• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको पहिलो लहरमा भएका ५ गल्ती : डा भगवान कोइराला भन्छन्- फेरि त्यसैलाई नदोहोर्‍याऔं

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  २३:०४
1140x725

भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेसन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ। अहिलेको लहरमा आएको भाइरस म्युटेसन र भेरियान्ससहित आएको भनिएको छ। यसको प्रकृति फरक छ, सर्ने क्षमता पनि बढेको छ र संक्रमण कडा बनाउने चरित्र पनि रहेको बताइएको छ। यो लहर आउनुमा सरकार वा नागरिकको दोष होइन, किनभने यो भाइरसको चरित्र हो। तर यसलाई फैलाउनुमा हामी दोषी छौं।  

विगतको लहरमा हाम्रो देश अलि तातेको हो। चाँडै लकडाउन गर्‍यो। त्यसका पीडा पनि नागरिकले भोगे। तर, अघिल्लो वर्ष ठिकै नियन्त्रण गरेको मान्नुपर्छ। सवै समस्याका बाबजुद पनि तीन हजार कमको क्षतिमा उम्कियौं। त्यो पनि दुखद हो तर तुलनात्मक रुपमा कम क्षति बेहोरियो भन्न सकिन्छ। हाम्रोजस्ता  स्रोतसाधनको कमी भएका, उपचार क्षमता कम भएको, क्वारेन्टिनको सुविधा प्रशस्त नभएको ठाउँमा र शिक्षाको स्तर राम्रोे नभएको देशका लागि त्यो तथ्यांक सन्तोषजनक नै हो। 

१ स्रोतको सदुपयोग भएन
यसपटकको लहर पहिलेका भन्दा खराब छ। अघिल्लो वर्षको अनुभवबाट जुन तयारी देशले गरेको थियो, त्यहाँ चाहिँ चुक्यौं । होश गरिएन । खुल्नेबित्तिकै आफ्नै तरिकाले हिँड्यौं । आफ्नै तरिकारले खान पाइयो, बस्न पाइयो भनेर त्यतैतिर लाग्यौं । कहीँ न कहीँ देशको नेतृत्व पनि समस्यामा अल्झियो। संघको मात्रै होइन, प्रदेश र स्थानीय सरकारले पनि जुन कुराका लागि स्रोत प्राप्त गरेका थिए, त्यसको पूर्ण सदुपयोग गर्नेमा दत्तचित्त भएर लागेको देखिएन। 

हामीले गम्भीर भएर ती स्रोतसाधनको सदुपयोग गर्नुपथ्र्यो । त्यसो गरेको भए पोहोर सुरु गरेका संरचना यसपल्टको लहरका लागि काम लाग्थे। त्यसो भएन। हामी ढिला भयौं। उदाहरणका लागि संक्रामक रोग अस्पताल सवै प्रदेशमा बनाउने भनिएकै थियो। क्वारिन्टन बनाउन बजेट छुट्याएकै थियो। आइसियु बनाउने कुरा पनि प्राथमिकतामा परेकै हो।  एचडियु बनाउने कुरा पनि भएकै हो। त्यसका लागि बजेट पनि दिएकै हो। केही मात्रा थपियो पनि तर जति मात्रामा थप्ने कुरा थियो, त्यति थपिएन। हामीले योजना बनाए अनुरुप काम भएको भए यो लहरमा धेरै चिन्तित हुनुपर्दैनथ्यो। 

आइसियु, एचडियु, अस्पताल केही महिनामै तयार नहोलान्। तर, त्यतातिर लागिहाल्नुपर्छ। पोहोर बनाएको भए यसपल्ट काम लाग्थे। यसपल्ट बनाउँ, अर्कोपल्ट काम लाग्छन्। आज कोरोना छ, भोलिपर्सी फेरि अर्को केही आउला। हामीले गल्ती दोहोर्‍याउनुहुन्न। संरचना बनाइराखेमा स्वास्थ्य सेवा सुदृढ गर्न भएपनि काम लाग्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

२ समस्यालाई व्यक्तिगत रुपमा लियौं 
हामी नागरिकले स्वास्थ्यका सर्वमान्य मापदन्डहरु पालना गरेनौं । मेरै जिन्दगी त हो भनेर रोगलाई व्यक्तिगत भन्ठान्यौं । तर, महामारीका बेलामा यस्ता रोगहरु व्यक्तिगत नरहने रहेछन्। यी त सामाजिक समस्या हुन्। मैले मास्क लगाउँदा मलाई होइन, अरुलाई क्षति हुन्छ। अरुले नलगाउँदा मलाई क्षति हुन्छ। अन्तरआश्रित रोग हो यो। यो महशुस गर्न समुदाय चुक्यो। अझैपनि हामी होसमा आयौं, संयमित भयौं, अनुशासित भइयो र एक डेढमहिना सहन सकियो भने क्षति कम हुन सक्छ। 

