• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोनाको पहिलो लहरमा भएका ५ गल्ती : डा भगवान कोइराला भन्छन्- फेरि त्यसैलाई नदोहोर्‍याऔं
64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  २३:०४
1140x725

भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेसन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ। अहिलेको लहरमा आएको भाइरस म्युटेसन र भेरियान्ससहित आएको भनिएको छ। यसको प्रकृति फरक छ, सर्ने क्षमता पनि बढेको छ र संक्रमण कडा बनाउने चरित्र पनि रहेको बताइएको छ। यो लहर आउनुमा सरकार वा नागरिकको दोष होइन, किनभने यो भाइरसको चरित्र हो। तर यसलाई फैलाउनुमा हामी दोषी छौं।  

विगतको लहरमा हाम्रो देश अलि तातेको हो। चाँडै लकडाउन गर्‍यो। त्यसका पीडा पनि नागरिकले भोगे। तर, अघिल्लो वर्ष ठिकै नियन्त्रण गरेको मान्नुपर्छ। सवै समस्याका बाबजुद पनि तीन हजार कमको क्षतिमा उम्कियौं। त्यो पनि दुखद हो तर तुलनात्मक रुपमा कम क्षति बेहोरियो भन्न सकिन्छ। हाम्रोजस्ता  स्रोतसाधनको कमी भएका, उपचार क्षमता कम भएको, क्वारेन्टिनको सुविधा प्रशस्त नभएको ठाउँमा र शिक्षाको स्तर राम्रोे नभएको देशका लागि त्यो तथ्यांक सन्तोषजनक नै हो। 

१ स्रोतको सदुपयोग भएन
यसपटकको लहर पहिलेका भन्दा खराब छ। अघिल्लो वर्षको अनुभवबाट जुन तयारी देशले गरेको थियो, त्यहाँ चाहिँ चुक्यौं । होश गरिएन । खुल्नेबित्तिकै आफ्नै तरिकाले हिँड्यौं । आफ्नै तरिकारले खान पाइयो, बस्न पाइयो भनेर त्यतैतिर लाग्यौं । कहीँ न कहीँ देशको नेतृत्व पनि समस्यामा अल्झियो। संघको मात्रै होइन, प्रदेश र स्थानीय सरकारले पनि जुन कुराका लागि स्रोत प्राप्त गरेका थिए, त्यसको पूर्ण सदुपयोग गर्नेमा दत्तचित्त भएर लागेको देखिएन। 

हामीले गम्भीर भएर ती स्रोतसाधनको सदुपयोग गर्नुपथ्र्यो । त्यसो गरेको भए पोहोर सुरु गरेका संरचना यसपल्टको लहरका लागि काम लाग्थे। त्यसो भएन। हामी ढिला भयौं। उदाहरणका लागि संक्रामक रोग अस्पताल सवै प्रदेशमा बनाउने भनिएकै थियो। क्वारिन्टन बनाउन बजेट छुट्याएकै थियो। आइसियु बनाउने कुरा पनि प्राथमिकतामा परेकै हो।  एचडियु बनाउने कुरा पनि भएकै हो। त्यसका लागि बजेट पनि दिएकै हो। केही मात्रा थपियो पनि तर जति मात्रामा थप्ने कुरा थियो, त्यति थपिएन। हामीले योजना बनाए अनुरुप काम भएको भए यो लहरमा धेरै चिन्तित हुनुपर्दैनथ्यो। 

आइसियु, एचडियु, अस्पताल केही महिनामै तयार नहोलान्। तर, त्यतातिर लागिहाल्नुपर्छ। पोहोर बनाएको भए यसपल्ट काम लाग्थे। यसपल्ट बनाउँ, अर्कोपल्ट काम लाग्छन्। आज कोरोना छ, भोलिपर्सी फेरि अर्को केही आउला। हामीले गल्ती दोहोर्‍याउनुहुन्न। संरचना बनाइराखेमा स्वास्थ्य सेवा सुदृढ गर्न भएपनि काम लाग्छन्। 

Ncell 2
Ncell 2

२ समस्यालाई व्यक्तिगत रुपमा लियौं 
हामी नागरिकले स्वास्थ्यका सर्वमान्य मापदन्डहरु पालना गरेनौं । मेरै जिन्दगी त हो भनेर रोगलाई व्यक्तिगत भन्ठान्यौं । तर, महामारीका बेलामा यस्ता रोगहरु व्यक्तिगत नरहने रहेछन्। यी त सामाजिक समस्या हुन्। मैले मास्क लगाउँदा मलाई होइन, अरुलाई क्षति हुन्छ। अरुले नलगाउँदा मलाई क्षति हुन्छ। अन्तरआश्रित रोग हो यो। यो महशुस गर्न समुदाय चुक्यो। अझैपनि हामी होसमा आयौं, संयमित भयौं, अनुशासित भइयो र एक डेढमहिना सहन सकियो भने क्षति कम हुन सक्छ। 

