• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पोखरा गोलीकाण्ड : दुई महिनापछि अभियुक्त पक्राउ तर बरामद भो अर्कै गोली !

64x64
नारायण अधिकारी सोमबार, चैत ३०, २०७७  १८:०१
1140x725

काठमाडौं- विगत दुई महिनादेखि प्रहरीको टाउको दुखाई बनेको पोखरा गोलीकाण्ड घटना लगभग सुल्झिएको छ। ६७ दिनपछि गोलीकाण्डका अभियुक्त परेका छन्। तर, घटनासँग जोडिएका केही प्रश्न भने अझै पनि अनुत्तरित छन्। जसलाई प्रहरीले पूर्ण अनुसन्धानपछि खुलाउने बताएको छ।

गत माघ २३ गते साँझ ७ बजेतिर पोखरा महानगरपालिका-१७ महतगौडा नौलो घुम्ती नजिकै पर्वतको मोदी गाउँपालिका-८ चित्रे घर भएका २७ वर्षीय मनोज विकमाथि गोली प्रहार भएको थियो। गोली प्रहारबाट घाइते भएका उनको अहिले पनि उपचार भइरहेको छ।

सोही घटनामा संलग्‍न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ। बाराको बरियापुर नगरपालिका-४ पिपरावृताका ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरिएको कास्कीका एसपी जीवनकुमार श्रेष्ठले नेपाल लाइभलाई बताए। उनलाई कास्कीकै सिमपानीबाट आइतबार पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट ७.६ एमएमका ३ राउण्ड गोलीसमेत बरामद गरेको एसपी श्रेष्ठले बताए। पक्राउ परेका पाण्डेविरुद्ध हातहतियार तथा ज्यान मार्ने उद्योगको कसूरमा जिल्ला अदालत कास्कीबाट म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

यसरी भयो गोली प्रहार
फेवाताल किनारको भकुण्डे भन्‍ने ठाउँमा चिया पिउने क्रममा मनोज र राजकिशोरबीच चिनजान भएको थियो। त्यसबेला राजकिशोरले आफू ठेकेदार भएको बताएका थिए। मनोज भने पोखरामा वायरिङको काम गर्थे। राजकिशोरले आफू ठेकेदार भएको बताएको र मनोज वायरिङको काम गर्ने भएपछि घर बनाउँदा वायरिङको पनि काम हुने भएकाले उनीहरूको सम्पर्क बढ्दै गयो। राजकिशोरले पोखराकै दोबिल्लामा १० कोठे घर बनाउँदै रहेको पनि त्यसबेला बताएको गोली लागेका मनोजले प्रहरीसमक्ष बताएका छन्।

घटना भएको दिन माघ २३ गते राजकिशोरले मनोजलाई फोन गरे। कहाँ-कहाँ बत्ती राख्‍ने सबै मिलाउनुपर्‍यो, तिमीले काम गर भन्दै राजकिशोरले मनोजलाई भने।

दोबिल्लामा बन्दै गरेको घरमा बत्ती जडानका लागि जान मनोज तयार भए। मोटरसाइकलमा जाँदै गरेको बेला राजकिशोरले महतगौडा नौलो घुम्ती पुगेपछि ‘साहुलाई फोन गरौं अनि जाऔं’ भने पनि मोटरसाइकल रोकेर चौतारोमा बसेको केहीबेरमै पेस्तोल निकालेर गोली हानेको मनोजको भनाइ छ। मनोजको पेटमा गोली लाग्यो। त्यसपछि राजकिशोर मोटरसाइकल चढेर फरार भएका थिए।

गोली लाग्दा पनि मोटरसाइकल चलाएरै प्रहरी कार्यालय
गोली लागेर घाइते भएका मनोज मोटरसाइकल चलाएर रगत चुहाउँदै प्रहरी कार्यालय पुगेका थिए। दाहिने कोखा (पेटको भाग)मा अगाडिपट्टीबाट प्वाल परी पछाडि ढाडको भागमासमेत चोट लागेको अवस्थामा मनोज इलाका प्रहरी कार्यालय बैदाम पुगेका थिए। करिब पाँच किलोमिटर टाढाबाट उनी मोटरसाकइल चलाउँदै प्रहरी कार्यालय पुगेर घटनाबारे बताएका थिए। त्यसपछि प्रहरीले उनलाई गण्डकी मेडिकल कलेज उपचारको लागि पठाएको थियो। सुरुआती जाँचको क्रममा डाक्टरले मनोजलाई गोली लागेको भन्दा पनि धारिलो हतियार प्रहार भएको बताएका थिए। मनोजले गोली प्रहार भएको बताएपछि पुनः जाँच गर्दा गोली नै लागेको भन्‍ने पुष्टि भएको थियो।

प्रहरी घटनास्थल गएर अनुसन्धान गर्दा गोलीका खोका भेटिएको थियो। गोली प्रहार गरी हत्या गर्न लागेको भन्‍ने पुष्टि भएपछि प्रहरीले चासोका साथ यो घटनाको अनुसन्धान गरेको थियो। अन्ततः दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ।

