• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पोखरा गोलीकाण्ड : दुई महिनापछि अभियुक्त पक्राउ तर बरामद भो अर्कै गोली !

64x64
नारायण अधिकारी सोमबार, चैत ३०, २०७७  १८:०१
1140x725

काठमाडौं- विगत दुई महिनादेखि प्रहरीको टाउको दुखाई बनेको पोखरा गोलीकाण्ड घटना लगभग सुल्झिएको छ। ६७ दिनपछि गोलीकाण्डका अभियुक्त परेका छन्। तर, घटनासँग जोडिएका केही प्रश्न भने अझै पनि अनुत्तरित छन्। जसलाई प्रहरीले पूर्ण अनुसन्धानपछि खुलाउने बताएको छ।

गत माघ २३ गते साँझ ७ बजेतिर पोखरा महानगरपालिका-१७ महतगौडा नौलो घुम्ती नजिकै पर्वतको मोदी गाउँपालिका-८ चित्रे घर भएका २७ वर्षीय मनोज विकमाथि गोली प्रहार भएको थियो। गोली प्रहारबाट घाइते भएका उनको अहिले पनि उपचार भइरहेको छ।

सोही घटनामा संलग्‍न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ। बाराको बरियापुर नगरपालिका-४ पिपरावृताका ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरिएको कास्कीका एसपी जीवनकुमार श्रेष्ठले नेपाल लाइभलाई बताए। उनलाई कास्कीकै सिमपानीबाट आइतबार पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट ७.६ एमएमका ३ राउण्ड गोलीसमेत बरामद गरेको एसपी श्रेष्ठले बताए। पक्राउ परेका पाण्डेविरुद्ध हातहतियार तथा ज्यान मार्ने उद्योगको कसूरमा जिल्ला अदालत कास्कीबाट म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

यसरी भयो गोली प्रहार
फेवाताल किनारको भकुण्डे भन्‍ने ठाउँमा चिया पिउने क्रममा मनोज र राजकिशोरबीच चिनजान भएको थियो। त्यसबेला राजकिशोरले आफू ठेकेदार भएको बताएका थिए। मनोज भने पोखरामा वायरिङको काम गर्थे। राजकिशोरले आफू ठेकेदार भएको बताएको र मनोज वायरिङको काम गर्ने भएपछि घर बनाउँदा वायरिङको पनि काम हुने भएकाले उनीहरूको सम्पर्क बढ्दै गयो। राजकिशोरले पोखराकै दोबिल्लामा १० कोठे घर बनाउँदै रहेको पनि त्यसबेला बताएको गोली लागेका मनोजले प्रहरीसमक्ष बताएका छन्।

घटना भएको दिन माघ २३ गते राजकिशोरले मनोजलाई फोन गरे। कहाँ-कहाँ बत्ती राख्‍ने सबै मिलाउनुपर्‍यो, तिमीले काम गर भन्दै राजकिशोरले मनोजलाई भने।

दोबिल्लामा बन्दै गरेको घरमा बत्ती जडानका लागि जान मनोज तयार भए। मोटरसाइकलमा जाँदै गरेको बेला राजकिशोरले महतगौडा नौलो घुम्ती पुगेपछि ‘साहुलाई फोन गरौं अनि जाऔं’ भने पनि मोटरसाइकल रोकेर चौतारोमा बसेको केहीबेरमै पेस्तोल निकालेर गोली हानेको मनोजको भनाइ छ। मनोजको पेटमा गोली लाग्यो। त्यसपछि राजकिशोर मोटरसाइकल चढेर फरार भएका थिए।

गोली लाग्दा पनि मोटरसाइकल चलाएरै प्रहरी कार्यालय
गोली लागेर घाइते भएका मनोज मोटरसाइकल चलाएर रगत चुहाउँदै प्रहरी कार्यालय पुगेका थिए। दाहिने कोखा (पेटको भाग)मा अगाडिपट्टीबाट प्वाल परी पछाडि ढाडको भागमासमेत चोट लागेको अवस्थामा मनोज इलाका प्रहरी कार्यालय बैदाम पुगेका थिए। करिब पाँच किलोमिटर टाढाबाट उनी मोटरसाकइल चलाउँदै प्रहरी कार्यालय पुगेर घटनाबारे बताएका थिए। त्यसपछि प्रहरीले उनलाई गण्डकी मेडिकल कलेज उपचारको लागि पठाएको थियो। सुरुआती जाँचको क्रममा डाक्टरले मनोजलाई गोली लागेको भन्दा पनि धारिलो हतियार प्रहार भएको बताएका थिए। मनोजले गोली प्रहार भएको बताएपछि पुनः जाँच गर्दा गोली नै लागेको भन्‍ने पुष्टि भएको थियो।

