• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सुदूरपश्चिममा आईसीयू खोज्दाखोज्दै संक्रमितको मृत्यु हुँदै (कहाँ कति शय्या?)

64x64
शेरबहादुर ऐर आइतबार, वैशाख १९, २०७८  २२:५४
1140x725

धनगढी- टीकापुर नगरपालिका वडा नम्बर ७ का ४६ वर्षीय युवामा श्वासप्रश्वासको समस्या थप जटिल बन्दै गयो। मंगलबार सेती प्रादेशिक अस्पताल पुगेका उनले आईसीयूसहितको भेन्टिलेटरमा भर्ना हुन खोज्दा पाएनन्। 

सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाएपछि उनले धनगढीस्थित निजी अस्पतालमा भेन्टिलेटर खोजे तर, पाएनन्। बुधबार भेन्टिलेटर र अक्सिजन अभावका कारण उनले ज्यान गुमाउनुपर्यो। 

मृतक युवाका भाई गणेश क्षेत्रीले भने ‘सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर थिएन। हामीले बोकेको अक्सिजन ग्यास पनि सकिँदै थियो। दाजुलाई समयमै भेन्टिलेटरमा नराख्दा ज्यान गुमाउनुपर्यो।’ गणेशका अनुसार ती युवकमा तीन दिनअघि नै गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो।

सेती प्रादेशिक अस्पतालले अस्पतालमा पाँच वटा भेन्टिलेटर रहेको दाबी गरेको छ भने प्रदेश स्वास्थ्य निर्देशनालयले सेतीमा १० वटा भेन्टिलेटर रहेको दाबी गरेको छ।

४६ वर्षीय युवा आएको दिन मंगलबार भेन्टिलेटरमा दुई जना बिरामी भर्ना भएका थिए। बुधबार सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा थप एक जनालाई भर्ना गर्दा तीन जना पुगेको थियो। मंगलबार नै भेन्टिलेटर अभाव देखाउँदै ४६ वर्षीय युवालाई अस्पतालले भर्ना गर्न नमानी अन्यत्र पठाएको थियो। गणेशले भने ‘भेन्टिलेटरमा भर्ना गर्न पनि पहुँच चाहिँदो रहेछ। जो मसंग थिएन। मैले धेरैसंग गुहार मागे तर, दाइलाई बचाउन सकिएन।’

ती युवाजस्तै अहिले सेतीमा जटिल अवस्थामा भेन्टिलेटर खोजिरहेका बिरामीहरुले भर्ना पाउन सकेका छैनन्। 

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १२ वटा स्वास्थ्य संस्था गरि ३४ जनालाई भर्ना गर्न सकिने गरि भेन्टिलेटरको व्यवस्था छ। निर्देशनालयले प्रदेशभरी ३४ भेन्टिलेटर रहेको दाबी गरे पनि कतिपय स्वास्थ्य संस्थामा जनशक्ति नहुँदा सञ्चालनमा छैनन् भने कतिपयमा मर्मत नहुँदा बन्द अवस्थामा रहेको छ। 

सुदूरपश्चिम प्रदेश सरकारले छ महिनाअघि प्रदेशको बाजुरा, डोटी, टीकापुर, अछाम, बझाङ र दार्चुला अस्पतालमा दुई/दुई वटा भेन्टिलेटर स्थापना गर्ने भन्दै उपकरणहरु जडान गरेको थियो। तर, अहिलेसम्म जनशक्ति अभाव हुँदा सञ्चालनमा आउन सकेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अस्पतालभरी अहिलेसम्म १४ वटा भेन्टिलेटर रहेको जानकारी दिए। ‘अस्पतालमा १४ वटा भेन्टिलेटर रहेका छन तर, कोभिड बिरामीका लागि मात्र पाँच वटा भेन्टिलेटरको व्यवस्था गरिएको छ,’ उनले भने ‘पाँच वटा मध्ये दुई वटा बिग्रेकोले अहिले तीन वटामात्र सञ्चालनमा छन्।’ उनले प्रदेश सरकारलाई जानकारी गराएपनि अहिलेसम्म मर्मत हुन नसकेको बताए।

उनले कोभिड बिरामीलाई सकेसम्म आईसीयूमै राखेर उपचार गरिने गरेको बताए। उनले भने, ‘सकभर आईसीयूमै उपचार गरिरहेका छौं। अवस्था एकदमै जटिल भएमात्र भेन्टिलेटरमा राखिन्छ। अहिलेसम्म भेन्टिलेटर नपाएर कतिलाई फर्काइयो भन्ने अभिलेख छैन।’

