• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
धनगढीमा कोरोना संक्रमणदर उच्च बन्दै, उपमहानगरको नियन्त्रण प्रयास फितलो
64x64
शेरबहादुर ऐर बुधबार, वैशाख २२, २०७८  ०७:४५
1140x725

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा पछिल्लाे समय  कोरोना संक्रमणको दर उच्च बनेको छ। उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्म उपमहानगरपालिकाभित्र सक्रिय संक्रमितको संख्या ८८४ पुगेको छ।

समग्र कैलाली जिल्लाको तुलनामा उपमहानगरपालिकामा संक्रमणदर उच्च रहेको तथ्यांकले देखाएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार कैलालीमा सोमबारसम्म एक हजार २४६ सक्रिय कोरोना संक्रमित रहेका छन्।

धनगढी उपमहानगरपालिकामा पछिल्लो सात दिनको अवधिमा ६६८ जना संक्रमित थपिएका छन्। उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार वैशाख १४ मा १२७ जना संक्रमित थपिएका थिए। त्यस्तै, वैशाख १५ गते १४२, १६ गते ११०, १७ गते ४८, १८ गते ८७, १९ गते १०१ र २० गते ५३ जना नयाँ संक्रमित थपिएका छन्।

उपमहानगरपालिकाका अनुसार वडा नम्बर ५ मा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यहाँ १४५ पुरुष र ७४ महिला गरी २१९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, वडा नम्बर १ मा ९२ पुरुष र ५३ महिला गरी १४५ सक्रिय संक्रमित रहेका छन्।

कोरोना संक्रमणबाट हालसम्म उपमहानगरपालिकाभित्र २२ जनाको मृत्यु भइसकेको छ। उपमहानगरपालिकाभित्र हालसम्म नौ हजार ८६० जनाको नमूना परीक्षण गरिएको जानकारी दिइएको छ। हालसम्म उपमहानगरपालिकामा तीन हजार ६७१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

उपमहानगरपालिकामा भयावहरुपमा संक्रमण फैलिँदै गए पनि नियन्त्रण तथा रोकथामका लागि उपमहानगरपालिकाको काम सुस्त देखिएको छ। उपमहानगरपालिकाले संक्रमितको तथ्यांक संकलन गर्नेबाहेक अन्य काम गर्न नसकेको स्वास्थ्य शाखाले स्वीकार गरेको छ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेब लक्ष्मीराज उपाध्यायले भने, 'अहिलेसम्म सीमानाकामा होल्डिङ सेन्टर स्थापना गरिएको छैन। संक्रमितको उपचारका लागि आइसोलेसन पनि छैन। भारतबाट फर्केकाहरूको सीमानाकामा एन्टिजेन परीक्षणबाट पोजिटिभ आए उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीस्थित आइसोलेसनमा राखेर पठाउने गरिएको छ। तर, होम आइसोलेसनमा रहेका व्यक्तिहरूको निगरानी गर्ने कुनै संयन्त्र नै बनेको छैन।'

गत वर्ष (२०७६ साल) चैतमा एक जनामा संक्रमण देखिनुअघि नै उपमहानगरपालिकाले नियन्त्रण तथा संक्रमण फैलन नदिन 'होल्डिङ सेन्टर'देखि होम आइसोलेसनमा रहेका व्यक्तिहरूको निगरानीको व्यवस्था गरेको थियो। त्यस्तै, भारतका विभिन्न राज्यबाट फर्केका नेपालीहरूलाई उपमहानगरपालिकामा होम आइसोलेसनमा राख्ने र त्यहाँ बसेका व्यक्तिहरूको निगरानी गर्ने तथा उनीहरूको अभिलेख राख्ने जिम्मेवारी वडाका प्रतिनिधिहरूलाई दिइएको थियो।