कोरोनाको यो दोस्रो लहर खतरनाक छ, यो सत्य हो । तपाईं हाम्रै परिवारको कसैलाई आक्रान्त पार्न सक्छ, कसैको ज्यान जान सक्छ। कोरोना आफैंले नखोजीकन उडेर घरभित्र आएर आक्रान्त पार्दैन। त्यसैले सचेत हुनपर्छ,। पछि पछुताउनुको कुनै अर्थ छैन। आज सजिलै बच्न सकिने रोगबाट तपाईं हाम्रै परिवारको कोही मर्न भनेको हाम्रै भुल मात्र नभनौं। 

३ भ्याक्सिनमा थप पहल हुनसक्थ्यो
भ्याक्सिनको कुरा जुन छ, त्यो हाम्रो देशको हातमा छैन। सरकारले पहल गरिरहेकै छ। त्यसका लागि रोइकराइ गर्ने हो हामीले, गरिएकै छ। इच्छुक सवै स्वास्थ्यकर्मीले दुई डोज पाइसकेका छन्। यस हिसाबले राम्रै गरेको मान्नुपर्छ । त्यसमा फेरि पनि विवाद गर्न सकिन्छ। राम्रो पहल गरेको भए यो भन्दा धेरै ल्याउन सकिन्थ्यो होला। 

४ राजनीतिक वखेडामा अल्झियौं
राजनीतिज्ञमाथि कुरा नकाटौं भन्ने लागेको थियो। यस्तो महामारीका बेलामा वखेडा जहाँबाट सुरु भएपनि त्यसलाई त्यही तहमा रहेर डिल गर्न सकिन्थ्यो। राजनीतिक बखेडाबाजीलाई यसरी उछालेर अरु तपसिलमा राख्नुपर्ने समय थिएन। सवैका आ–आफ्ना रिसिइबी होलान्, असमझदारी होलान्। ती केही समय थाँती राखेर सवै एक ठाउँमा आउनुपर्छ। सत्तापक्ष, प्रतिपक्ष, समाज, जनता, ब्युरोक्रेसी एक ठाउँमा बसेर कोभिड विरुद्ध लाग्नुपर्नेमा विखण्डित भएकै हो। यसमा दुःख लागेको छ। यसले हामीले दुःख दिएको छ। मेरो आग्रह छ, राजनीतिज्ञज्युहरु आफ्ना कुरा अलिअलि मिलाउनुहोस् तर ध्यान यतै केन्द्रीत गर्नुहोस् । हाम्रो ब्युरोक्रेसी, प्रदेश सरकार र स्थानीय सरकार पनि यतैतिर लाग्यो भने क्षति हामीले नै बेहोर्ने हो। कोरोनका का।ण ज्यान गुमाउने आंकडामा हाम्रै कोही पर्ने हो। राजनीतिक घटना रोक्न सकिने घटना हुन्। ती रोक्न सकिएन भने व्यर्थ हुनेछन्। 

५ ननकोभिडका लागि उचित बन्दोबस्त भएन
ननकोभिड बिरामीको पनि उत्तिकै चाप छ। उत्तिकै सिकिस्त हुन्छन्। हामीले अघिल्लो समय राम्रोसँग सन्देश प्रवाह गर्न जानेनौं। क्राइसिस म्यानेजमेन्टको अर्को पाटो क्राइसिस कम्युनिकेसन पनि हो । सन्देश ठिकसँग प्रेसित गर्न सकिएन। घरमै बस्नुहोस् भन्दा हटअट्याकका बिरामी पनि घरमै बसे। कतिको ज्यान गयो। त्यो यहाँ मात्रै होइन, विश्वका अन्य देशमा पनि यस्तै भयो। 

हामीले विस्तारमा बुझाएर भन्न जान्नुपर्छ । सिकिस्त बिरामी अस्पताल आउनैपर्‍यो। आकस्मिक सेवा चल्नैपर्‍यो, समयमा उपचार हुनैपर्यो । खोप कार्यक्रम चल्नैपर्‍यो। एक दुईमहिना सार्न मिल्नेलाई थाँती राखेर जरुरीलाई निर्वाध चल्ने व्यवस्था गर्नुपर्छ। पोहर ननकोभिडका बिरामीले दुःख पाए। यसपालि त्यस्तो गर्ने होइन। आज तत्काल गर्नुपर्ने व्यवस्थापन पनि यही हो । मन्त्रालयको पहलमा अस्पताहरुको सक्रियतामा हामीले धेरै बेडलाई अत्यावश्यक सेवा बाहेक कोभिडको प्रयोजनका लागि बनाउनुपर्छ । नत्र हाम्रो स्वास्थ्य प्रणालीले धान्दैन। अहिले नै कोरोनाका लागि छुट्याइएका बेड भरिसके।  थप बढ्दै जाँदा समस्या बढ्ने कुरा स्वभाविक हुन्छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  २३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य
देउवाले बोलाए पदाधिकारी बैठक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्