• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खोप खरिद भित्रको अपराध छानबिन गर 

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २३, २०७८  २१:२३
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दा केही कुरा निकै गर्वसाथ सुनाए। अप्ठ्याराकै बीच सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने प्रक्रिया शुरु गरिएको भन्दै उनले सम्बोधनमा भने– ‘आफ्ना देशवासीलाई कोरोनाबिरुद्धको खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं। हालसम्म करिब २१ लाखलाई पहिलो डोज खोप लगाइसकिएको छ। अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप पनि लगाइसकेका छन्।’ 

प्रधानमन्त्रीले त्यसक्रममा मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपसँगै सरकारले आफै आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको समेत उल्लेख गरेका थिए। 

प्रधानमन्त्रीको यो दाबीले यथार्थसँग कति तादाम्य राख्छ भन्ने आफ्नो ठाउँमा छ, उनले यस्तो सम्बोधन गरिरहँदा भने स्वास्थ्य मन्त्रालय अन्तर्गत्को परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाले कोरोनाविरुद्धको खोप स्थगन गरेको एक साता बितिसकेको थियो। वैशाख १५ गते नै कोरोना संक्रमण तीब्र बनेका बेला खोप लगाउन बढेको भीडभाडले जोखिम बढाएको भन्दै अनिश्चितकालका लागि खोप अभियान स्थगित गरिएको थियो। तर्क यस्तो गरिए पनि त्यसको खास कारण चाहिँ अभियानलाई निरन्तरता दिने खोप उपलब्ध नहुनु थियो जसलाई अभियान रोक्दा उल्लेख गर्न खोजिएन। 

अभियान चलिरहेका बेला खोप अभाव हुनुको खास कारण भने प्रधानमन्त्रीले सम्बोधन गरेकै दिन सञ्चारमाध्यमहरुमा छताछुल्ल भएको छ। प्रमुख राजनीतिक नेतृत्वको संरक्षणमा रहेका केही ‘कमिसन एजेन्ट’ले खेलेको घृणित खेलकै कारण खोप आयात रोकिएको र त्यहीकारण लाखौं नेपाली खोप लगाउनबाट बञ्चित भएको तथ्य बाहिर आएको छ। हाम्रो बुझाइमा कोरोना संक्रमणको दोस्रो लहरले देश भयावह संकटमा परेका बेला उजागर भएको यस्तो चलखेल हदैसम्म घृणित कार्य मात्र होइन, अक्षम्य अपराध हो। 

यो कति गम्भीर अपराध हो भन्ने बुझ्न खोप खरिद प्रक्रिया के थियो भनेर हेर्नुपर्छ। सरकारले सबै नागरिकलाई खोप लगाउने लक्ष्यसहित भारतबाट कोरोनाविरुद्धको खोप खरिद गर्ने निर्णय गर्दै पुनास्थित सेरम इन्स्टिच्यूटले उत्पादन गरेको २० लाख डोज कोभिसिल्डका लागि फागुन ५ गते पैसा पठाएको थियो। शुरुमा भारतबाट अनुदानमा प्राप्त खोपबाट ‘फ्रन्टलाइन’का स्वास्थ्यकर्मीलगायतलाई खोप लगाउन शुरु गरिसकेको सरकारले त्यसपछि सेरमले १० लाख डोज खोप पठाएपछि खोप अभियान नै घोषणा गर्‍यो। त्यहीबेला प्रधानमन्त्री ‘ओलीले तीन महीनाभित्र सम्पूर्ण नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइने’ सगर्व घोषणा गरे। अनि सेरमबाटै थप ५० लाख डोज खोप खरिद गर्न सरकारले अर्को प्रक्रिया तत्कालै अघि बढायो। तर, ५० लाख डोज खोप खरिदको प्रक्रिया त लथालिंग भयो नै, पैसा तिरिसकेको बाँकी १० लाख डोज खोप पनि अहिलेसम्म आइपुगेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यो तिनै ‘कमिसन एजेन्ट’को चलखेलको नतिजा हो जो सरकारले सिधै सेरमसँग ५० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढाएपछि ‘हुकम इन्टरप्राइजेज’ नामको कम्पनीका नाममा सक्रिय भएका थिए। नेपालस्थित सेरमको एजेन्ट कम्पनी हो, हुकम। त्यसपछि यो कम्पनीका नाममा चलखेल यसरी बढ्यो कि एकाएक खोपको मूल्य बढाइयो। केही दिनअघि एउटा मूल्यमा नेपाल सरकारलाई खोप बिक्री गरेको सेरमले यो चलखेलपछि एजेन्टका लागि १० प्रतिशत कमिसनसमेत जोडेर नयाँ मूल्य प्रस्ताव गर्‍यो। त्यसरी कमिसनका रुपमा बढाइएको मूल्य मात्र फागुन अन्तिम साताको डलरको सटही दरअनुसार ३२ करोड १७ लाख ५० हजार थियो।

यो चलखेलपछि खोप खरीद प्रक्रियामै ‘लफडा’ निम्तियो। र, त्यहीबीचमा भारतमा कोरोनाको दोस्रो लहर तीब्र बन्यो। अनि खोप आयातमा अनेक व्यवधान देखापरे। परिणाम, खोप आउनै सकेन। यो चलखेल नभइदिएको भए भारतमा कोरोनाको दोस्रो लहर शुरु नहुँदै ५० लाख डोज खोप आइपुगिसक्ने थियो। त्यसबाट नेपालीको ठूलो संख्याले खोप लगाइसकेको हुन्थ्यो। तर, त्यो नहुँदा स्वास्थ्यमन्त्री स्वयंले ‘एजेन्टहरुको चलखेलका कारण खोप ल्याउन नसकिएको’ निरीहता सार्वजनिक रुपमै सुनाउँदै हिँड्नुपरेको छ। स्वास्थ्यमन्त्री र उनीनिकटबाट चुहिएका सूचनाहरुले खोप खरिदमा चलखेल गर्ने एजेन्टहरु प्रधानमन्त्री ओलीसँगै निकट सम्बन्धमा रहेकाहरु भएको बताइरहेका छन्। 