Ncell 2
Ncell 2

स्वास्थ्य शाखाका अहेव उपाध्यायले अहिले कनरीस्थित आइसोलेसन व्यवस्थापनको जिम्मा जिल्ला स्वास्थ्य कार्यालयले लिएको बताए। उपमहानगरपालिकाले सीमानाकामा कोरोना पोजिटिभ पुष्टि भएका व्यक्तिहरूलाई आइसोलेसन सेन्टरसम्म पुर्‍याउन एक गाडी र एम्बुलेन्सको व्यवस्था गरेको छ।

अहेव उपाध्यायले मंगलबार नगरप्रमुख नृपबहादुर वडको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले गेटा मेडिकल कलेजमा ५०० बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको बताए। वडा नम्बर १३ का वडाध्यक्ष विजयराज जोशीले पनि संक्रमण फैलन नदिन प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे। यो वर्ष स्थानीय तहले कोरोना नियन्त्रणका लागि बजेट विनियोजनसमेत नगरेको उनको भनाइ छ।

उपमहानगरपालिकाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका प्रयासहरू अघि बढाउन वडा नम्बर ८ का अध्यक्ष नारायण बराललाई गत वर्ष कोभिड-१९ का सम्पर्क व्यक्ति तोकेको थियो। 'यस वर्ष हामीले कोरोना संक्रमितको तथ्यांक लिने, सीमानाकामा कोरोना पोजिटिभ पुष्टि भएकाहरूलाई कनरी आइसोलेसनमा पुर्‍याउनेबाहेक अरु काम गर्न सकेका छैनौं,' वडाध्यक्ष बरालले भने। फेरि पुरानै समितिलाई जिम्मेवारी दिने र संक्रमण नियन्त्रणका लागि आवश्यकता अनुसारका गतिविधि अघि बढाउनेबारे सामान्य छलफल भएको उनले बताए। 

वडाध्यक्ष बरालले एक/दुई दिनपछि बैठक बसेर १९ वटै वडामा आवश्यकता अनुसार क्वारेन्टिन स्थापना गर्ने र आइसोलेसन बनाउने लगायतका कुरा सम्पूर्ण वडामा सर्कुलर गरिने बताए।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले अहिले उपमहानगरपालिकाले कोभिड नियन्त्रणका लागि भनेर कुनै रकम विनियोजन नगरिएको जानकारी दिए। उनले भने, 'उपमहानगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाटै आवश्यकता अनुसार कोरोना नियन्त्रणका लागि रकम खर्च गरिनेछ।'

उनका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा विपद् व्यवस्थापन कोषमा एक करोड १२ लाख ७१ ह्जार रुपैयाँ विनियोजन गरेकोमा हालसम्म ६९ लाख ३० हजार रकम खर्च भइसकेको छ। यो रकम कोरोना नियन्त्रण तथा संक्रमण रोकथामका लागि खर्च नभएको उनले बताए। विपद् सामग्री खरिद र आगलागीबाट पीडित भएका व्यक्तिलाई राहतलगायतमा खर्च भएको उनको भनाइ छ।

उपमहागनरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा ससर्त अनुदानअन्तर्गत २६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएकोमा पाँच लाख २५ हजार र अन्य अनुदानअन्तर्गतको एक करोड दुई लाख रुपैयाँ विनियोजन गरेकोमा ९५ लाख ८७ हजार रुपैया खर्च भएको जानकारी दिएको छ।

उपमहानगरपालिकाले गत वर्ष कोरोना नियन्त्रणका लागि भनेर स्थापना गरेको कोषमा व्यक्ति तथा संस्थाबाट १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको थियो। उक्त रकम आइसोलेसन व्यवस्थापन, सरसफाइ सामग्री खरिद, क्वारेन्टिन सेन्टरमा रहेकाहरूको खानाको व्यवस्थालगायतमा खर्च भएको जनाइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
स्वास्थ्य एकाइ स्थापना भएको ११ वर्ष पछि आफ्नै भवनबाट सेवा सुचारु आइतबार, जेठ २५, २०८२
विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दै आइतबार, जेठ २५, २०८२
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ७५ जनाभन्दा बढीको मृत्यु आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु आइतबार, जेठ २५, २०८२
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्