• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

किरणको उत्कृष्ट लय, यस्तो छ आइलिगमा प्रदर्शन

64x64
सराेज तामाङ बुधबार, फागुन १९, २०७७  १०:३७
1140x725

काठमाडौं– नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतमा जारी आइलिग फुटबलमा खेलिरहेका छन्। उत्कृष्ट लयमा देखिएका किरणले आइलिगमा राम्रो छाप छाडेका छन्। भारतमा कोरोना भाइरस संक्रमणको जोखिम अझै उतिकै छ। विभिन्न राज्यमा अझै पनि कर्फ्यू जस्तै छ। तर, कोरोनाको कारण रोकिएको खेलकुद गतिविधि विस्तारै अघि बढिरहेको छ। यतिबेला भारतमा आइलिग भइरहेको छ। 

आइलिगमा नेपालबाट तीन खेलाडीले खेलिरहेका छन्। नेपाली फुटबल टिमका कप्तान किरणले पञ्जाब एफसीबाट खेलिरहेका छन् भने अभिषेकले ऐजवाल क्लब र प्रकाश बुढाथोकीले नेरोका एफसीबाट खेल्दै आएका छन्। धनकुटाको राजारानीमा जन्मिएका किरण अहिले पञ्जाब फुटबल क्लबका उपकप्तान हुन्। तर, जारी आइलिगको सिजनमा भने नियमित कप्तान विक्रमजित सिंहले भन्दा किरणले नै मैदानमा कप्तानीको भूमिका निर्वाह गर्दै आएका छन्। 

सुरुवाती बेला च्यातिएको बुट पटक–पटक सिलाएर फुटबल यात्रा थालेका किरणका अनेकौं संघर्षका कथा छन्, जो हरेकका लागि प्रेरणाको स्रोत बन्न सक्छन्। चाहे त्यो गरिबीले च्यापिएको दैनिकी होस् या राष्ट्रिय टिममा पर्न गरेको संघर्ष। डेब्यु खेलमा चिउँडोको हड्डी भाँचिएर निस्किनु पर्दाको दुःखद क्षण त उनीमा अतित बनेर आउँछ।

तर, यी सबै किरणको लागि अगाडि बढ्ने मन्त्र बने। राष्ट्रिय टिममा एक नम्बर गोलकिपरको रुपमा राज गरेका उनी भारतीय भूमिमा पनि जमेका छन्।  जारी लिगमा किरण टिमको सर्वाधिक लोकप्रिय र प्रभावशाली खेलाडी बनेका छन्।

६ खेलमा कप्तान, तीन पटक म्यान अफ दि म्याच
किरणको उच्च प्रदर्शन दिनदिनै बढ्दो छ। ३० वर्षीय किरणले पञ्जाबबाट ६ खेलमा कप्तानीको भूमिका निभाईसकेका छन्। त्यसो त उनी १० खेलमध्ये तीन खेलमा 'म्यान अफ दि म्याच' चुनिएका छन्। अझ उनको एकपछि अर्को राम्रो प्रदर्शन टिमको जितको आधार बनेको छ। आइलिगमा पञ्जाबले आफ्नो पहिलो खेलमा आइजोल फुटबल क्लबलाई १–० गोलले पराजित गर्यो। यो खेलमा नियमित कप्तान थिए, विक्रमजित सिंह। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि लिगमा पञ्जाबले आफ्नो दोस्रो खेलमा गोकुलम केरला फुटबल क्लबसँग ४–३ गोलको हार ब्यहोर्यो। यो खेलमा भने कप्तानको जिम्मेवारी पाएका थिए उपकप्तान किरणले। तेस्रो खेलमा ब्रदर्स एफसी गोवासँग १–० ले हार्दा पनि कप्तानीको भूमिकामा किरण नै थिए। चौथो खेलमा भने पञ्जाबले मोहमेदन स्पोर्टिङ क्लबसँग गोलरहित बराबरी खेल्दा नियमित कप्तान विक्रमजित मैदानमा फर्किए। 

पाँचौं खेलमा पञ्जाबले सुदेभा दिल्ली एफसीसँग गोलरहित बराबरी खेल्दा किरणले उत्कृष्ट प्रदर्शन गरे। यो खेलमा किरण म्यान अफ दि म्याच घोषित भए। त्यसपछि छैटौं खेलमा तिद्धिम रोड एथ्लेटिक युनियनविरुद्ध पञ्जाबले २–० को जित निकाल्यो।  किरणकै कप्तानीमा पञ्जाबले आफ्नो सातौं खेलमा इन्डियन एरोजलाई २–१ गोलअन्तरले पराजित गर्यो। किरणको कप्तानीमा टिमले जितेको यो पहिलो खेल थियो। 

आठौं खेलमा चेन्नाई सिटी एफसीलाई २–० ले पराजित गर्दा कप्तानमा किरण नै थिए। यो खेलमा किरण म्यान अफ दि म्याच पनि भए। रियल कास्मिर एफसीविरुद्ध नवौं खेलमा पञ्जाबले १–१ गोलको बराबरी खैल्दै अंक बाड्यो। १० औं खेलमा पञ्जाबले नेरोका एफसीलाई १–० गोलले हरायो। यो खेलमा कप्तानको रुपमा रहेका किरण म्यान अफ दि म्याच चुनिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आइलिगको आधा खेल सकिएको छ। ११ टिमले १०–१० खेल खेलिसकेका छन्। आधा खेल सकिँदासम्म पञ्जाब लिगको दोस्रो स्थानमा छ। पञ्जाबले १० खेलमध्ये पाँच खेलमा जित, तीन खेलमा बराबरी र दुई खेलमा हार ब्यहोर्दै १८ अंक बनाएको छ। लिगको शीर्ष स्थानमा रहेको ब्रदर्स एफसीको १० खेलबाट २२ अंक छ।

जारी आइलिगमा किरणका केही तस्बिरहरुः


प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्