काठमाडाैं–म्यानमारमा १९८८को अगस्ट र सेप्टेम्बरमा राजनीतिक आन्दोलन चरम रुपमा पुग्यो। आममानिस सडकमा आएर विशाल र्यालीहरुको आयोजना गर्न थाले। यो १९८७ बाट सुरु भएको थियो।
यो आन्दोलनबाट आत्तिएका विनले अचानक देशमा नोटबन्दी घोषणा गरे। वैकहरुमा जम्मा भएका सवै पैसा डिमानेटाइजेसनको दायमा आए। उनको यो व्यवस्थाले म्यानमार झन भयंकर गरिबीमा धकेलियो। खासगरी विद्यालयका विद्यार्थीले आफ्नोे पढाइका लागि बैंकमा जम्मा गरेकाे पैसा शून्यमा परिणत भयो।
यही विन्दुबाट नागरिक र सेनाका विचमा सिधा टकराव शुरु भयो। जनता सडकमा आए र त्यसको दमनका लागि सैन नेतृत्वले यति घातक हतियारको प्रयोग गरेकि १९८८ को अखिरी महिनासम्म आन्दोलनमा ज्यान गुमाउनेहरुको संख्या हजारौ पुग्यो।
फेरि एक पटक सेनाले जनताको अधिकारमाथि कू गरेको छ, जनता सडकमा आएका छन्। नागरिकको आन्दोलनमा १९८८ को जसरी दमन नगरे पनि हिंसात्मक गतिविधि भने दैनिक रुपमा बढिरहेका छन्। १९८८ मा सैनिक शासन विरुद्ध लडाइ लडेका विद्यार्थीलाई अहिले पनि ८८ को पिढी भनिन्छ।
यो समयमा कयौले ठूलोमात्रामा यातना र कैदको जीवन बिताउन वाध्य भए। कयौ आन्दोलनकारीको ज्यान गयाे भने कतिले परिबार र शरीरका कयौ भाग गुमाए । यीमध्ये कयौ फेरि एक पटक सैन्य शासन विरुद्ध सडकमा आउन वाध्य भएका छन्।
फरक यत्ति हो कि अहिले उनीहरु युवा आन्दोलनकारीका रुपमा रहेका छैनन्। ८८ पिढीका प्रख्यात आन्दोलनकारी हुन् मिन को नाइंग । उक्त समयमा अगल रुपमा भौतिक उपस्थित भएर आन्दोलन गर्नुपर्ने अवस्था थियो। तर अहिलेको आन्दोलन प्रविधिको भरमा हुने गरेको छ।
तत्कालीन समयमा मानिसहरु जम्मा गर्न र आन्दोलनमा जानका लागि सल्लाह गर्न सम्भव थिएन। स्वत: जनता सडकमा आएको उनको अनुभव छ। अहिले सामाजिक सञ्जालको प्रयोग मार्फत मानिसहरु जम्मा भइरहेको उनले देखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।