• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के हो कोरोनाको नयाँ लहर ? डा समीरमणि दीक्षितका ८ 'ब्रिफिङ'

64x64
नेपाल लाइभ सोमबार, वैशाख १३, २०७८  २२:०५
1140x725

विगत केही दिनदेखि अनेपेक्षित रुपमा कोरोनाको संक्रमण दर बढ्दो छ। पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ४०० नमूनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो। 

परीक्षण गरिएकामध्ये एक तिहाइमा संक्रमण देखिरहेको यो अवस्थामा कोरोनाको लहर भनेको के हो? नयाँ प्रजातिको भाइरस पहिलेको भन्दा कडा हो? यसपल्ट अक्सिजनको चर्चा किन धेरै भइरहेको छ? लगायत कोरोनाको नयाँ लहरबारे बुझाउने ८ वटा प्रश्न हामीले जनस्वास्थ्य बिज्ञ डा समीरणमणि दीक्षितलाई सोधेका छौं। उनले दिएको उत्तरका आधारमा तयार पारिएको जानकारीमूलक ब्रिफिङ:

१. कोरोना लहर के हो?
अहिले कोरोनाको दोस्रो र तेस्रो लहर भन्ने गरिएको छ। यसलाई सामान्य भाषामा यसरी प्रस्तुत गर्न सकिन्छ– धेरैलाई संक्रमण भएपछि केही समयलाई घट्छ। रहेको भाइरस फेरि संक्रमण हुन बाँकी मान्छेहरुमा फैलिन्छ। यसरी अर्को लहर आउँछ। कहिलेकाहिँ भाइरसको प्रजाति परिवर्तन हुन्छ। संक्रमण गर्ने भाइरसले प्रजाति परिवर्तन गरेर नयाँ भएर आउँछ, त्यसले नयाँ–नयाँलाई संक्रमण गर्छ। त्यो विस्तारै सामसुम भए जस्तो हुन्छ। केही समयपछि फेरि नयाँमा पुग्छ र संक्रमण बढ्छ। यो क्रमलाई लहर भनिन्छ। समाजमा अधिकांश व्यक्ति संक्रमित नभएसम्म यो लहर चलिरहन्छ।

२. भेरियन्टलाई कसरी बुझ्ने?
भाइरस उही हो। भाइरसको प्रजाति वा त्यसको काँचुली परिवर्तन भएको हो। कोरोना भाइरसले प्रजाति परिवर्तन गरिरहन्छ। त्यसैले प्रजाति परिवर्तन हुँदैमा आत्तिनु पर्दैन। किनभने यो भाइरसले आफ्नो अस्तित्व जोगाउन प्रजाति परिवर्तन गर्नैपर्छ। गरेन भने मानव सभ्यताले उसलाई खत्तम पार्छ। ऊ मानव सभ्यताभन्दा एक कदम अगाडि हुनुपर्छ। त्यसरी आफूलाई परिवर्तन गरेर अघि हुनु भनेको ‘भेरियन्ट’ हुनु हो। नयाँ लहर प्रजाति परिवर्तन भएर पनि आउन सक्छ। वा त्यही पुरानै प्रजाति आउन सक्छ। पहिले संक्रमण नभएका मान्छेहरुमा शुरु हुन्छ र धेरैमा छिर्छ । 

३. नेपालमा कति प्रजाति?
नेपालमा सम्भावित तीन प्रजाति हामीले सुनेका प्रजाति छन्। २०२० मा देखिएको प्रजाति अहिले पनि छ। युके भेरियन्ट पनि छ। भारतबाट आएको डबल म्युटेड पनि छ। यी सबै गरेर तीन प्रजाति घुमिरहेका छन्। तराईंबाट भारतीय प्रजाति बढी आइरहेको छ। पहिले नै काठामाडौं र पोखरामा बेलायतबाट आएको प्रजाति थियो कि भन्ने अनुमान गर्न सकिन्छ। नेपाल सरकारले यसमा अनुसन्धान गरेको छैन। 

४. खतरनाक कि संक्रामक?
नयाँ प्रजाति पहिलेको भन्दा बढी संक्रामक पुष्टि भएका छन्। तर, खतरानक पुष्टि भएका छैनन्। युके भेरियन्ट बेलायतमा अनुसन्धान भइसकेको छ। यो संक्रामक छ, तर कडा छैन भनेर पुष्टि भइसकेको छ। भारतबाट आएको नयाँ प्रजाति भारत स्वयंलाई थाहा छैन। पहिचान भएको दुई महिना भयो। प्रारम्भिक नतिजा हेर्दा संक्रामक छ, कडा छैन। 

५. अक्सिजन किन बढी चाहिन्छ?
कोभिडका बिरामीलाई अक्सिजन पहिले पनि चाहिन्थ्यो। किन अक्सिजन चाहिन्छ भने कोरोना भाइरसले फोक्सोलाई आक्रमण गरेर अक्सिजन नलिन नसक्ने अवस्थामा पुर्‍याउँछ। फोक्सोले आवश्यक मात्रामा हावाबाट अक्सिजन लिन नसकेका कारण कृत्रिम अक्सिजन दिनुपर्छ। कृत्रिम अक्सिजन दिएपछि पाउनुपर्ने अक्सिजन संक्रमित व्यक्तिले पाउँछ। कोभिड महामारी शुरु हुँदा चिकित्सकहरुलाई राम्रोसँग थाहा थिएन। पोहोर साल दशैंतिहारतिर थाहा हुन थालेको थियो। 