कोभिड–१९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङ, बाजुरा, बैतडी लगायतका स्वास्थ्य संस्थामा भेन्टिलेटर अहिलेसम्म सञ्चालन हुन नसकेको जनाइएको छ। बझाङमा सञ्चालनमा ल्याइएका आईसीयू र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द छ। आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा नआउँदा अस्पतालले जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर पठाउनु पर्ने बाध्यता रहेका जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए।

शुक्रबारसम्म प्रदेशका चार वटा स्वास्थ्य संस्थामा नौ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको जनाइएको छ। सेती प्रादेशिक, डडेल्धुरा अस्पतालमा तीन/तीन, महाकाली अस्पतालमा दुई र जिल्ला अस्पताल दार्चुलामा एक जनाको उपचार भइरहेको जनाइएको छ।

प्रदेश सरकारको प्राथमिकता एमआरआई
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्दै जाँदा भेन्टिलेटर र अक्सिजन अभावको समस्या संक्रमितहरुले झेल्दै आइरहेका छन्। तर, प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि एमआरआई खरिद प्रक्रिया अघि बढाएको छ।  

प्रदेश सरकारले यही १४ गतेमात्र एमआरआइका लागि बोलपत्र आह्वान गरिसकेको छ। प्रदेश सरकारको ११ करोड ९९ लाख र झण्डै दुई करोड अन्य गरी १४ करोडमा उक्त उपकरण खरिदको तयारी थालिएको जनाइएको छ। अस्पतालले १३ करोड ३२ लाख रुपैयाँमा एमआरआई उपकरण जडानका लागि बोलपत्र आह्वान गरेको छ।

सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले भने, ‘कोरोना महामारी शुरु हुँदैदेखि यसको महामारी नियन्त्रण र संक्रमितको उपचारका लागि प्रदेश सरकारले जोड दिनुपर्ने थियो तर, प्रदेश सरकारको ध्यान अन्यत्र छ।’ उनले अहिले एमआरआई भन्दा पनि प्रदेश सरकारले आईसीयू, भेन्टिलेटर, अक्सिजन व्यवस्था लगायतमा जोड दिनुपर्ने सुझाव दिए।

प्रदेशका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा मात्रै अक्सिजन उत्पादन गर्ने युनिट छ। अन्य अस्पतालहरुमा युनिट जडान गर्नतर्फ सरकारी पक्षले समयमै ध्यान दिन नसकेको भन्दै आलोचना हुन थालेको छ।

कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय युवा १० गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल भर्ना भए। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अक्सिजन सिलिण्डरको आवश्यक परेको थियो। सेती प्रादेशिक अस्पतालमा सिलिण्डर नभएपछि आफैं व्यवस्थापन गर्न अस्पतालले सुझाब दिएको थियो। ती युवकका आफन्तले भने, ‘अस्पतालमा अक्सिजन सिलिण्डर छैन भने आफैले धेरै ठाउँ खोजे कतै पाएन। अहिले अस्पतालभित्रै रहेको अक्सिजन प्लान्टको प्रयोग गरि उपचार भइरहेको छ। चिकित्सकहरुले अहिले सिलिण्डर आवश्यक नभएको प्रतिक्रिया दिएका छन्।’

सेती प्रादेशिक अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट भने माग अनुसार पूर्ति गर्न नसकिएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। उनले भने, ‘यहाँ रहेको अक्सिजन प्लान्टको क्षमता भनेको ४७ किलोको प्रति दिन ७५ सिलिण्डर उत्पादन गर्छ। तर, अहिलेको अवस्थामा एक सय ५० भन्दा बढी सिलिण्डर प्रयोग भइरहेको छ। यसका लागि हामीले ७० भन्दा बढी सिलिण्डर खरिद गरेर प्रयोगमा ल्याइरहेका छौं।’ 

सेती प्रादेशिक अस्पतालमा आउने जटिल खालका विरामीहरुलाई अहिले भेन्टिलेटर र अक्सिजन अभाव हुने गरेको गुनासो बढीरहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पहल गर्न सकेको छैन।

