। यसअघि वैशाख २१ गते संक्रमणदर सबैभन्दा धेरै ४७.०३ प्रतिशत कायम भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाभित्र १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार २८७ जनाको नतिजा पोजिटिभ आएको छ। आज संक्रमितको संख्या घटे पनि संक्रमणदर उच्च कायम भएको हो।
शुक्रबार १९ हजार ९८७ जनाको पीसीआर परीक्षणमा नाै हजार २३ जनामा संक्रमण देखिएको थियो। जुन पीसीआर परीक्षणबाट संक्रमण पुष्टि हुने दर ४५.१४ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।