Ncell 2
Ncell 2

अनि पक्राउ परे राजकिशोर
घाइते मनोजले घटनाबारे सबै बेलिविस्तार लगाएपछि प्रहरीलाई अनुसन्धानका लागि थप सहज भएको थियो। गोली प्रहार गर्ने हुलियादेखि मोबाइल नम्बरसमेत मनोजले प्रहरीलाई उपलब्ध गराएका थिए। उक्त हुलिया र मोबाइल नम्बरमार्फत् खोजी सुरु गरेको प्रहरीले गोली प्रहार गर्ने व्यक्ति राजकिशोर नै भएको पत्ता लगाएको थियो।

बारा घर भई पर्साको वीरगञ्‍ज आदर्शनगरमा बस्‍ने गरेको जानकारी पाएपछि कास्की प्रहरी पटक-पटक उनलाई रोज्दै बारा, पर्सा पुगेको थियो। तर, पनि उनी पक्राउ पर्न सकेका थिएनन्। दुई महिनापछि राजकिशोर पोखरा छिरेको भन्‍ने सूचना पाएपछि उनको निगरानीमा खटिएको प्रहरी टोलीले राजकिशोरलाई पोखराकै सिमपानीबाट पक्राउ गरेको हो।

खोइ पेस्तोल? किन हानियो गोली?
प्रहरीले राजकिशोरलाई सार्वजनिक गरे पनि दुई वटा प्रश्न भने अहिलेसम्म अनुत्तरित छन्। उनीबाट तीन राउण्ड गोली बरामद भए पनि पेस्तोल बरामद हुन सकेको छैन। अर्कोतर्फ मनोजलाई गोली हान्‍नै पर्ने कारण पनि अहिलेसम्म खुलेको छैन।

यसबारे कास्कीका एसपी श्रेष्ठ भन्छन्, ‘अहिले नै यही कारणले गोली हानेको भन्‍न सक्ने अवस्था छैन। हामी अनुसन्धानकै क्रममा छौं। त्यो कुरा पछि खुल्ला।’

त्यसैगरी, प्रहरीले गोली बरामद गरे पनि गोली हान्‍न प्रयोग गरिएको पेस्तोलको अवस्थाबारे पनि पत्ता लगाउन सकेको छैन। उनले गोली हान्‍न कहाँबाट पेस्तोल ल्याए, अहिले कहाँ छ त्यो पेस्तोल भन्‍ने प्रहरी अन्योलमै छ।

गोली फेरियो
मनोजलाई लागेको गोली र प्रहरीले अहिले बरामद गरेको गोली म्याच नखाएको अनुसन्धानमा संलग्‍न एक अधिकृतले नेपाल लाइभलाई जानकारी दिए। प्रहरीले अहिले ७.६ एमएमका तीन राउण्ड गोली बरामद गरेको छ। तर, मनोजलाई हानेको गोली भने अर्कै रहेको अनुसन्धानबाट खुलेको ती अधिकारीले बताए।

‘घटना रहस्य देखिन्छ। मनोजलाई लागेको गोली र बरामद भएको गोली म्याच खाँदैन’ एक अनुसन्धान अधिकृतले भने, ‘किन गोली फेरियो? वा राजकिशोरसँग अन्य किसिमका पनि हतियार छन् भन्‍नेबारे प्रश्न उब्जिएको छ।’ गोली फरक-फरक परेपछि प्रहरीले यो कोणबाट पनि अनुसन्धान सुरु गरेको छ।

मनोजलाई लागेको गोली र बरामद गोली फरक फरक भएको एसपी श्रेष्ठले पनि स्वीकार गरे। पोखरामै यसअघि पहिलोपटक २०७६ साउन १ मा पनि पेनगनसहित लागूऔषध कारोबारी सागर रानाभाटलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसभन्दा अघि नेपालमा पहिलोपटक २०६८ असारमा पेनगनसहित काठमाडौंबाट दुई जना पक्राउ परेका थिए। कलम आकारको पेनगनको टुप्पोतर्फको भागमा गोली राख्‍न मिल्ने हुन्छ। रिफिल हुने ठाउँमा स्प्रिङ हुन्छ भने आउटरमा गोली हुन्छ। पेनको क्लिपले ट्रिगरको काम गर्छ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार सम... बिहीबार, मंसिर ४, २०८२
नक्कली बिल बनाएर भ्रष्टाचार, कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिए... बिहीबार, मंसिर ४, २०८२
सिमरा अपडेट : जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि कर्फ्यू आदेश जारी सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ। झडपमा परेर दुवैतर... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी शुक्रबार, मंसिर १२, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
एनपिएल: काठमान्डुको तेस्रो जित, चितवन ५३ रनले पराजित शुक्रबार, मंसिर १२, २०८२
जंग्गी अड्डा पुगेर प्रधानमन्त्रीको निर्देशन- चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस् शुक्रबार, मंसिर १२, २०८२
कुलमानको उपस्थितिमा मंसिर १७ गते उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुने शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
आज जसपाका राजेन्द्र श्रेष्ठ समूह नेकपामा समाहित हुँदै बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्