फाइल तस्बिर
काठमाडाैं- कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५३ जनको मृत्यु भएको छ। विभिन्न अस्पतालमा उपचररत उनीहरुको गत २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ।
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणबाट दैनिक करिब ५० जनाको मृत्यु हुँदै आएको छ। कोरोना संक्रमणको तीव्र बन्दै जाँदा अस्पतालहरुमा बेड, आइईसीयू, भेन्टिलेटर तथा अक्सिजनको अभाव देखिएको छ। यसले कोरोना संक्रमणपछि मृत्यु हुने दर उच्च बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।