काठमाडाैं– भारतीय बलिउड अभिनेता सोनु सुदले एकजना नेपाली फ्यानको शल्यक्रियाका लागि सहयोग गर्ने भएका छन्।
उनले मधु पौडेलको उपचारका लागि उठाउन र त्यसका लागि सहयोग गर्न ट्वीटरमार्फत आग्रह गरेका हुन्।
नेपाली ट्वीटर प्रयोगकर्ता पौडेलले आफू १० वर्षदेखि ‘एङ्किलसिङ स्पोनडाइलिटिज’ (ढाड दुख्ने समस्या) बाट पीडित भएको र उपचारका लागि पैसा नभएको भन्दै सुद र उनको फाउन्डेसनलाई मेन्सन गर्दै ट्वीट गरेका थिए।
सो पश्चात उनले पौडेललाई सहयोग गर्ने बचन दिएका हुन्। सुदले ट्वीट गरेका छन् ‘अतिथि देवो भवः। हिन्दुस्तानबाट नेपाल विना लठ्ठी दौडँदै पुग्नेछौं। जय हिन्द।’
स्मरण रहाेस् साेनुले कोरोना भाइरस महामारीकाे बेलामा भारतीय मजदुरलाई आफ्नो गाउँ पठाउन यातायातको व्यवस्थादेखि बाटाे खर्चसम्मकाे जाेहाे गरिदिएका थिए।
उनलाई भारतमा वास्तविक हिरो (रियल हिराे)काे उपमा समेत दिइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।