महाकाली अस्पतालमा कोभिड संक्रमणका बिरामीहरु बढेपछि अक्सिजनको अभाव हुन थालेको अस्पतालले जनाएको छ। महाकाली अस्पतालमा दैनिक १५ सिलिण्डर अक्सिजन खपत हुने गरेकोमा अस्पतालमा हाल ५ सिलिण्डर अक्सिजन मात्रै उत्पादन गर्ने यूनिट रहेको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए। उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यता अनुसार अक्सिजन दिन नसकेको बताए। 

‘आवश्यकता अनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि अक्सिजन मगाएका छौं,’ डाक्टर रोकायाले भने, ‘संक्रमण बढ्दै जाँदा व्यवस्थापनको निकै समस्या भएको छ।’ ५० शय्याको कोभिड अस्पताल, कञ्चनपुरमा कोभिड बिरामी भरिभराउ रहेकोले समस्या उत्पन्न भएको डाक्टर रोकायाले बताए।

डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जगदीशचन्द्र विष्टले अस्पतालले प्रतिदिन २७ सिलिण्डर उत्पादन गरिरहेको बताए। ‘अहिले अस्पतालमा १६ बिरामी छन्। हामीले ११ बिरामीलाई मात्र अक्सिजन उपलब्ध गराउन सकेका छौं,’ उनले भने, ‘अस्पतालमा अक्सिजन अभाव हुँदा बिरामीहरुलाई अक्सिजन सेवा दिन सकिएको छैन।’ उनले प्लान्ट थप्न पनि एक/दुई महिना लाग्ने र बजारमा पनि सिलिण्डर नहुँदा कुनै पनि विकल्प नभएको बताए। उनले अहिले सिलिण्डर पनि फिलिङ पनि गर्न नसकिएको बताए। 

टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजनसहितको २० श्ययाको अक्सिजन जडानसहितको आइसोलेशन वार्ड तयार गरिएको छ। कोरोना भाइरसका बिरामी बढ्न थालेसँगै अस्पतालले आफ्नो तयारीलाई तीव्ररुपमा अगाडि बढाएको हो। अस्पतालले पहिले पनि आइसोलेशन बनाएको भए पनि संक्रमण दर कम भएपछि हटाएको थियो। संक्रमणस्थित भन्दा बाहिर गइसकेको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राइले अस्पतालको क्षमता अनुसार तयारी पूरा गरिएको बताए।

‘हामीसँग पर्याप्त जनशक्ति पनि छैन। प्रविधि भए पनि सञ्चालनका लागि जनशक्ति नहुँदा समस्या भएको छ,’ मेडिकल सुपरिटेन्डेन्ट राइले भने, ‘कोरोना परीक्षण नहुँदा मात्रै हामीलाई सामान्य लागेको छ। परीक्षण हुने हो भने कोही पनि अछुतो रहने अवस्था छैन।’

क्षमताभन्दा बढी संक्रमित
सेती प्रादेशिक अस्पतालअन्तर्गतको अस्थायी कोभिड–१९ अस्पतालमा ५५ बेड रहेको छ। अस्पतालमा अहिले ५७ कोरोना संक्रमित भर्ना भएका छन्। अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भर्ना भएपछि अस्पतालको ग्यालेरीमा राखेर भएपनि व्यवस्थापन गरिएको छ।सेती प्रादेशिक अस्पतालका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेड र अक्सिजनको अभाव हुन लागेको छ। सूचना अधिकारी श्रेष्ठका अनुसार शुक्रबारसम्म अस्पतालमा तीन जना भेन्टिलेटर, नौ जना आइसियू, ३५ जनालाई अक्सिजनको सर्पोट र १० जना मध्यम उपचारमा रहेका छन। टीकापुर अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको छ।

महाकाली प्रादेशिक अस्पतालमा ४४ जना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये पाँच जना आईसीयू, दुई जना भेन्टिलेटरमा रहेका छन।

डडेल्धुरा अस्पतालमा १५ जना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये आठ जना आईसीयू र तीन जना भेन्टिलेटरमा रहेका छन। 

प्रदेशभर शुक्रबारसम्म एक सय ३७ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।


No description available.

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सुदूरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस आइतबार, साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासनालाई आइतबार, साउन ३१, २०८३
वर्षासँगै देशभरका १४ सडकखण्ड अवरुद्ध, यातायात प्रभावित आइतबार, साउन ३१, २०८३
एट्लेटिको पुगे रोमेरो आइतबार, साउन ३१, २०८३
काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री हुँदै, किन्न नागरिकता वा राष्ट्रिय परिचयपत्र लैजानुपर्ने आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्