संसारभर भएका पछिल्ला अध्ययनले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा संक्रमण भइहाले पनि स्वास्थ्य जटिल हुने सम्भावना निकै कम देखाएको छ। स्वास्थ्य जटिल भएर पनि मृत्यु हुने सम्भावना त खोप लगाएकामा अझ कम हुन्छ। अध्ययनहरुको निचोड छ– खोप लगाएका व्यक्तिमा संक्रमण भइहालेमा प्रति १० हजारमा ४ जनाको मात्र ज्यान जान सक्छ भने खोप नलगाउनेमा संक्रमण हुँदा प्रति १० हजारमा १०३ जनाको मृत्यु हुने जोखिम रहन्छ। अहिले कोरोना संक्रमण, संक्रमितको मृत्यु र त्यसमा पनि स्वास्थ्य जटिल भएका संक्रमितको संख्या जुन रुपमा बढिरहेको छ, त्यसले अगाडिका दिनको थप कहालीलाग्दो तस्वीर देखाउँछ। समयमै खोप आएको भए त्यसले केही लाखकै संख्याका नेपालीलाई भए पनि यो अवस्थाबाट जोगाउँथ्यो र यस्तो भयावह परिदृष्य सम्भवतः धेरै हदसम्म कम गर्न सकिन्थ्यो। आम नेपालीको जीवनमाथि सिधै खेलवाड गरिएको यो चलखेल यसकारण अक्षम्य अपराध हो।

Xtrem
Xtrem

यस्तो संकटपूर्ण घडीमा पुग्नुअघि नै नेपालीको ठूलो संख्याले खोप पाइसक्ने सम्भावना हुँदाहुँदै त्यसलाई नियोजित रुपमा पर धकेल्ने यो अपराधमा संलग्नहरु को हुन्? तिनलाई कसको संरक्षण छ? यसबारे शीघ्रातीशीघ्र छानबिन र दोषीमाथि कारबाही हुनुपर्छ। प्रधानमन्त्री ओलीमाथि नै यसबारे जसरी सार्वजनिक प्रश्न उठेका छन्, उनीबाटै यो पहलकदमी झन् बढी अपेक्षित छ। झण्डै ३९ महिनाअघि सिंहदरबार प्रवेश गर्दा ‘भ्रष्टाचार नगर्ने, भ्रष्टाचार नसहने’ उद्घोष गरेका प्रधानमन्त्री ओलीका लागि आफ्नो घोषणालाई सिद्ध गर्ने उपयुक्त अवसर आएको छ, खोप खरिद प्रकरणका रुपमा। आफ्नै क्याबिनेट वा सचिवालयका सदस्यहरु यसमा संलग्न छन् भने तत्काल छानबिन गरेर दण्डित गर्ने अग्रसरता प्रधानमन्त्रीले देखाउनुपर्छ। 

तर, संकेत राम्रा देखिएका छैनन्। यो चलखेल फागुन अन्तिम सातादेखि नै उजागर हुन थालेपनि यसलाई मुलुकका प्रमुख कार्यकारीदेखि राज्य–संयन्त्रहरुले देखेको नदेख्यै गरे। पछिल्लोपटक यो प्रकरण छताछुल्ल नै भइसक्दा पनि सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई दण्डित गर्ने कुनै तत्परता देखिएको छैन। बरु जसले नेपालीलाई खोपबाटै बञ्चित गर्ने अपराध गर्‍यो, सरकारले त्यही कम्पनीलाई भारतबाट खोप आयात गर्ने जिम्मा सुम्पेको छ। महामारीको मारमा पिल्सिएका नेपालीमाथिको अपमान अनि जनउत्तरदायी शासनको उपहास हो यो।

प्रधानमन्त्री ओलीले बुझ्नुपर्छ– यस्तो बेला पनि निहित स्वार्थनिम्ति आमजनको जीवन जोखिममा पार्ने कार्य भ्रष्टाचार–अनियमितता मात्र होइन, जघन्य अपराध हो। र, यो अपराधमा जोकोही संलग्न भए पनि उन्मुक्ति पाउनुहुन्न। मुलुकका प्रमुख कार्यकारीबाट यो पहल हुँदैन भने जननिर्वाचित विधायिका, सांसदहरु र प्रमुख प्रतिपक्षलगायतका दलहरु यसमा अग्रसर हुनैपर्छ। सरकारको फितलो तयारी र महामारीसँग जुध्ने तत्परता अभावले कोरोना संक्रमितको विचल्ली छ, कैयौंले अक्सिजनसम्म नपाएर अकालमै ज्यान गुमाइरहेका छन्। यस्तो बेला पनि खोप खरीद प्रकरणको अपराध छानविन भएन भने आम नेपालीको जीवन जोगाउने एउटै उपाय बनेको खोपको आशा नै तुहिनेछ। त्यसले सत्ताको छिनाझप्टीमा तल्लीन सत्तापक्षसँगै प्रतिपक्षी दलहरुलाई समेत इतिहासमा अक्षम्य अपराध गरेको रुपमा दर्ज गर्नेछ।   

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्