कोरोनाको संक्रमण भएर अस्पताल भर्ना गरिएको बिरामीलाई सामान्य बेडमा अक्सिजन दिन सकियो भने आइसीयूमा जानबाट रोक्न सकिन्छ भन्ने पछि थाहा भयो। गएको असोजतिर यहीँका चिकित्सकले पनि भन्न थाल्नुभएको थियो। अहिले नयाँ लहरमा धेरै बिरामी भएका छन्। धेरै बिरामी भएपछि अक्सिजन धेरै चाहियो। अहिलेको भाइरसले धेरैलाई एकैचोटी संक्रमण गर्ने भएकाले बिरामीको अनुपात बढेको छ। धेरै जना एकैपल्ट बिरामी परेकाले अक्सिजन धेरै चाहिएको हो। सत्य के हो भने अक्सिजन पहिले पनि चाहिन्थ्यो, अहिले पनि चाहिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

६. हामी कहाँ छौं ? 
अहिले समुदाय तहमा संक्रमण छ। समुदायमा संक्रमण पोहर नै भएको हो। त्यो परिवर्तन भएको छैन। संक्रमण आयातित होइन। भाइरस भेरियन्ट यसअघि देखि नै छ। अहिले नयाँ भेरियन्टले संक्रमण व्यापक बनाएको हो। एक महिना अघि सय नकट्ने अहिले ३५ सय भए।

अहिले हामी दोस्रो लहरतिर जाँदैछौं। हामी भारतको पछि छौं। जुनबेला भारत उत्कर्षमा पुग्छ, त्यसको एक महिनापछि हामी हुन्छौं। सामान्य भाषामा हामी शुरुवातको बिन्दु भन्दा अगाडि  छौं। 

७. कसरी यस्तो अवस्था आयो? 
लहर भूइँचालो जस्तै हो। संकेत आउँछ। संकेत हेर्न निरन्तर निगरानी चाहिन्छ। त्यसमा हाम्रो कमजोरी छ। निगरानी भनेको परीक्षण हो। संक्रमण भएपनि वा नभएपछि परीक्षण गरिरहनुपर्छ। त्यो गर्दा संक्रमण बढ्न थालेको थाहा पाइयो भने केही भइरहेको छ भनेर सचेत हुन सकिन्छ। 

सवैभन्दा ठूलो कमजोरी त नागरिकको हो। राज्यको कमजोरी होला, तर मास्क नलगाउन, भिडभाडामा नजान र नाइट क्लबमा नाच्नका लागि राज्यले प्रेरित गरेको होइन। पोहोर सालदेखि मास्क लगाउनुपर्छ र सामाजिक दूरी कायम गर्नुपर्छ भनेको भन्यै छ।

Xtrem

Xtrem

हामी आफैंले मास्क लगाएनौं। भिडभाडमा गयौं। नेताहरुले यही बीचमा गलत उदाहरण प्रस्तुत गरे, उनीहरु आफैंले भिडभाड बढाउने काम गरे। हामी पनि सचेत नागरिक हौं। हामी धेरै चेतना भएका नागरिक हौं। हाम्रो हातमा भएको शक्ति हामीले किन प्रयोग गरेनौं? 

जहाँसम्म भ्याक्सिनको कुरा छ, यो सरकारको पहुँच भन्दा बाहिरको कुरा हो। यो सरकारको तहको कुरा नै होइन, विश्व राजनीति जोडिएको छ। तीन करोडमा अर्को दश लाख ल्याउन सक्थ्यो हो। तर, त्यतिले मात्रै ठूलो प्रभाव केही पार्न सक्दैन। सरकारले यो बीचमा तयारी गरेन। हस्पिटल बेड नबढाएर गल्ती गर्‍यो। 

८ लकडाउन सही कि गलत? 
सरकारले आफ्नो नागरिकप्रति विश्वास गर्ने कि नगर्ने? आफ्ना शक्तिमाथि विश्वास छ भने मास्क लगाउन, दूरी कायम गर्न र भिडभाड नगर्न रोक्न सकिन्छ। 

यसो गर्दा निषेधाज्ञा चाहिँदैन। नागरिकलाई तर्साउनुपर्छ। नागरिकले मास्क लगाउने र दूरी कायम गर्ने हो। राज्यलाई त्यहाँ गाह्रो छ। राज्यले निगरानी गर्न सक्दैन। सजिलो उपाय निषेधाज्ञा हो। घरभित्रै थुनेपछि निगरानी गर्न पनि सजिलो हुन्छ। तर, यो सही उपाय होइन। किनभने लकडाउन जतिन्जेल गर्‍यो, त्यतिन्जेल रोकिएला। फेरि उसैगरी बढ्ने हो। 

नागरिकलाई जिम्मेवार बनाइयो भने चाहिँ कोरोना संक्रमणको चेन ब्रेक सक्छौं।  

(डा. दीक्षितसँग डिबी खड्काले गरेको कुराकानीमा आधारित) 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्