• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘गोरे’को खुलासा– नेपालमा हुने सुन तस्करीमा दाउदको कनेक्सन

64x64
नेपाल लाइभ मंगलबार, जेठ ८, २०७५  १५:३०
1140x725

काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्यामा पक्राउ परेका चूडामणि उप्रेती ‘गोरे’ले नेपालमा हुने सुन तस्करीमा कुख्यात अन्डरवल्र्ड डन दाउद इब्राहिम  समूहको समेत संलग्नता रहेको बताएका छन्। गृह मन्त्रालयको विशेष अनुसन्धान समितिलाई दिएको बयानमा उनले यस्तो बताएका हुन्। 

गोरेलाई समितिले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो। सार्वजनिक गर्नुअघि भिडियोमा उनको बयान रेकर्ड गरिएको थियो। बयानमा उनले आफू सुन तस्करीको व्यवस्थापक मात्र भएको र मुख्य लगानीकर्ता दाउद समूहसँग मिलेको बताएका हुन्। समितिको अनुसन्धानमा दुबईबाट एक समूहले सुन पठाउने गरेको पाइएको छ। दुबईलाई दाउदको आधारभूमि मानिन्छ।

स्रोतका अनुसार, गोरेले सुन तस्करीमा ५ जना मुख्य लगानीकर्ता भएको बताएका छन्। मोहन अग्रवाल, भुजुङ गुरुङ, डा डेविड भन्ने छिरिङ घले नेपालका मुख्य लगानीकर्ता भएको उनको भनाइ छ। यसका साथै तस्करीमा दुई भारतीय व्यापारीको पनि लगानी रहेको उनले बताएका छन्। जैन भनिने कोलकाताका एक व्यवसायी र उनका साथीको विवरण गोरेले समितिलाई दिएका छन्। 

‘उनीहरु दाउदकै मान्छे हुन्’, बयानमा उनले भनेका छन्, ‘धेरैजसो सुन उनीहरुले नै भारत लैजाने गर्थे। नेपालमा त यसको बजार नै छैन।’

सुन तस्करीमा दुबईदेखि नै दाउद समूहसँग सम्पर्क रहेको गोरेको दाबी छ। विमानस्थलबाट भित्रिएको करिब ३८ सय किलो सुन दुबईबाटै आएको थियो। दुबईबाट सुन पठाउने हरिशरण खड्काको पनि दाउदको समूहसँग सम्बन्ध रहेको सूचना उनले प्रहरीलाई दिएका छन्। खड्का लामो समयदेखि दुबईमा बसेर सुन र हुन्डीको धन्दा गर्दै आएका छन्। उनी गत वर्ष सिआइबीले बरामद गरेको साढे ३३ किलो सुनका पनि फरार अभियुक्त हुन्। 

अनुसन्धान समितिका संयोजक ईश्वरराज पौडेल गोरेले थप केही सूचना दिएको र त्यसमा अनुसन्धान भइरहेको बताउँछन्।

अनुसन्धान समितिका अनुसार, समूहले पछिल्लो ५ वर्षमा ३८ सय किलो सुन तस्करी गरेको थियो। त्यसमध्ये ८० प्रतिशत सुन भारत जाने गरेको थियो। 

‘सुनको पैसा पनि धेरैजसो भारतबाटै हुन्डीमार्फत दुबई जाने गरेको देखिन्छ’, स्रोत भन्छ, ‘गोरेको बयान र केही तथ्यहरु हेर्दा दाउद समूहका व्यक्तिहरु यसमा आबद्ध नहोलान् भन्न सकिन्न।’

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धान समिति समक्ष गोरेले सुनमा आफ्नो लगानी नभएको दाबी गरे पनि उनको पनि तस्करीमा थोरै लगानी हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। 

दुबई पुलिसको जागिर छाडेर पहिले पनि तस्करीमा 

यो समूहमा आबद्ध हुनुभन्दा पहिले पनि गोरे सुन तस्करीमा संलग्न रहेको खुलेको छ। पहिला आफूले थोरै परिमाणमा सिंगापुर समेत पुगेर सुन तस्करी गर्ने गरेको उनले बताएका छन्। 

पछि गिरोहमै आबद्ध भएपछि उनले अन्य युवकहरुलाई समेत भरियाका रुपमा प्रयोग गरी व्यवस्थापकको भूमिका खेलेका थिए। त्यसमा आफू पनि लगानी गर्ने र प्रहरीसँग पनि सेटिङ मिलाउन थालेका थिए।

Xtrem

Xtrem

विमानस्थलको सेटिङबारे भने सबै भुजुङ गुरुङले मिलाएको उनले बताएका छन्। गुरुङले विमानस्थलका धेरै प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएको उनको भनाइ छ। प्रहरीसँगको लिङ्कबारे फरार रहेका छिरिङ घलेलाई समेत थाहा भएको उनको दाबी छ। 

दुबई पुलिसमा भर्ना भएका गोरे त्यहाँ जागिर छाडेर सुन तस्कर समूहसँग नजिक भएका थिए। सुरुमा उनी गहनाका रुपमा थोरै मात्र सुन ओसारपसार गर्न संलग्न हुनेगरेको खुलेको छ।

‘सुन भुजुङले नै लुटेका हुन्’ 

गोरेले माघ ९ गते भुजुङ गुरुङकै समूहले सुन लुटेको दाबी गरेका छन्। केही समययता मोहन अग्रवाल र गुरुङबीच मनमुटाव भएकाले उनीहरुले नै सुन लुटेको उनको दाबी छ। थाई एयरलाइन्सका कर्मचारी सानु वनले गोरेलाई दिनका लागि विमानस्थलबाट लिएर गएको सुन पुरानो बानेश्वरमा लुटिएको थियो। वनको विमानस्थलमै गाडीको ठक्करबाट मृत्यु भइसकेकाले सो घटना रहस्यमय छ।

गोरेलाई मंगलबार बिहान चावहिल गौरीघाटबाट पक्राउ गरिएको अनुसन्धान समितिले जनाएको छ। उनलाई मंगलबार नै मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनको बयान बुधबारदेखि सुरु हुनेछ।

पक्राउ पर्नुअघि उनले मुद्दालाई प्रभावित गराउन आफू असुरक्षित रहेको भनेर आफन्तमार्फत सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्नेदेखि मानवअधिकारवादी संगठनहरु समेत गुहारेका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्