प्रहरी घटनास्थल गएर अनुसन्धान गर्दा गोलीका खोका भेटिएको थियो। गोली प्रहार गरी हत्या गर्न लागेको भन्‍ने पुष्टि भएपछि प्रहरीले चासोका साथ यो घटनाको अनुसन्धान गरेको थियो। अन्ततः दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अनि पक्राउ परे राजकिशोर
घाइते मनोजले घटनाबारे सबै बेलिविस्तार लगाएपछि प्रहरीलाई अनुसन्धानका लागि थप सहज भएको थियो। गोली प्रहार गर्ने हुलियादेखि मोबाइल नम्बरसमेत मनोजले प्रहरीलाई उपलब्ध गराएका थिए। उक्त हुलिया र मोबाइल नम्बरमार्फत् खोजी सुरु गरेको प्रहरीले गोली प्रहार गर्ने व्यक्ति राजकिशोर नै भएको पत्ता लगाएको थियो।

बारा घर भई पर्साको वीरगञ्‍ज आदर्शनगरमा बस्‍ने गरेको जानकारी पाएपछि कास्की प्रहरी पटक-पटक उनलाई रोज्दै बारा, पर्सा पुगेको थियो। तर, पनि उनी पक्राउ पर्न सकेका थिएनन्। दुई महिनापछि राजकिशोर पोखरा छिरेको भन्‍ने सूचना पाएपछि उनको निगरानीमा खटिएको प्रहरी टोलीले राजकिशोरलाई पोखराकै सिमपानीबाट पक्राउ गरेको हो।

खोइ पेस्तोल? किन हानियो गोली?
प्रहरीले राजकिशोरलाई सार्वजनिक गरे पनि दुई वटा प्रश्न भने अहिलेसम्म अनुत्तरित छन्। उनीबाट तीन राउण्ड गोली बरामद भए पनि पेस्तोल बरामद हुन सकेको छैन। अर्कोतर्फ मनोजलाई गोली हान्‍नै पर्ने कारण पनि अहिलेसम्म खुलेको छैन।

यसबारे कास्कीका एसपी श्रेष्ठ भन्छन्, ‘अहिले नै यही कारणले गोली हानेको भन्‍न सक्ने अवस्था छैन। हामी अनुसन्धानकै क्रममा छौं। त्यो कुरा पछि खुल्ला।’

Xtrem

Xtrem

त्यसैगरी, प्रहरीले गोली बरामद गरे पनि गोली हान्‍न प्रयोग गरिएको पेस्तोलको अवस्थाबारे पनि पत्ता लगाउन सकेको छैन। उनले गोली हान्‍न कहाँबाट पेस्तोल ल्याए, अहिले कहाँ छ त्यो पेस्तोल भन्‍ने प्रहरी अन्योलमै छ।

गोली फेरियो
मनोजलाई लागेको गोली र प्रहरीले अहिले बरामद गरेको गोली म्याच नखाएको अनुसन्धानमा संलग्‍न एक अधिकृतले नेपाल लाइभलाई जानकारी दिए। प्रहरीले अहिले ७.६ एमएमका तीन राउण्ड गोली बरामद गरेको छ। तर, मनोजलाई हानेको गोली भने अर्कै रहेको अनुसन्धानबाट खुलेको ती अधिकारीले बताए।

‘घटना रहस्य देखिन्छ। मनोजलाई लागेको गोली र बरामद भएको गोली म्याच खाँदैन’ एक अनुसन्धान अधिकृतले भने, ‘किन गोली फेरियो? वा राजकिशोरसँग अन्य किसिमका पनि हतियार छन् भन्‍नेबारे प्रश्न उब्जिएको छ।’ गोली फरक-फरक परेपछि प्रहरीले यो कोणबाट पनि अनुसन्धान सुरु गरेको छ।

मनोजलाई लागेको गोली र बरामद गोली फरक फरक भएको एसपी श्रेष्ठले पनि स्वीकार गरे। पोखरामै यसअघि पहिलोपटक २०७६ साउन १ मा पनि पेनगनसहित लागूऔषध कारोबारी सागर रानाभाटलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसभन्दा अघि नेपालमा पहिलोपटक २०६८ असारमा पेनगनसहित काठमाडौंबाट दुई जना पक्राउ परेका थिए। कलम आकारको पेनगनको टुप्पोतर्फको भागमा गोली राख्‍न मिल्ने हुन्छ। रिफिल हुने ठाउँमा स्प्रिङ हुन्छ भने आउटरमा गोली हुन्छ। पेनको क्लिपले ट्रिगरको काम गर्छ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्