कोरोनाको यो दोस्रो लहर खतरनाक छ, यो सत्य हो । तपाईं हाम्रै परिवारको कसैलाई आक्रान्त पार्न सक्छ, कसैको ज्यान जान सक्छ। कोरोना आफैंले नखोजीकन उडेर घरभित्र आएर आक्रान्त पार्दैन। त्यसैले सचेत हुनपर्छ,। पछि पछुताउनुको कुनै अर्थ छैन। आज सजिलै बच्न सकिने रोगबाट तपाईं हाम्रै परिवारको कोही मर्न भनेको हाम्रै भुल मात्र नभनौं। 

३ भ्याक्सिनमा थप पहल हुनसक्थ्यो
भ्याक्सिनको कुरा जुन छ, त्यो हाम्रो देशको हातमा छैन। सरकारले पहल गरिरहेकै छ। त्यसका लागि रोइकराइ गर्ने हो हामीले, गरिएकै छ। इच्छुक सवै स्वास्थ्यकर्मीले दुई डोज पाइसकेका छन्। यस हिसाबले राम्रै गरेको मान्नुपर्छ । त्यसमा फेरि पनि विवाद गर्न सकिन्छ। राम्रो पहल गरेको भए यो भन्दा धेरै ल्याउन सकिन्थ्यो होला। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

४ राजनीतिक वखेडामा अल्झियौं
राजनीतिज्ञमाथि कुरा नकाटौं भन्ने लागेको थियो। यस्तो महामारीका बेलामा वखेडा जहाँबाट सुरु भएपनि त्यसलाई त्यही तहमा रहेर डिल गर्न सकिन्थ्यो। राजनीतिक बखेडाबाजीलाई यसरी उछालेर अरु तपसिलमा राख्नुपर्ने समय थिएन। सवैका आ–आफ्ना रिसिइबी होलान्, असमझदारी होलान्। ती केही समय थाँती राखेर सवै एक ठाउँमा आउनुपर्छ। सत्तापक्ष, प्रतिपक्ष, समाज, जनता, ब्युरोक्रेसी एक ठाउँमा बसेर कोभिड विरुद्ध लाग्नुपर्नेमा विखण्डित भएकै हो। यसमा दुःख लागेको छ। यसले हामीले दुःख दिएको छ। मेरो आग्रह छ, राजनीतिज्ञज्युहरु आफ्ना कुरा अलिअलि मिलाउनुहोस् तर ध्यान यतै केन्द्रीत गर्नुहोस् । हाम्रो ब्युरोक्रेसी, प्रदेश सरकार र स्थानीय सरकार पनि यतैतिर लाग्यो भने क्षति हामीले नै बेहोर्ने हो। कोरोनका का।ण ज्यान गुमाउने आंकडामा हाम्रै कोही पर्ने हो। राजनीतिक घटना रोक्न सकिने घटना हुन्। ती रोक्न सकिएन भने व्यर्थ हुनेछन्। 

५ ननकोभिडका लागि उचित बन्दोबस्त भएन
ननकोभिड बिरामीको पनि उत्तिकै चाप छ। उत्तिकै सिकिस्त हुन्छन्। हामीले अघिल्लो समय राम्रोसँग सन्देश प्रवाह गर्न जानेनौं। क्राइसिस म्यानेजमेन्टको अर्को पाटो क्राइसिस कम्युनिकेसन पनि हो । सन्देश ठिकसँग प्रेसित गर्न सकिएन। घरमै बस्नुहोस् भन्दा हटअट्याकका बिरामी पनि घरमै बसे। कतिको ज्यान गयो। त्यो यहाँ मात्रै होइन, विश्वका अन्य देशमा पनि यस्तै भयो। 

हामीले विस्तारमा बुझाएर भन्न जान्नुपर्छ । सिकिस्त बिरामी अस्पताल आउनैपर्‍यो। आकस्मिक सेवा चल्नैपर्‍यो, समयमा उपचार हुनैपर्यो । खोप कार्यक्रम चल्नैपर्‍यो। एक दुईमहिना सार्न मिल्नेलाई थाँती राखेर जरुरीलाई निर्वाध चल्ने व्यवस्था गर्नुपर्छ। पोहर ननकोभिडका बिरामीले दुःख पाए। यसपालि त्यस्तो गर्ने होइन। आज तत्काल गर्नुपर्ने व्यवस्थापन पनि यही हो । मन्त्रालयको पहलमा अस्पताहरुको सक्रियतामा हामीले धेरै बेडलाई अत्यावश्यक सेवा बाहेक कोभिडको प्रयोजनका लागि बनाउनुपर्छ । नत्र हाम्रो स्वास्थ्य प्रणालीले धान्दैन। अहिले नै कोरोनाका लागि छुट्याइएका बेड भरिसके।  थप बढ्दै जाँदा समस्या बढ्ने कुरा स्वभाविक हुन्छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  २३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्